यदि सरीर सुगठिलो तथा तन्दुरस्त र स्वस्थ बनाउन भन्दै जिमखाना वा अरु कुनै व्यायामशाला जान थाल्नुभएको छ भने पख्नुहोस् । तन्दुरस्ती तथा स्वास्थ्यका लागि जिमखानाको कडा व्यायाम भन्दा दिनहुँ हिडडुल गर्नु निकै फाइदाजनक हुन्छ ।
वैज्ञानिकहरुले यो प्रमाणित गरेका छन् की लामो दूरीको हिँडाइ कडा व्यायाम भन्दा फाइदाजनक तथा प्रभावकारी हुन्छ । दिनहुँ सामान्य हिँडडुल गर्ने र हल्का परिश्रम गर्ने मानिसको रगतमा इन्सुलिनको मात्रा सन्तुलित हुनुका साथै रगतमा बोसोको परिमाण पनि नियन्त्रित हुने विज्ञहरुको भनाइ छ । यसले मानिसलाई
मधुमेह तथा मोटोपनाको खतराबाट जोगाउँछ ।
नेदरल्याण्डका शोधकर्ताहरुले १९ देखि २४ वर्ष उमेर समूहका युवायुवतीमागरेको अध्ययनले यस्तो देखाएको हो । त्यसक्रममा उनीहरुले १८ जना युवायुवतीलाई ३ समूहमा विभाजन गरे । ती मध्ये एक समूहकालाई १४ घण्टासम्म कुनै व्यायम विनै राखियो । दोश्रो समूहकालाई १३ घण्टासम्म आराम दिएर १ घण्टा निकै कडा व्यायाम गराइयो भने अर्को समूहकालाई ६ घण्टा आराम, ४ घण्टाहिँडडुल तथा २ घण्टा उभिन लगाइयो ।
निश्चित समयपछि ती तिनवटै समूहका युवायुवतीको रगत परीक्षण गरियो । त्यसक्रममा तेश्रो समूहका युवायुवतीको रगतमा अरु दुइ समूहकोमा भन्दा कोलेस्टेरोल र लिपिडको मात्रामा निकै सुधार आएको पाइयो ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर हान्स सेभेलबर्ग भन्छन्, दिनमा एक घण्टा कडा व्यायाम गर्दैमा त्यसले सरीरलाई फाइदा गर्दैन यदि अरु बाँकी समयमा निस्कृय बसियो भने । तर यदि नियमित तथा आरामदायी हल्का हिँडडुल गरेर दिनैभरी सक्रिय बन्ने हो भने त्यो कडा व्यायाम भन्दा स्वास्थ्यको लागि बढि प्रभावकारी हुन्छ ।
I follow the rule.I do 1hr morning walk every day.so, i more attracted to hear this news.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
I am agree with this article .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
sabaiko aa afnai bisasta hun6 .2 km daudayra 2 ghanta gym jada pani farak pardaina jasto lag6 malai ta
gym garda sarir ko banaot ma farak paan aau6 tara physical excise lay sarir ko banaot ma farat aaudaina wa bhanau tyati prabhab kari hudaina.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Does walking affect chest,biceps, triceps ,abs ,wings and del?if yes then how long will it take to have a muscular body?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सही कुरा ! मा पनि संधै ४-५ घण्टा हिड्छु !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
krishna khadka Reply: February 25th, 2013 at 6:40 am
4-5 hour babaal hidnu huda rahexa daro exersize
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]