प्रधानन्यायाधीशले चुनाव नगरे राष्ट्रपति शासन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रधानन्यायाधीशले चुनाव नगरे राष्ट्रपति शासन

प्रमोद चौधरी

दलहरुवीच वहालवाला प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने विषयमा सैद्धान्तिक सहमति भएको छ । स्वतन्त्र न्यायालय, शक्ति पृथक्कीकरण र प्रजातन्त्रको कुरा गर्ने काँग्रेस र एमाले पनि माओवादीको प्रस्तावमा सहमत भएको छ ।

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव, जसलाई माओवादीको सातौं महाधिवेशनले अनुमोदनसमेत गरेको छ । यो प्रस्तावलाई विशेषगरी अमेरिकन र युरोपियन युनियनको दवावमा आगाडि बढाएको चर्चा राजनीतिक वृत्तमा रहेको छ ।

हुन पनि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफु निकटसँग आफू प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउने पक्षमा भए पनि विदेशीको दबावका कारण मान्नुपरेको बताएका छन् । एमालेका केपी ओलीले शुरुमा विरोध गरे पनि पछि दक्षिणको मन्त्रणापछि सहमत भएको देखिन्छ । प्रमुख नेतृत्व बाहेक काँग्रेस र एमालेका अधिकाँश नेताहरु प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्तावको विपक्षमा रहेका छन् । माओवादीभित्र पनि यो प्रस्तावलाई त्यति पि्रय रुपमा लिइएको छैन ।

वास्तवमा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाएर निर्वाचन गर्ने भन्दा पनि बाबुराम भटराईलाई हटाउने प्रयोजनका लागिमात्र विपक्षी दलहरु यो विकल्पमा सहमत भएको देखिन्छ । वर्तमान प्रधानमन्त्रीलाई हटाउने कुनै विकल्प फेला नपरेपछि काँग्रेस र एमाले यसमा सहमत भएका हुन् । अहिले उनीहरु ‘सर्वसत्तावादी’ भटराई सरकारलाई हटाउन लागिएको खुसियाली मनाइरहेका छन् ।

स्वतन्त्र न्यायपालिकाका प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउनु भनेको शक्तिको पृथक्कीकरणको सिद्धान्तको विपरीत हो । यसले स्वतन्त्र न्यायपालिकाका लागि योभन्दा ठूलो प्रहार केही हुन सक्दैन । यसले काँग्रेस र एमाले प्रजातान्त्रिक चरित्र बाहिर आएको छ ।

रेग्मीलाई सरकार प्रमुख बनाउने यो विकल्पका कारण माओवादीले तत्काल सरकार छाड्नु परे पनि दीर्घकालीन रुपमा भने उसलाई फाइदा पुग्छ । किनकि माओवादीको न्यायपालिकाप्रतिको दृष्टिकोण स्पष्ट छ । न्यायपालिकालाई राजनीतिक नेतृत्वको मातहतमा राख्नुपर्छ भन्ने माओवादीको अडान पहिलेदेखिकै हो । यदि कांग्रेस र एमाले यसमा सहमत भएमा माओवादीले नयाँ संविधान निर्माणको क्रममा अवश्यै भन्ने छ- प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन हुने, अनि न्यायपालिकालाई संसदको मातहतमा राख्न किन नहुने ?

बाबुरामलाई हटाउनकै लागि आफ्नो प्रजातन्त्रको मूल्य र मान्यतामा सहमत हुनु कत्तिको राजनीतिक मूल्य र मान्यता अनुकरुल हुन्छ ? यस विकल्पमा गएपछि कांग्रेसले ६० वर्षदेखि जप्दै आएको प्रजातन्त्रको नारा व्यर्थ सावित हुने पक्का छट । भलै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार त बन्ला, तर चुनाव गराउने कार्य निकै कठिन देखिन्छ ।

प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने गैरराजनीतिक सरकारले कसरी निर्वाचन गराउन सक्छ ? देशमा देखा परेका आम समस्याहरुको सामना कमजोर सरकारले कसरी गर्न सक्छ ?

दलहरुवीच जेठ १५ सम्म निर्वाचन गर्ने तयारी भइरहेको छ । आजको मितिबाट जेठ १५ आउन जम्मा ९९ सय दिनमात्र बाँकी छ । निर्वाचन आयोगले सम्पूर्ण ऐन, नियम र कानुनहरुको संशोधन भइसकेपछि पनि अन्य प्राविधिक तयारीका लागि कम्तिमा १ सय २० दिन चाहिने बताइरहेको छ । दलहरुवीच प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकारलाई सघाउन राजनीतिक संयन्त्र बनाउने चर्चा पनि चलिरहेको छ । तर, राजनीतिक दलहरुवीचै सहमति नभएर अराजनीतिक सरकार बनाउने सहमति भएको पृष्ठभूमिमा कसरी संयन्त्रले सबै विषयमा सहमति जुटाउन सक्छ ?

सरकार प्रमुख भनेको प्राविधिक पद मात्रै होइन, अनेकौं राजनीतिक निर्णयहरु गर्नुपर्ने हुन्छ । सरकार र न्यायापालिकावीच अनेकौं प्रकारका द्वन्द्वहरु खडा भइरहेका छन् । जुन, भविश्यमा पनि दोहोरिने निश्चित छ । सर्वोच्च अदालतले दिएका सयौं आदेशहरु सरकारले कार्यान्वयन गरेको छैन् । प्रधानमन्त्री भइसकेपछि वर्तमान प्रधानन्यायाधीशले आदेशहरु कार्यान्यवन गर्न सक्छन् ?

अर्को महत्वपूर्ण प्रश्न तीन महिनामा निर्वाचन हुन सकेन भने देशको शासनसत्ता कता जान्छ ? यो मामिलामा माओवादीको भने परिपक्वता त्यति देखिएको छैन ।

किनभने प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउनेवित्तिकै एक हिसावले कार्यकारी अधिकार राष्ट्रपतिका हातमा जान्छ । काँग्र्रेस र एमालेको अन्तरनिहित उद्देश्य माओवादीबाट खोसेर राष्ट्रपतिका हातमा शासन सत्ता पुर्‍याउनु हो, जसमा उनीहरु तीन महिनापछि सफल हुने देखिन्छ ।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिवीच रहेको शक्ति सन्तुलनको अवस्था तीन महिनापछि पूरै गुम्नेछ र राष्ट्रपतिले आफ्नो हिसाबले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । त्यतिबेलाको अवस्था माओवादीका लागि अनुकूल हुने छैन । एक माओवादी नेताका अनुसार यो खतरनाक विकल्प भए पनि विदेशी सामु एमाले र काँग्रेस जस्तै माओवादीले पनि विदेशी दबावलाई थेग्न सकेन ।

17 Comments on “प्रधानन्यायाधीशले चुनाव नगरे राष्ट्रपति शासन”
  • khadka jee wrote on 17 February, 2013, 5:56

    Ramro tippadi!

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    ashish Reply:

    kasto abujheko murkha!!! rastrapati shasan lagauna khojeko nai MAOBAD le ho, PRACHANDA vitte RASTRAPATI converted into REAL RASTRAPATI that’s the way kya bheda NEPALI haru ho. now noboby could stop to do step forward for this.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • avi bhattarai wrote on 17 February, 2013, 6:28

    choudhary jiu eakdam ramro lekha

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • entnp wrote on 17 February, 2013, 6:44

    Good huntho ni

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • S K wrote on 17 February, 2013, 6:51

    यहाँ कांग्रेस एमाले अनि प्रचण्डको तत्कालको योजना त सफल भयो बाबुरामलाई सत्ताबाट हटाउने !!
    “जेठमा चुनाव हुदैन” यो कुरा सबैले होल्डरपेनले भित्तामा लेखेर राख्नुस ! अनि त्यसपछि पूर्वयोजना अनुसार बिदेशीहरुले खेल्ने असली खेल नेपालका राजनैतीक दलहरुले देख्नेछन ! एउटा प्रश्न सोध्न मन लाग्यो – के भारतले नेपाल प्रति साच्चै अशल नियत राखेर यो प्रस्ताव ग-यो होला ?? बिगत देखि बर्तमान सम्म भारतको भूमिकाले के तपाइँहामीलाई फाइदा गरेको छ ?? प्रचण्ड भारतीयको खुट्टामा लम्पसार परे, सुशील झलनाथ बाबुरामलाई हटाउने मौका मिल्यो भनेर नाच्न थाले ! यसको गम्भीर परिणाम मुलुकले अबश्य भोग्नु पर्ने छ ! पाकिस्तानको दिशामा हाम्रो मुलुकलाई पनि पु-याउन सफल भएकोमा भारत लगायत सम्पूर्ण हस्तक्षेपकारी बिदेशी शक्तिहरुलाई बधाई…. प्रचण्ड शुशिल झलनाथ गच्छदार लगायत नेपाली नेता नामका कुपुत्रहरुलाई अग्रिम श्रदान्जली !!!

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Saugat wrote on 17 February, 2013, 7:02

    Reality

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sunil wrote on 17 February, 2013, 7:04

    Yo thikai bislesan ho tara election bhaera muluk nikash tarfa janani sakcha negative martra huncha bhanne ni hudaina feri…

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • JEEVAN KC wrote on 17 February, 2013, 7:18

    RAMRO KAM BHAYO DESH MA

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • surendra amatyaar wrote on 17 February, 2013, 7:22

    Yo lekh lekhnu hune
    Tippanikaar le sahi kura
    Lekhnu bhayo.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • रवि wrote on 17 February, 2013, 7:24

    सोह्रै आना सहिछ ।अव देश राष्ट्रपति शासनमा जाने वा शैनिक शासनमा जाने पक्का भयो । दलिय नेताको निर्दलिय चरीत्रले यहि कुरा पुष्टी गर्दै लगेको छ । सँगै राजतन्त्रको विरुद्ध लडेका नेताहरुका दिमागमा देश निर्माणको नक्सा नभएको देखियो । यसवाट पक्कै पनि गैर राजनैतिक तर शक्तिसालि निकाय र समुहलाइ अगाडि आउन वाध्य गराउछ ।

    Like or Dislike: Thumb up 8 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • binod wrote on 17 February, 2013, 7:36

    यी नेताहरुको बकम्फुसे कुरा सधै सुनिरहनु भन्दा त रास्ट्रपति सासन नै धेरै ठिक छ।कमसेकम सहमतिको रटान बाट त छुटकारा पाइन्थ्यो …..

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • padam thapa wrote on 17 February, 2013, 8:26

    नेपालका घुसखोरी नेताहरुलाई नखु जेलमा थुनेर गोली हान्नु पर्छ र सैनीक शासन लागु गर्नु पर्छ .

    Like or Dislike: Thumb up 18 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • unknown wrote on 17 February, 2013, 8:34

    ramro lekhnu bhayeko chha.. Aba ek patak rastapati sasan pani heruna ta !!!

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BIKRAM SANGROULA wrote on 17 February, 2013, 9:34

    ho ho

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • लोकेन्द्र चन्द wrote on 17 February, 2013, 9:56

    लेखक ले राम्रो तर्क र टिप्पणी गरेका छन्

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dipak adhikari wrote on 17 February, 2013, 10:02

    प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउनेवित्तिकै एक हिसावले कार्यकारी अधिकार राष्ट्रपतिका हातमा जान्छ । काँग्र्रेस र एमालेको अन्तरनिहित उद्देश्य माओवादीबाट खोसेर राष्ट्रपतिका हातमा शासन सत्ता पुर्‍याउनु हो, जसमा उनीहरु तीन महिनापछि सफल हुने देखिन्छ ।

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • MOHAN wrote on 18 February, 2013, 11:51

    AHILENAI RASTRAPATILAINAI NEEJKAI ADHAKCHYATAMA CHUNABI SRAKAR BANAUNA DEAMA BETTER THEN CHIEF JUSTICE BECAUSE HE IS A PRESIDENT OF ALL— ////

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु