शोधकर्ताहरुका अनुसार बेलायतमा समलिङ्गी पुरुषहरुबीचमा कन्डम प्रयोग घट्दो छ, जसका कारण एचआईभी संक्रमण भने बढिरहेको छ । हरेक २० पुरुष संमलिङ्गीमा एक एचआईभी पीडित छन् ।
बेलायतको हेल्थ प्रोटेक्शन एजेन्सी एचपीए र विश्व विद्यालयहरुले गरेको शोधमा एन्टी रेट्रोभाइरल ड्रग्सका कारण एचआईभी संक्रमण तिब्र गति भने नभएको देखाएको बीबीसीले जनाएको छ । सन् १९९० लेखि २०१० को बीचमा पुरुषसँग बिना कन्डम शारीरिक सम्वन्ध बनाउने पुरुषमा एचआईभी संक्रमणमा २६ प्रतिशतले बढेको छ । सुरक्षित सम्बन्धमा जोड दिन समेत सुझाब दिइएको छ ।
बेलायतमा समलिङ्गी पुरुषहरुबीचमा एचआईभी संक्रमण अहिलेसम्मको सबैभन्दा बढी छ । सन् २०११ मा मात्र ६ हजार २ सय ८० मानिस संक्रमित भएको, त्यसमा आधा संमलिङ्गी पुरुष रहेको एचपीएको रिपोर्टमा उल्लेख छ ।
dhal pareyog garna pareyoni mulaa haru..ani po suruchhit hunxa..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]