बाबुराम पनि दलकै, खिलराजलाई पनि दलबाटै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बाबुराम पनि दलकै, खिलराजलाई पनि दलबाटै

मुकुन्द न्यौपाने, एमाले पोलिटब्यूरो सदस्य

चारबुँदेका सम्झौताका आधारमा बनेको माओवादी र मधेसीको सरकारलाई बहिगर्मन गर्नु राष्ट्रको पहिलो आवश्यकता हो । यो सरकारले जनताको पक्षमा काम गरेन । भ्रष्टाचार पनि त्यत्तिकै बढ्यो । राष्टियताको पक्षमा पनि सरकार कमजोर भयो । यो नेकपा एमालेको पहिलेदेखिकै निर्णय हो ।

नेपाली कांग्रेससँग एलायन्स बनाएर हामी आन्दोलनमा पनि गयौं । बाबुारम सरकारको बहिगर्मपछि दलकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर पहिलेदेखि नै छलफल चल्दै आयो । यो पनि सम्भव भएन । त्यसपछि कहिले स्वतन्त्र व्यक्ति खोज्ने कुरा आयो, कहिले पूर्व प्रधानन्यायाधीशको कुरा आयो । यी जम्मै कुरामा सहमति नभइसकेपछि अहिले राष्ट्रपतिजीले पहल गर्नुभएको छ ।

बहालवाला प्रधानन्यायधीशकै नेतृत्वमा चुनावमा जानु उत्तम विकल्प हुन्छ भन्ने कुरा आएपछि एमालेमा पनि यो बहसको विषय भयो । संविधानको सर्वोच्चता, शक्तिपृथक्कीकरण, बहुदलीयता र दलहरुको भूमिका कसरी रहने भन्नेबारे एमालेभित्र बहस चल्यो । पहिलो कुरो, चुनाव मुलुकको निकास हो । चुनाव भन्दा अर्को निकास छैन । बाबुरामको नेतृत्वमा पनि हामी चुनावमा जाने सकेनौं । यसले चुनाव गराउन पनि सक्दैन । त्यसैले एउटा चुनाबी सरकार आवश्यक भो । दलहरुकै वीचमा सहमति नभई चुनावी सरकार बन्दैन । त्यसैले कांग्रेस, एमाले, माओवादी र मधेसवादीहरुको वीचमै सहमति भएर चुनावी सरकार बन्ने भइसकेपछि त्यसमा शक्ति पृथक्कीरकणको सिद्धान्त र स्वतन्त्र न्यायव्यवस्थालाई ख्याल गर्दै दलहरुको भूमिकाको कुरालाई पनि ख्याल गर्दै अहिलेको बैठकले छिटो चुनाव गराउने गरी वार्ता टोलीलाई सबै बिकल्प खुल्ला राखेर जिम्मेवारी दिने गरी बैठक टुङ्याइएको छ । अब जेठभरिमा चुनाव हुनुपर्यो । सहमतिको पनि विकल्प छैन र चुनावको पनि विकल्प छैन ।

प्रयास त पहिलेदेखि नै कांग्रेस र एमाले दुबैले दलभित्रैबाट हुनुपर्छ भनेको हो । तर,बाबुराम पनि दलकै हुन् । बाबुराम गैरदलीय होइनन् । हामीले बाबुरामलाई हुँदैन भन्दाखेरि उनीहरुले पनि कांग्रेसको नेतृत्व मान्दैनौं भने । एमालेले कांग्रेसलाई बोकेरै हिँड्यो । हामी माओवादीलाई निषेध गरेर पनि जान नसक्ने, बोकेर पनि हिँड्न नसक्ने । यो अकर्मन्यता कहिलेसम्म बोकेर हिँड्ने ? कि त हामीले माओवादीलाई निशेष गरेर जान आँट गर्नुपर्यो, त्यो पनि आँट नगर्ने अनि बोकेर हिँड्न पनि आँट नगर्ने । माओवादीले पनि कांग्रेस, एमालेलाई निषेध गर्न पनि नसक्ने, बोक्न पनि नसक्ने । ९ महिना भैसक्यो दिनैपिच्छे वार्ता गरेको दुनियाँले देखे ।

