यू-१९ राष्ट्रिय क्रिकेटको उपाधी विराटनगरलाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

यू-१९ राष्ट्रिय क्रिकेटको उपाधी विराटनगरलाई

३ फागुन, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेटको उपाधी क्षेत्र नम्बर १ विराटनगरले जितेको छ । बिहीबार भएको फाइनल भिडन्तमा क्षेत्र नम्बर ४ भैरहवालाई १० रनले पराजित गर्दै विराटनगरले उपाधीसँगै २५ हजार हात पारेको छ ।

पोखरामा टस जितेर पहिले व्याटिङ थालेको विराटनगरले अन्तिम बल फाल्नु अघि सबै विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि अमित दहालले ३६ र सुमन श्रेष्ठले ३१ रन जोडे । भैरहवाका देवेन्द्र सोमारेले ३ तथा मानबहादुर थापाले २ विकेट लिए ।

१ सय ६९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको भैरहवा ४९ दशमलव १ ओभरमा १ सय ५८ रन जोड्दा अल आउछ भयो । उसलाई सस्तैमा समेट्ने क्रममा म्यान अखफ दि म्याच कालिचन यादवले २२ रन दिए ४ विकेट लिए भने मुकुन्द यादवले २ विकेट हात पारे ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु