जेठ २२ मा रेग्मीको नेतृत्वमा संविधानसभा चुनाव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जेठ २२ मा रेग्मीको नेतृत्वमा संविधानसभा चुनाव

हात्ती छिर्‍यो पुच्छर अड्क्यो

७ फागुन, काठमाडौं । आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन हुने भएको छ । त्यसका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरिने छ ।

एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सोमबार बसेको बैठकले आगामी जेठ २२ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने कार्यदलको प्रस्तावमा सहमति गरेको हो । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो-’कार्यदलले लिखित रिपोर्ट पेश गर्नु भएको छ । त्यसमा गम्भीर छलफल भयो । मूलभूत कुरामा सहमति भएको छ, केही कुरा मिल्न बाँकी छ । भोलि ३ बजे फेरि ४ पक्षको बैठक बस्छ र निर्णय गर्ने कुरा भएको छ ।’ बिघटित संविधानसभामा रहेका दलहरुसँग परामर्श गरेपछि यही समतिलाई अन्तिम रुप दिएर राष्ट्रपतिले बाधा अडकाऊ फुकाउमार्फत संविधान संसोधन गरेपछि सहमति लागू हुने छ ।

चुनावका लागि प्रधानन्यायाधीशको नेतृत्वमा बढीमा ११ सदस्य रहने ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्’ गठन गरिने छ । उक्त सरकारको नेतृत्वका लागि प्रधानन्यायाधीश रेग्मीलाई भोलि औपचारिक आग्रह गरिने एमाले उपाध्यक्ष बामदेव गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

नयाँ संविधानसभाको सदस्य संख्या ४ सय ९१ हुने छ । जसमा प्रत्यक्ष निर्वाचनबाट २ सय ४०, समानुपातिकबाट २ सय ४० र ११ जना मन्त्रिपरिषद्बाट मनोनित गरिनेछ । संविधानसभा व्यवस्थापिका संसदको कार्यकाल पाँच बर्षको हुनेछ । सुरुमा दुबै संविधानसभा र संसद दुबैको हैसियतका काम गर्नेछ भने संविधान बनेपछि संसदमा रुपान्तरण हुनेछ ।

चुनाव नभए रेग्मी स्वतः हट्ने

शीर्ष नेताहरुको बैठकले चार दलीय कार्यदलले तयार पारेको ११ बुँदे प्रस्तावमा नागरिकता र मतदाता नामावली बाहेकका विषयमा सहमति जुटाएको छ । जसअनुसार चुनावी सरकारको नेतृत्व गरेलगतै प्रधानन्यायाधीश रेग्मी सर्वोच्च अदालतका सबै कामबाट अलग हुनेछन् भने कामु प्रधानन्यायाधीशले अदालतको सम्पूर्ण काम सम्हाल्नेछन् । प्रधानन्यायाधीश नेतृत्वको सरकारको समयावधि संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन सम्पन्न भई संसदबाट नयाँ प्रधानमन्त्री चयन भई कार्यभार सम्हालेपछि समाप्त हुनेछ । त्यसपछि प्रधानन्यायाधीश पुनः सर्वोच्चको पूर्ववत पदमा र्फकने छन् । तोकिएको समयमा चुनाव गराउन प्रधानन्यायाधीश नेतृत्वको सरकारलाई सघाउन प्रमुख दलका प्रतिनिधि रहने उच्चस्तरीय राजनीतिक समिति बनाउन दलहरु सहमत भएका छन् ।

तोकिएको समयमा चुनाव हुन सकेन भने रेग्मी सरकार स्वतः हट्नेछ भने उच्चस्तरीय राजनीतिक परामर्श समितिले १५ दिनभित्र अन्तरिम चुनावी सरकारको नयाँ प्रधानमन्त्री राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यदलको प्रस्तावमा शीर्ष नेताहरु सहमत भएका छन् । रेग्मीले चुनाव गर्न नसके अध्यक्ष पद खारेज भई पुनः प्रधानमन्त्रीय प्रणालीमा जानेमा दलहरु सहमत भएका छन् ।

बाबुराम सरकारले के-के गर्ने ?

नयाँ सरकार र चुनावका लागि दलहरुको सहमतिमा निर्वाचनसम्वन्धी कानुन, निर्वाचन आयोगसहितको संवैधानिक अंगको पदपूर्तिबारे बाबुराम नेतृत्वकै मन्त्रिपरिषद्ले निर्णय गरी बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । यस्तै शान्ति प्रक्रियाका बाँकी काम पनि बाबुराम सरकारले नै पूरा गर्ने जिम्मेवारी पाएको छ । तर, शान्ति प्रक्रियाअन्तरर्गत सेना समायोजन र लडाकुको दर्जा निर्धारणमा दलहरुवीच सोमबार सहमति हुन सकेको छैन । ‘एमाओवादीले समायोजनमा आफ्नो तर्फबाट दुई लेफि्टनेन्ट कर्णेल र एक कर्णेल मागेकाले सोमबार सहमति हुन सकेन ।’- एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो ।-’पहिल्यै नदिने भनिसकेको पदमा माओवादीले गरेको बार्गेनिङ नेकपा एमालेलाई स्वीकार्य छैन ।’

त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा पनि शीर्ष नेताहरुवीच सहमति हुन बाँकी छ । नेपाली कांगे्रस र एमालेका नेताहरुले बाबुराम सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश परिमार्जन गरिनुपर्ने अडान राखेका छन् । विचाराधीन अध्यादेशमा उल्लेखित आममाफीको प्रावधानमा विपक्षी नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

के के मिल्न बाँकी ?

प्रमुख दलहरुबीच नागरिकता र मतदाता नामावलीमाथि पनि सहमति जुटाउन बाँकी छ । मधेसी मोर्चाका नेताहरुले नागरिकताका आधारमा संकलित फोटोसहितको मतदाता नामावलीका आधारमा चुनाव गर्न नहुने भन्दै कार्यदलको प्रस्तावमा आपत्ति जनाएका छन् । ‘नागरिकताका आधारमा तयार पारिने फोटोसहितको मतदाता नामावलीलाई स्वीकार्न मधेसी नेताहरु सहमत हुनुपर्छ ।’- एमाले नेता गौतमले विवादबारे जानकारी गराउँदै अनलाइनखबरसँग भन्नुभयो ।

कार्यदलले भने निर्वाचनमा २०६८ साल चैत्र मसान्तमा १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने प्रस्ताव गरेको छ । नागरिकताको आधारमा संकलन गरेको मतदाता नामावलीलाई निर्वाचनका लागि आधार मानिनेछ भने फोटोसहितको मतदाता नामावली संकलनका लागि तत्काल १ महिने विशेष अभियान चलाइने कार्यदलको प्रस्ताव छ ।

नागरिकताको सवालमा कार्यदलले मधेसवादीलाई चित्त बुझाउने गरी जन्मसिद्ध नागरिकताप्राप्त नेपाली नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रस्ताव गरेको छ । तर, यसमा कांग्रेस र एमाले नेताहरुले आपत्ति जनाएका कारण सहमति हुन बाँकी छ ।

जन्मशिद्ध नागरिकता लिएकाहरुलाई संविधान र कानुन संशोधन गरेरमात्रै नागरिकता दिनू भन्ने सर्वोच्च अदालतको आदेश भएकाले अहिलेको सम्झौतामा नागरिकताको विषयलाई प्रवेश गराइनु जरुरी नभएको एमाले नेता एवं कार्यदलका सदस्य अग्नि खरेलले बताउनुभयो । यो विषय भोलि सर्वोच्च अदालतमा प्रवेश गर्नसक्ने उहाँको तर्क छ । ‘नागरिता अहिलेको विषय नै होइन । अन्तरिम संविधान संशोधन नगरी गरिएका सहमतिहरु भोलि अदालतमा जानसक्छन् ।’ खरेलले भन्नुभयो-’हामीले संविधान संशोधन गर्नुपर्छ भनेकै हो, एमाओवादी र मधेसवादीले टेरेनन् ।’

मंसिरमा स्थानीय चुनाव

दलहरुबीच ०७० साल मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सहमति भएको छ । ०५४ सालपछि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन ।

मंगलबार सहमति हुने दाबी

कार्यदलको प्रस्तावमाथि अधिकांश विषयमा सहमति भैसकेकाले बाँकी विषयमा मंगलबार सहमति गरी हस्ताक्षर गरिने नेताहरुले जनाएका छन् । यसका लागि मंगलबार ३ बजे शीतल निवासमा बैठक बस्ने कार्यक्रम छ ।

शीतल निवासमा बनेको सहमतिको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुस

72 Comments on “जेठ २२ मा रेग्मीको नेतृत्वमा संविधानसभा चुनाव”
  • कांग्रेसी wrote on 18 February, 2013, 12:51

    १० बर्षे जनयुद्धकाल मा माओका भुतहरु को आपसी सांठगांठ मा दिन मा एमाले रातमा माओबादी भएर राजनीति चमकाउने चाइनिज कम्युनिस्ट हरु को बहुमत रहेको कार्यदल ले बाह्य शक्तिको इशारा मा हुन लागेको सहमती लाई माओबादी को बाबुराम सरकार लाई बचाउन सहमती भाड्ने त होइनन भनेर नेपाली जनता ले भारतिय राजदुतले भन्दा बढी चासो दियेर नियालि रहेका छन / कांग्रेस का साथीहरु चनाखो भएर बस्नु होला माओ का भुत हरुले कुरा फेर्न नपाउन

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 105 Thumb down 167

    [जवाफ फर्काउनुहोस्]

    Kangresi lai Jawaf Reply:

    Ani kangresi ji, Maobadi janmaoune pani kangress nai hoina ra?? Kangress le 2007 dekhe ahile samma satta ma dhulimuli garera desh lai khai k chhai gare jasto lagchha tapain lai??

    Well-loved. Like or Dislike: Thumb up 81 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

    कांग्रेसी Reply:

    चिन्ता नलिनुहोला नेपालि जनता को जनमत लिएर चुनावपछी कम्युनिस्ट हरु भित्र घुसेको चिनीया माओ को भुत को बिचारलाई नेपाली कांग्रेस ले माओ लाई गाडेको खाल्टो मा नपुरुन्जेल चुप लाएर बस्ने वाला छैन

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 69 Thumb down 98

    [जवाफ फर्काउनुहोस्]

    Saurav Reply:

    Napiyo sabai

    Like or Dislike: Thumb up 27 Thumb down 11

    can Reply:

    तिम्रो पछी लाइयो खुत्टी देखी चाल् पाइयो । हासै उठेर आउछ बा !!!!!!!

    Like or Dislike: Thumb up 20 Thumb down 10

    Krishna Prasad Reply:

    Ahile nai dherai uttaulo hune ra churi-furi nagarda nai ramro hola, kinabhane bholi afule chaheko jasto bhayana bhane baulauna pani sakinchha, tapailai testo sthiti na-aosh bhanera sano sallaha matra diyako, manchhelai marne ta adhikar hunchha bhane baulaune adhikar ta jhan tapailai pakkai chha. It’s up to you my friend.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    Kangresi Lai Jwaf Reply:

    Kangress le vote paounchha ki japhat hunchha tyo ta herna banki nai chha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    phyaante Reply:

    Nepar khulit………….kaangreshi dalaal

    Like or Dislike: Thumb up 0 Thumb down 0

    Kangresi Lai Jwaf Reply:

    La khaou kangres pradhnmantri, kasto achhamma, Janata le vote na diyeko manche haru jabarjast PM hunu parne re? Kahan ko democracy and tradition ho ta?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    shreesh thapa Reply:

    मुलाको सागहरुको बहस टाई न तुइको ………

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    बाबुराम भट्टराईको सरकारमा सहभागिता जनाएर चुनाव गराउनुमा नै नेपाल र नेपालीको भलो हुनेछ । नत्र यो परिषद बनाउनु भनेको निर्दलीय व्यवस्थामा हुन्छ ।

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Nimesh Gautam Reply:

    अरु जे भए पनि सेतो हात्तीको संख्या ६०१ बाट घटाएर ४९१ बनाएछन् त्यो चाही राम्रै भो! अझै घटाएको भए राम्रो हुन्थ्यो.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    kuber kumar Reply:

    समानुपातिक नै गर्ने हो भने किन 240 मात्रै ? पुरै समानुपातिक गरेर चुनाब नै नगरे हुँदैन ? हैन भने सम्पूर्ण नै चुनाबबाट जाऊन !!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    tiger tap Reply:

    bhunta ko chalakho hune hooooooooooo gathe ko bachcha haruuuuuuuuuuuu?????????????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • santosh basel wrote on 18 February, 2013, 12:52

    ramrai ho

    Like or Dislike: Thumb up 15 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Ayodhya Reply:

    Kangares sarkar aayera aahile samama k garana sakeko 6 ra?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Laxmi sunuwar, Kerabari, Morang wrote on 18 February, 2013, 12:55

    Okay. Fine.

    Like or Dislike: Thumb up 9 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • junkiri wrote on 18 February, 2013, 13:12

    feri 12 budhe? ki 11 banao ki 13. yo 12 budhe afaap siddha ho.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sharma wrote on 18 February, 2013, 13:21

    prajatantra diwasko din ma dal harule janatako shashan satta nyayadhislai bujhaune bhaya. dhikkar chha hami janatalaii…prajatantraka khatir tetra tetra andolan garekoma…

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • BISWASH SHARMA wrote on 18 February, 2013, 13:24

    बाबुराम लाई प्रधानमन्त्री पद बाट हटाउन का लागि मात्र गरिएको सम्झौता हो….!

    Well-loved. Like or Dislike: Thumb up 50 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    सन्त बहादुर मिजार Reply:

    कौवा ले गु खान्छ सुगाले घास खान्छ बाग ले मासु खान्छ भन्ने कुरो पनि हाम्रो नेताजी लाई था छैन ,नलाएक २-२ पल्ट चुनाब गराउन नसक्नु अनि कामचलाउ मा बसेर २० वर्ष हाक्छु भन्ने धाक लगाउनु ,कि मुख ले बिगार्छ कि मुजी ले बिगार्छ मान्छे लाई

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Deshi Kancho wrote on 18 February, 2013, 13:31

    कहिँ नभयको जात्र हाडी गाउमा /// ढिलो चाडो राजा आउच जस्तो छ ///

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    unknown Reply:

    yni haru bhanda Raja 100 guna ramro…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nirmal wrote on 18 February, 2013, 13:36

    प्रधानन्यायाधीश नेतृत्वको सरकारले तोकिएको समयमा चुनाव गराउन नसके उच्चस्तरीय राजनीतिक परामर्श समितिले नयाँ चुनावी सरकार गठनबारे निर्णय गर्नेछ । Yo vaneko nirbachan nagaraune feri satako khel garne melo espasta chha. yestyo Hunu parchha ki yo pradan niyadisko sarkar nirbachan nahuijel samma nirantarta rahane chha vanne ani matra nirbachan hunchha natra yehi neta harule gardaina

    Like or Dislike: Thumb up 11 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Min wrote on 18 February, 2013, 13:41

    Maanchhyee Maarko Lukaauna laai, Sattyee Nirupdd MellMilaap poo vnndaai chha ! Lukhna khojeeyo :. Hoina vnee bahun hrruko Ghrr chinii raakh, Aagooo lagaayera Maaarrni hoo. tesspchhi, Haami pni MellMilaap vnera grnu prlaaa.

