७ फागुन, काठमाडौं । नेपाली भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत यस वर्षको साहित्य साधना सम्मानबाट प्राडा मोहनहिंमाशु थापा सम्मानित हुने भएको छ ।
त्यसैगरी शमी युवा प्रोत्साहन पुरस्कारबाट युवा वैज्ञानिक रिजन कार्की सम्मानित हुने भएको छ । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनद्वारा स्थापित साहित्य साधना सम्मान पुरस्कारको राशि ७० हजार १ सय १ र शमी युवा प्रोत्साहन पुरस्कारको राशि २५ हजार १ सय १ रहेको छ ।
विगत सातदशकदेखि निरन्तर भाषा साहित्यको साधना गर्दै आएवापत प्राडा थापालाई सो सम्मान गर्न लागिएको हो । दुवै पुरस्कार आगामी फागुन १८ गते प्रदान गरिने पब्लिकेसनका अध्यक्ष डोलेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । रासस