खिलराजलाई पनि दलले नै बनाउने हो । तर, निश्चित मूल्य मान्यता, बहुदलीय प्रजातन्त्र र लोकतन्त्रका मान्यताहरुको न्यूनीकरण नहुने विधिहरु खोजेर सहमतिको बाटोबाट चुनाव छिटो गराउने गरी सहमतिमा जानुपर्यो भन्नेमा एमालेको बहस केन्दि्रत भएको हो । एमालेमा ठूलो मतभेद भएको होइन । प्रधानन्यायाधीश नै उता जाँदाखेरि न्यायालयचाँहि के हुन्छ भन्ने बहस उठेको हो । यो बहस त कांग्रेसभित्र पनि छ र माओवादीभित्रै पनि होला । तर, अब जुन विकल्पमा सहमति हुन्छ, त्यो विकल्पमा छिटो चुनाव गराउने गरी सहमतिमा जानुपर्छ । यसबारे हामीले वार्ता टोलीलाई नै सम्पूर्ण अधिकार दिएर पठाएको छ । एमालेले चाहेको चुनाव हो ।

मन्त्री दलभित्रैबाट बनाउने कि बाहिरबाट भन्ने जुन कुरा छ, यसमा चार दल सहमत भए जुनसुकै विकल्पमा पनि जान सकिन्छ । चार दल सहमत हुन्छन् भने अहिले पनि दलको विकल्प खुल्लै छ । चार दल सहमत हुन्छन् भने अहिले पनि दलभित्रैबाट जाऔं । त्यो सम्भव छैन भने स्वतन्त्र व्यक्ति पनि खोज्न सकिन्छ भने अझै खोजौं । तर, यो पनि हुँदैन भन्दै झगडा गरेर अब देशलाई अनिर्णयको बन्दी नबनाऔं । अब मुलुकलाई निकास दिनुपर्छ भन्ने एमालेको निश्कर्ष हो ।

16 Comments on “बाबुराम पनि दलकै, खिलराजलाई पनि दलबाटै”
  • abhisodh Jr. wrote on 16 February, 2013, 14:53

    NCP (UML) ko ghaito ma balla gham lagyo….. yeti jabo pahile nai nirnaya garidiyeko bhaye… NCP (UML) le chayho bhane je pani hun6 bhanne socheko chha ki kya ho….. Timi harule Dr. Baburam Bhattarai ko rau pani hallauna sakenau…. khub rajniti gareu..herdai jau timi haru ko 10 seat bhanda badhi aaundai aaudaina…NCP (UML) Bye Bye

    Like or Dislike: Thumb up 23 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    Ganga adhikari Reply:

    ncp uml ma khilaraj ko netrito ma sarkar gathan garna bibad thiyana bhanu bhayao mukunda commred le bibad nabhaya pradip nepal le tehi bisaya lai liyara kina party bata 3 month ko lagi bida liyako k jabaf 6 mukunda ji

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bisal shrestha wrote on 17 February, 2013, 1:18

    maobadi ko herau la kati seat aaudo ra6.janatale sabai bujisake.janata daraudainan aba.banduk ko var ma sadai jitin6 vanera vram napale hun6 aba.

    Like or Dislike: Thumb up 8 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 17 February, 2013, 1:47

    मन्त्री दलभित्रैबाट बनाउने कि बाहिरबाट भन्ने जुन कुरा छ, यसमा चार दल सहमत भए जुनसुकै विकल्पमा पनि जान सकिन्छ कुरा एमाले भागको आशा राख्दछ । माग महत्वपूर्ण मन्त्रलय् को पो रहेछ । तपाईंलाई लाग्छ तपाईंहरुको कुरा जनता ले पत्यौछ ?

    Like or Dislike: Thumb up 22 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 17 February, 2013, 5:57

    जनतात सधैभरि माओवादीकै पक्षमा छ चिनेर पनि नचिनेझै गर्नेत एमाले कंग्रेसका मान्छेहरुले हो यस्ता पाजीहरुने नचिने पनि बाल हल्लदैन।बन्दुकत सामन्तको नाईके ढाल्न प्रयोग भएको हो।तिमीहरुको आखा फुटेको थियोर सविधानसभाको चुनावमा माओवादीले काहा हथियार देखाएर चुनाव जित्यो?बरु तिनीहरुको सुकुल गुण्डाहरुले हथियार बोकेर जनता तर्साउन खोजेका थिए जनताले धुलो चटाए पछि कुन दुलो पसे पत्तै भएन।माओवादी हथियारबद्द युद्द मात्र सफल होईन हथियार बिहिन बाटो चाहे त्यो चुनावको बाटो किन नहोस हरेक क्षेत्रमा सफलता चुम्दै अगाडी बढेको छ।संविधानसभाको चुनावमा पुष्टि भएको कुरा हो।असफल भयो भन्नुत मुर्खहरुको थेगो हो।चुनावमा तिमी जस्ता पाजीहरुलाई हराउन आतुर छौ हामि

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    raj Reply:

    yo maowadi haru le yaspali naramro sang harnech……hatyara haru ko party ka din ab gay…..yinharu sabai lai ratnapark ma lager goli thoker mardinu parch….jangali manche ko jangali nai hunchan jati gare pani gadha gai banna sakdain…..prachand maryo bhane yo desh ma dherai shanti hunch….

    Like or Dislike: Thumb up 4 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    milan gurung Reply:

    nabinji nepal lai singapur banaidine vanera sojha jantalai dhatera jiteko ho aba nepal lai antariksha banaidinchhu vanne hola ho?

    Like or Dislike: Thumb up 2 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    pawan Reply:

    ek dam sahi ho nabin g baru congress ko khum bahadurle danga ma k chalayera tetro manche mareko ani sambidhan sava ko 1at meeting ma ke bhayera jhapad khayeko sathi haru le bigat barsanu hunna ok

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uddhab gelal wrote on 17 February, 2013, 8:57

    आफ्ना हक र अधिकार अरुका हातमा सुम्पेर , पराइको भरिया वनि अरुको आदेशमा देशमा शासन संचालन गर्ने सपनामा रमाएका मान्छेका कुरा राम्रै हुन्छन,सके चुनाव नै हुदैन,भइ हाले पनि युवा मतदाता र बुढा नेता का सोचाइ नमिल्ला नै

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dr kc wrote on 17 February, 2013, 10:47

    मुकुन्द न्यौपानेजू एस्ता गोफ चै नगरम ल जनताले कुट लान

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 17 February, 2013, 10:53

    सब भन्दा उत्तम त् दलहरु कै तेत्रित्तो मा सरकार बनाउदा राम्रो हुन्थ्यो / त्यसमा पनि ठुलो दल को नेत्रित्तो मा उपुक्त हुन्थ्यो तर के गर्नु ? दलहरु ले बुध्ही पुरयानन / अब जे भो भो / यसलाई बिगार्ने काम नगरौ / हामी जनता ले धेरै ढुख पाइसकेका छौ /

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • om wrote on 17 February, 2013, 13:10

    खिलराज he cant do anything ……he dosent have enough education to be pri minister …Baburam is the best….keep it up Baburam all the best.

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • samip wrote on 17 February, 2013, 14:02

    biswama ekmatra ghatiya ra des drohi janata pidak party maobadi nai rai6a aba jati lukae pani sabai nango bho agadi bhot deko ta yahi sabko lagi? Rai6a tara aba….

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Bik Reply:

    Samip timi rachimaa gayera dimagko upachar garau…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • अनिल मिश्र wrote on 21 February, 2013, 4:54

    चार दल सहमत हुन्छन् भने अहिले पनि दलभित्रैबाट जाऔं । त्यो सम्भव छैन भने स्वतन्त्र व्यक्ति पनि खोज्न सकिन्छ भने अझै खोजौं । तर, यो पनि हुँदैन भन्दै झगडा गरेर अब देशलाई अनिर्णयको बन्दी नबनाऔं । अब मुलुकलाई निकास दिनैपर्छ ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 21 February, 2013, 19:54

    एमाऔबादीले देसलाई सहीदीसातीर लादैछ र फोहोर हरुपनी सफागर्दै छ सबैले यसलाई साथदीऊ र गती बढाऊ (लालसलाम)

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु