उल्कापिण्डको टुक्रा खस्दा रुसमा ९ सय घाइते (भिडियोसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

उल्कापिण्डको टुक्रा खस्दा रुसमा ९ सय घाइते (भिडियोसहित)

४ फागुन, काठमाडौं । रुसमा उल्कापिण्डको टुक्रा खस्दा १२ विद्यालयसहित ३ सय घर भत्किएका छन् भने घर भत्किएर र शिशा फुट्दा कम्तीमा ९ सय घाइते भएका छन् ।

उल्कापिण्डले ६ बटा शहरमा क्षति पुगेको छ । यूराल शहरमा उल्कापिण्डको ओगो झै टुक्रा उड्दै गएको देखिएको थियो, जसका कारण श्रृखलावद्ध विस्फोट भएको रुसको आन्तरिम मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीयका अनुसार धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरुको अलार्म बजेको थियो ।

उल्कापिण्डको टुक्रा चेल्याबिन्स्क शहरबाट २ सय किलोमिटर उत्तरस्थित येकातरीनबर्गमा खसेको देखिएको एक प्रत्यक्षदर्शीले बताएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार जस्ता उद्योगको छतको ६ सय वर्गफीट ध्वस्त भएको छ ।

भिडियो हेर्नुस

One Comment on “उल्कापिण्डको टुक्रा खस्दा रुसमा ९ सय घाइते (भिडियोसहित)”
  • राधे गुप्ता wrote on 16 February, 2013, 14:22

    उल्का खस्दा ९०० घाइते भएका छन. २०१२डीऐ१४ नामक क्षुद्र ग्रह पृथ्वी संग ठोक्कीने ख़तरा कायमै छ. पृथ्वी देखि २७००० किलोमीटर टाढा रहेको उक्त क्षुद्र गढ़ पृथ्वीको गुरुत्वाकर्षनले तन्कीएको छ. तानियेर ठोकीन्दा १००० अनु बमको प्रहार सरह विनाश मच्चाउने छ. पृथ्वीमा जीवनको अंत हुने हो की ? पुनः नया सृष्टिका लागी. आखिर सब थोक क्षणभंगुर त हो, नश्वर त हो. इश्वर मात्र सनातन हो.

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु