ओखलढुंगाको विद्यालयलाई लण्डनबाट एकलाख सहयोग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ओखलढुंगाको विद्यालयलाई लण्डनबाट एकलाख सहयोग

लण्डन । बेलायतमा बसोबास गर्ने पूर्व प्रहरी अधिकृत शिवजी श्रेष्ठले आफ्नो जन्मभूमि ओखलढुंगाको जालपा माध्यमिक विद्यालय, गैरीगाउँमा दिवंगत हजुरबुबा र हजुरआमाका नाममा एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

उहाँका हजुरबा सूर्यबहादुर श्रेष्ठ २००७ सालको क्रान्तिमा राणा सरकारबाट सर्वस्वहरणमा परेका प्रजातन्त्र सेनानीसमेत हुनहुन्थ्यो । हजुरबा सूर्य र हजुरआमा श्रीमायाका नाममा स्थापित अक्षयकोषको नाम ‘सूर्यश्री अक्षय कोष’ राखिएको छ ।

शुक्रबार सरस्वती पूजाको उपलक्षमा विद्यालयमा आयोजित समारोहमा शिवजीका पिता होमबहादुर श्रेष्ठ र माता प्रेमकुमारीले संयुक्तरुपमा ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरीलाई एकलाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो । गिरीले सो चेक विद्यालयका सञ्चालक समिति अध्यक्ष फणीन्द्र केसीलाई हस्तातरण गर्नुभयो ।

ओखलढुंगामा जन्मिएर हाल बेलायतको वेल्समा बसोबास गर्ने एनआरएन नेपाल प्रवर्द्धधन अन्तरराष्ट्रिय टास्क कल्चर उपसमितिका अध्यक्ष रहनुभएका श्रेष्ठले यसअघि पनि नेपालका बाढी पीडित अनाथ बालबच्चाहरुलाई सहयोग गर्नुभएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु