३५ सय जनाले गरे सामुहिक बिहे (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

३५ सय जनाले गरे सामुहिक बिहे (फोटोफिचर सहित)

दक्षिण कोरियामा हालै विश्वभरका ३५ सय भन्दा बढि जोडिले एकसाथ बिहे गरेका छन् । दक्षिण कोरियाको एक विवादास्पद एकता चर्चमा आयोजित सामुहिक विवाह कार्यक्रममा यतिधेरै युवायुवतीले लगनगाँठो कँसे । उक्त चर्चका संस्थापकको निधन भएपछि पहिलोपटक आयोजना गरिएको सामूहिक विवाहमा विवाहको सेतो पहिरनमा सजिएका बेहुला बेहुलीहरु समारोह स्थलमा लामबद्ध रुपमा बसेका थिए । ग्यापेयोङस्थित चेयोडसिम विश्व शान्ति केन्द्र चर्चमा उक्त सामुहिक विवाह भयो ।

यसरी सामुहिक विवाह गरेका जोडिहरुलाई चर्चका संस्थापक सुन म्युङ मुनको स्मरणमा मुनी भन्ने गरिन्छ । उक्त चर्चमा प्रत्यक्ष रुपमा ३५ सय जोडिले विवाह गरेकोमा भिडियो लिंकमार्फत विश्वका अन्य देशमा समेत झण्डै २४ हजारले विवाह गरेको बताइएको छ । चर्चमा भएको विवाह समारोहलाई चर्चका संस्थापकी विधवा श्रीमतीले सभापतित्व गरेकी थिइन् ।

उक्त चर्चमा यसअघि पनि पटकपटक सामुहिक विवाह हुने गरेको थियो । चर्चका संस्थापक मुनले चर्चमा मात्र नभएर विश्वका अन्य देशमा गएर पनि विभिन्न सामूहिक विवाह कार्यक्रम गर्ने गरेका थिए । मुनको गएको सेप्टेम्बरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

 

20 Comments on “३५ सय जनाले गरे सामुहिक बिहे (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु