पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा फ्रान्सको नेपाली समुदायमा जानाकारी मूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । केहि महिना अघि फ्रेन्च सरकारले फ्रान्समा इजाजत पत्र नभइ बसोबास गर्ने व्यक्तिहरुको लागि विभिन्न परिस्थिति र अवस्था हेरी त्यस्ता व्यक्तिहरुलाई बसोबास तथा काम गर्न पाउने अनुमति पत्र दिने कानून ल्याएपछि लोकप्रिय वकिल गेल्ली माउगिनसंग गत फेव्रअरी १० तारिखमा अन्तर्क्रिया गरिएको हो ।
सरकारले ल्याएको अध्यागमन सम्वन्धी नयाँ नीति, नियम र कानुन सम्वन्धित नेपाली दाजु भाइ दिदी बहिनीहरुले राम्ररी जानाकारी पाउन सकुन र सरकारको नयाँ नीतिको फाइदा धेरै नेपालीले लिन सकुन भन्ने पवित्र र सहयोगी भावनाले एन. आर. एन. ए. फ्रान्सले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम साँ डानीको भव्य सभा कक्षामा संचालन भएको थियो । कार्यक्रममा सरकारले ल्याएको नीतिको विभिन्न बुँदा तथा स्थितिको पावर पोइन्ट प्रिजेन्टटेसन बनाइ श्रव्य दृष्य का साथै वकिलले व्याख्या र प्रस्तुति गर्नु भएको थियो । जिज्ञासु नेपालीहरुको सुबिधाको लागि आयोजकले आफ्नो वेब साइट र फेसबुकको माध्यमबाट नेपालीहरुको विभिन्न प्रस्नहरु र जिज्ञासाहरु अग्रिम सङ्कलन गरेर वकिललाई दिनुका साथै उपस्थित सबैले आ-आफ्नो प्रस्नहरु राख्नु भएको थियो । झन्डै तिन घन्टाको यो कार्यक्रमममा वकिलले सबैको प्रस्नको उत्तर दिनुका साथै व्याख्या विवेचना गर्नु भएको थियो ।
कार्यक्रमममा आयोजकले सोचेको भन्दा ठुलो मात्रामा झन्डै १५० जना नेपालीहरुको उपस्थिति थियो । कार्यक्रमको सुरुमा संस्थाले फ्रेन्च भाषा संचालन गर्न गइ रहेको कुरा अवगत गर्दै, भाषा पढाउने शिक्षिकालाई उपस्थित गराई वहाको परिचय पनि गरेको थियो । नेपाली र वकिल बिच भाषागत दोभाषेको काम संस्थाका अध्यक्ष निर्मल अर्यालले गर्नु भएको थियो । कार्यक्रममा आयोजक संस्थाका अधिकांश पदाधिकारी र सदस्यहरुको उपस्थिति र सहयोग थियो । कार्यक्रममा सहभागी नेपालीहरुले कार्यक्रमको महत्व र राम्रो आयोजना भएकोमा खुशी प्रकट गरेका थिए ।
nrn lay aysati kaam haru garcha ra aruu pani yatai apaychaya rakhada chu thaks
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
euta ramro kadam chaleko ma NRN A France lai dherai dhannyabad cha sathai ukta program ma sahabhagi huna nasakeka Daju bhai didi bahini harulai kasari jankari garune plan garnu bhaeko cha???
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
franceko nepali Reply: March 4th, 2013 at 11:43 am
I have heard that for those we were not present at the program, NRNA France is going to put the Powerpoint presentation on their website : http://www.nrnfrance.fr
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]