मेस्सीको ३ सय १ औं गोल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मेस्सीको ३ सय १ औं गोल

६ फागुन, काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले स्पेनिस जाइन्ट बार्सिलोनाका लागि ३ सय १ गोल गरेका छन् ।

स्पेनिस ला लिगा फुटबलमा शनिबार राति गर्नाडाविरुद्ध बार्सिलोनाले २–१ को जित निकाल्दा दुबै गोल मेस्सीले गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा अग्रता भने गर्नाडाले लिएको थियो ।२६ औं मिनेटमा ओडिनले गोल गर्दै गर्नाडालाई अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा मेस्सीले बार्सिलोनाका लागि ३ सय औं गोल गरे भने ७३ औं मिनेटमा ३ सय १ औं गोल गरे । खेलको अन्तिममा वान भर्सेज वानमा गोल गर्न चुक्दा उनले ह्याट्रिक गर्न पाएनन् ।

जितसँगै बार्सिलोनाको २४ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ५० अंक छ भने तेस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन रियल मड्रिडको ४६ अंक छ ।

8 Comments on “मेस्सीको ३ सय १ औं गोल”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु