ह्याकरले दुःख दिए पनि फेसबुकको स्थान सुरक्षित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ह्याकरले दुःख दिए पनि फेसबुकको स्थान सुरक्षित

नेपालमा ब्लग, विन्डोज र ट्विटर चलाउने बढे

५ फागुन, काठमाडौं । विश्वमा सबैभन्दा बढी हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।

पछिल्लो समय फेसबुकलाई ह्याकरहरुले दुख दिएका छन् । यो अवस्थामा उसलाई पछ्याइरहेको युट्युबको भाग्य खुल्नुपर्नेमा यो साता युट्युवका प्रयोगकर्ता समेत घटेका छन् । विश्वका प्रमुख टप साइटमध्ये यतिबेला फेसबुक दोस्रो स्थानमा छ भने पहिलो स्थानमा गुगल डटकम रहेको छ । गुगलका प्रयोगकर्ताहरु गएको तीन महिनायता घटेका छैनन् । विश्वमा गुगल, फेसबुक र युट्युबपछि चौथो स्थानमा मानिसहरुले याहु चलाउने गर्छन् । ग्लोबल र्‍याङ्कमा ट्वीटर भने अहिलेसम्म दशौं स्थानमा छ ।

विश्वमा तेस्रो सूचिमा रहेको युट्युब सातदिन यताको मूल्यांकनमा ऋणात्मक देखिए पनि शुक्रबारको र्‍याङकिङ्कमा धनात्मक देखिएको छ । गगललाई जित्न तम्सिएको फेसबुक ह्याकरको अवरोधका बावजुद साताको मूल्यांकनमा घटेको छैन । ह्याकरुहरुले अझै दुख दिइरहेको अवस्थामा भने फेसबुकले विश्वमा दोस्रोबाट तेस्रोमा र नेपालमा पहिलोबाट दोस्रो स्थानमा झर्नुपर्ने छ । तर, फेसबुकलाई पछार्ने दाबी गरिरहेको युट्यव पनि कमजोर देखिएकाले फेसबुकको स्थान अहिलेसम्म बलियै देखिएको हो ।

नेपालमा फेसबुक नै अगाडि

विश्वमा लोकपि्रयताको हिसाबले फेसबुक दोस्रो सूचिमा रहेता पनि नेपालमा भने सबैभन्दा बढीले फेसबुक नै चलाउने गरेका छन् । नेपालमा फेसबुकपछि गुगल डटकम दोस्रो लोकपि्रय रहेको छ भने गुगल एनपी लोकपि्रयताको तेस्रो स्थानमा छ । विश्वस्तरमा तेस्रो स्थानमा रहेको युट्युब नेपालमा भने चौथो स्थानमा छ । गुगल एनपीका कारण नेपालमा युट्युब एक तह पछाडि परेको हो । विश्वमा चौथो स्थानमा रहेको याहु नेपालमा भने पाँचौं स्थानमा छ ।

नेपालमा फेसबुक पहिलो स्थानमा भए पनि अमेरिकामा फेसबुक गुगलभन्दा पछाडि दोस्रो स्थानमा रहेको छ ।

टि्वटरको स्थान बढ्दो

विश्वमा टि्वटर १० औं स्थानमा छ भने नेपालमा बाह्रौं स्थानमा रहेको छ । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टि्वटर चलाउन थालेपछि देशमा टि्वटर एकाउन्ट खोल्नेहरुको संख्या एकाएक बढेकाले नेपालमा टि्वटर दशौं स्थानभन्दा अझै अगाडि आउने सम्भावना बढेको छ ।

ब्लग र विन्डोजले कान्तिपुर र नागरिकलाई जिते

यसैवीच ब्लगस्पट डटकम र विन्डोज लाइभले नागरिक न्युज डटकम र इकान्तिपुरलाई दुई तह पछाडि धकेलेका छन् । इकान्तिपुरलाई विकिपेडियाले पछ्याइरहेको छ । अनलाइनखबर डटकम भने अहिलेसम्म नेपालको सबैभन्दा बढी हेरिने नम्बर वान् न्युज पोर्टलमध्ये पहिलो सूचिमा रहेको छ ।

4 Comments on “ह्याकरले दुःख दिए पनि फेसबुकको स्थान सुरक्षित”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु