खानेकुरामा फाइबर अर्थात् रेशाजन्य पदार्थ पाचन प्रणालीको लागि अनिवार्य हुन्छ । खानामा फाइबरको कमी भयो भने कब्जियतका साथै रक्तनलीमा कोलेस्ट्रोल जम्ने तथा रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्या देखिन सक्छन् । खानामा पर्याप्त फाइबर भयो भने मुटुरोग, मधुमेह, मोटोपनका साथै विशिष्ट प्रकारको क्यान्सरबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन् ।
यद्यपि आवश्यकता भन्दा बढि मात्रामा फाइबर पनि उतिसारो राम्रो मानिँदैन । खानामा फाइबरको बढोत्तरी सँगै पानीको सेवन पनि बढाउन आवश्यक हुन्छ । सन्तुलित भोजनमा महिलालाई दिनमा २५ ग्राम तथा पुरुषलाई ३५ देखि ४० ग्राम फाइबर आवश्यक हुन्छ । तर हाम्रो विद्यमान खानपानबाट दैनिक बढिमा केवल १५ ग्राम मात्र फाइबर आपूर्ति भैरहेको हुन्छ । यसकारण हामीले हाम्रो राम्रो स्वास्थ्यका लागि खानामा फाइबरको मात्रा बढाउनु अर्थात् फाइबरजन्य खानेकुरा खानु आवश्यक हुन्छ । फाइबरको पर्याप्त आपूर्ति हुने ७ खाद्य पदार्थ निम्न छन्ः
१. मकै
२.दाल तथा गेडागुडी
३. स्याउ, नासपाती तथा अम्बा जस्ता फलफूल । यी फलफूल बोक्रैसित खानुपर्छ । बोक्रामा बढि फाइबर पाइन्छ ।
४.सागपातः जस्तै मूला, साग, बन्दा
५.गहुँको रोटीः मैदाको साटो गहुँको पिठो वा आटाको रोटीमा बढि फाइबर पाइन्छ ।
६.ब्राउन राइस
७. केराउ
Brown Rice ta Vnni maatrai hoo. tyo Nhunee Kaam grrdai Ngreee hunnchha.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
thanks mate
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
latteko sagma badhi faibar paen6.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
With Love From Desert Reply: February 19th, 2013 at 5:06 am
You are rite Radhika!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
orange pane hoena ra ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Thank you very much Online Khabar for good information.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Good Tips..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yesto khale information dida dherai ramro hun6 thank u onlinekhabar.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tek Gurung Reply: February 25th, 2013 at 6:28 am
Noodles,biscuits and Momo Chowmins are not good for health.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]