नागाल्याण्डका गृहमन्त्री हतियारसहित पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नागाल्याण्डका गृहमन्त्री हतियारसहित पक्राउ

७ फागुन, काठमाडौं । भारत नागाल्याण्डका गृहमन्त्री इमकोङ्ग एल इमचेन एक करोड १० लाखभन्दा बढी नगद र हतियारसहित पक्राउ परेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एमचेन कोहिमाबाट आफ्ना विधानसभा क्षेत्र कोरिडंगा जाने क्रममा पक्राउ परेका हुन् । उनको गाडीबाट नगदसँगै मदिरा, हतियार र बारुद समेत बरामद भएपछि जिल्ला प्रशासन र प्रहरीलाई बुझाइएको छ ।

इमचेन कोरिडंगाबाट नागाल्याण्ड पीपुल्स फ्रन्ट एनपीसएफका उम्मेदवार हुन् । एनपीएफले मोकोकचुंग जिल्लामा १० उम्मेदवार उठाएको छ र इमचेनले चुनाव प्रचारको समेत जिम्मेवारी पाएका छन् । 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु