७ फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीसँगै एसीसी टी-२० कप क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली अभभ्यास खेलका लागि शनिबार भारत भ्रमणमा जाने भएको छ ।
झण्डै २ साताका लागि नेपाली टोली दिल्ली जाने तयारीमा रहेको क्यानले जनाएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरसँग भन्नुभयो-’२३ तारिखमा दिल्ली जाने तयारीमा छौं । हामी स्थानीय टोलीसँग एकदिवसीय र टी-२० खेल खेल्छौं ।’ उहाँका अनुसार झण्डै २ सातासम्म दिल्लीमा बस्ने नेपाली टोलीले ४/५ एक दिवसीय र त्यति नै टी-२० खेल्ने तयारी भइरहेको छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले पनि अभ्यासका क्रममा टोली दिल्ली जान लागेको जानकारी दिनुभयो । ‘अभ्यासका लागि दिल्ली जाने तयारीमा छौं’ खड्काले अनलाइनखबरलाई भन्नुभयो-’१६ देखि १८ सदस्यीय टोली जान्छौं ।’
एसीसी टी-२० कप क्रिकेट प्रतियोगिता चैत १३ गतेबाट काठमाडौंमा हुनेछ । जसमा नेपालसँगै, युएई, अफगानिस्तान, हङकङ, ओमान, कुबेत, माल्दिभ्स, सिंगापुर र बहराइनले खेल्नेछन् । प्रतियोगिताको शीर्ष दुई टोलीले नोभेम्बरमा हुने टी-२० विश्वकपको छनोट खेल्न पाउनेछ । युएई आयोजकका हैसियतमा र अफगानिस्तान एकदिवसीय मान्यता प्रप्त देशका आधारमा छनोट खेलका लागि छनोट भइसकेको छन् । यस्तै आईसीसी वल्र्ड क्रिकेट डिभिजन थ्री अपि्रल २८ बाट बर्मुडामा सुरु हुँदैछ ।
Best of luck , Please hami nepali lai pheri 1 patak khusi hune mauka deu
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
Last ma tyahi ho!!vannai pardaina…
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
Footbal ma garne lagani criket ma hosssssssss….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
FIRST OFF ALL , BEST OF LUCK NEPALI KO IMPORTANT MATCH HARNE BANI CHHUTOSH
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]