बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन छिट्टै म्यूजिक भिडियोमा देखिने भएका छन् । यो भिडियो वन डाइरेक्शन नामको एक ब्याण्डले बनाएको हो, जसको उद्देश्य गरीबी उन्मूलनका लागि आर्थिक सहयोग जुटाउनु रहेको छ ।
भिडियोमा क्यामरुन एक अतिथि भूमिकामा देखिने छन । यो गीत सन् १९८५ देखि काम गरिरहेको संगठन कोमिक रिलिफप्रति समर्पित छ, जसले गरीबी उन्मुलनको प्रयासमा अहिलेसम्म ८० करोड पाउण्ड चन्दा संकलन गरिसकेको छ ।
गत वर्ष डाउनिङ स्ट्रीटमा भिडियो सुटिङ गरिएको र प्रधानमन्त्री पनि सहभागी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यो गीतका लागि लाग्ने कर सरकारले आफ्नो विदेश विकास बजेटबाट बेहोर्ने प्रधानमन्त्रीका प्रवक्ताले बतताएका छन् ।
प्रधानमन्त्री क्यामरुन आफ्नो पत्नी र दुई बच्चाका साथ स्पोट्र्स रिलीफको एक कार्यक्रममा पनि सहभागी भएका थिए, जसबाट जम्मा भएको चन्दा कोमिक रिलिफलाई नै दिइएको थियो ।
पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले पनि सन् २००७ मा आफ्नो प्रधानमन्त्री कालको अन्तिममा कोमिक रिलिफको एक भिडियोमा अभिनय गरेका थिए ।
Good Job!! MR. क्यामरुन ma people haru lai help garnupar6 vanne Bhabana rahay6….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
धेरै राम्रो…….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
One direction ko What makes you beautiful sunauna ta kasto ra’6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Good. Excellent job.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sabaika najar bata camroon good ka patra bane tara Gurkha haru prati gareka byabahar kasailai thaha rahenachhan,british ka jantuharu yasta hun jaslai samjhane sath rishle aankha polchhan,dekhne sath rish jagera aunchha ani british sabda sunna naparos jasta van hunchha.tara ke garne yo kura na sarkarle bujhchha na sarbasadharanle,kinabhane sarbasadharan ta sarbasadharan nai bhae,je garchhan GAESO bahek arule ke sakla ra.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]