    Like or Dislike: Thumb up 3 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 18 February, 2013, 13:52

    कांग्रेस र एमालेले बिकल्पलाई भाडन खुब षडयन्त्र गरेका थिए नसकेर थाके पछि बाबुराम भट्टराईले भने जस्तै नत्थि लाएर आए।आखिर राष्टलाई अगाडी बढाउन माओवादीको एजेण्डा बाहेक अरु कसैले सक्दैन भन्ने प्रमाणित भयो।त्यसतै अब हुने निर्वाचनमा माओवादीले बहुमत ल्याउने निश्चित भयो।अब माओवादीको बिजय अभियानलाई दुनियाको कुनै पनि तागतले रोक्न सक्दैन।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 90 Thumb down 108

    [जवाफ फर्काउनुहोस्]

    Jiwan Reply:

    Keta keti le pani bujhna sakne strategy aapanayera Maobadi aafai samapti ko bato rojdai chha , Loktantrik shakti ko aagadi maobadi aabako nirbachan ma badariyera janechha…photo sahit ko matadata namabali le maobadi lai nathi lagayera bishram garaune chha.

    Like or Dislike: Thumb up 8 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    kshitiz Reply:

    nabin pun ji khub aafule matra bhot halne jasto kura garnu bhayo ta ….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    rd Reply:

    nabin pun ji,mawobadi nibna lageko belako ali thulo baleko batti matra ho.bastab ma prachanda rastripati hune ra eaklauti sasan garne ajai usko sapana cha. chunab hos matra na sapana kasari tuhincha hami pani herchau. nakhoke huncha hajurle.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    tulsi Reply:

    बाबुरामको नत्थी होइन, अव समुच्च भन्दा बाबुराम,प्रचण्ड तथा समग्रमा माउवादी कै अवसान हुनेछ,भाडाका टट्टु अव कति दिनलाइ हो दिन गन्दै गरे हुन्छ ।

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • kranti wrote on 18 February, 2013, 13:54

    “मन्त्रिरिषद्को अध्यक्ष हुने प्रधान न्यायाधीश सर्वोच्च अदालतका सबै कामबाट अलग रहनेछन् र सर्वोच्च अदालतमा नयाा प्रधान न्यायाधीशले न्याय सम्पादन र प्रशासनको सम्पूर्ण काम स्वतन्त्र रुपमा गर्नेछन्”
    vakawas! Sarvochama muddaa parisakeko chha prdhaan nyaydhis laai pra ma nabanau bhanera, naya pradhan nyayadhish swatantra ho bhane tyo muddaalaai kasari khaarej garna sakchha?

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Awal Krishna wrote on 18 February, 2013, 13:56

    sabai kura ta sarsarti thikai nai chhan tara rastrapati ko bisaya ma kai pani ullekh chhaina, k ahilekai rastrapati chain sambidhan nabanesamma nai bahal rahane ho ra ?

    Like or Dislike: Thumb up 4 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • abhaya magar wrote on 18 February, 2013, 13:57

    Feri arko 12 bude sahamati ho feri deshle arko 5 barsa dukha paune ho aba jati dherai 12 bude gare pani dalharu enai hun k garyo jati bude vayepani

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bikalpa wrote on 18 February, 2013, 14:04

    सहमती त पहिले पनि नभयेको हैन तर सहमती गरेको कागजको मशी नसुक्दै तोड्न थालिन्छ पो बर्बाद छ । अब त फेरि पनि पहिलेको जस्तो नाटक गरे भने टाउको फोर्ने अभियान चलाउनु पर्ला । हामी नेपालि जनता पनि सोझो भएर होला यिनीहरूले पटका पटक खेलाची गर्ने गरेको ।

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • diwakar wrote on 18 February, 2013, 14:08

    Mitra kangrse si ju nepal ko itihas ma 3 patak baumat layera tokiyako aabadhi sasan chalauna nasakne tapahi ko kangres parti ko oklat garna tapalai lagdina.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • unknown wrote on 18 February, 2013, 14:09

    Robert Piper lai hami haru kina gali garne… dekhnu bhayo sathi haru ???

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raju wrote on 18 February, 2013, 14:11

    ahile samma ta
    yastai buda haru kati aye herum kati chito chunab hun6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jayram bhandari wrote on 18 February, 2013, 14:14

    netaji haru j gare pani desh ma santi hos.nepali janta le sukha paun.samai mai sambidhan banaunu hola yespalichai.mathi vane jati sampurna ka vayo vane shuvakamana6 tapai harulai.all the best.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bijaya Ghimire wrote on 18 February, 2013, 14:23

    I am not going to cast vote for re constitution assembly election.

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • लोकेन्द्र चन्द wrote on 18 February, 2013, 14:29

    अन्ततः राजनीतिक दलहरु असक्षम भएको स्वतः प्रमाणित भयो, यी राजनीतिज्ञहरुको कार्यक्षमतामा कुनै पनि विश्वास रहेन

    Like or Dislike: Thumb up 21 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • binod wrote on 18 February, 2013, 14:30

    feri 12 bunde k yo 12 bunde le neta lai chhod daina ki kyaho feri neta ko sahamati maa (yedi nirbachan vayen vane)naya chunabi sarkarko nirman voli dekhinai yesko aafu khushi byakhya garna thalchhan

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lure kancha wrote on 18 February, 2013, 14:31

    Pratkshya nirbachan matra garnu ni kina smnupatik pani garya??? Ye chorharule pheri Khana khoje…..pheri Pahile Kai jasti tana tan Ani lada lad…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 18 February, 2013, 14:31

    प्रधान न्याधिस को उपस्थिति मा चुनाब भय त यो देश को हित हुनेछ तर आफ्नु नेतृत्व मा चुनाब गराउन नसक्ने यी नेता ले संबिधान बनाउछन भन्ने के ग्यारेन्टी छ त यदि यो देश को प्रधानमन्त्रि को जिम्मा प्रधानन्याधिस लाइ लागाय झैँ संबिधान बनाउने जिम्मा पनि संबिधान बिद लाइ लगायमा देश को ढुकुटी बिकाश निर्माण मा लगाउन सकिन्थ्यो कि

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • komal wrote on 18 February, 2013, 14:33

    Is there any provision when the case will be filed against Khilraj Regmi after completion of CA election about his Deformities? Who will see that case in supreme court?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Madan wrote on 18 February, 2013, 14:36

    यो चै सब माओबादिको हो, दलहरुलाई फनफनि घुमाउदैछ अब दलहरुलाई माओबादी ले धोती लगयिदिने भो । दसकौ देखी पार्टी ले जोगायको इज्जत मातो मा मिल्ने भो, नेताहरुको पारा कुकुर को पुछर जस्तै घरी यता घुम्छ घरी उता घुम्छ । देश को भलाई को लागि राम्रो D-C-ZEN लिनिदिन कहिले आउला खोइ…….

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Kanchan wrote on 18 February, 2013, 14:42

    The leaders have misguided the country..what more can be said..
    If they dont want political leader to lead there is a non controversial way which is reflected in the interim constictution (130 “dafa” onwards).. These leaders have not done their home work well..
    Apart from this “nyaya parisad” needs to be consulted and then its a sub judice to Supreme court!!!
    whoever will sign the deal… they will NOT be elected next time

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Kanchan Reply:

    The clause reads…..”Provided that nothing in this clause shall be deemed to be a bar to appointment to any position of a political nature, or to any position ..”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhagwan wrote on 18 February, 2013, 14:44

    ab party haru kin chahiyo
    bidesiko esarama janta mathi gaddari vayo

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • danis wrote on 18 February, 2013, 14:45

    _Mero Ghar Ma Aba Vote Magne Aaash Ra Himmat Nagare Huncha__Laat Hanchu Ki Dhoka Bta lakhetchu Khate Harulai__

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prashu From Darchula wrote on 18 February, 2013, 14:47

    Balla neta haruko ghaitoma gham lagyo good job

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • BODHANG wrote on 18 February, 2013, 14:47

    aba chahi desh le nikasha pau6 ki,..
    desh chadai shanti ko bato ma pugos..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Saurav wrote on 18 February, 2013, 14:48

    Ramro nirnaya bhayeko 6

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • netra wrote on 18 February, 2013, 14:51

    केहि दिन पहिले सम्म नेपाल निरङ्कुश राणा शासन, निर्दलीय पंचायत, बहुदलीय राजतन्त्र हुदै लोकतान्त्रिक शासन पद्दतिमा आयको महसुश सारा नेपालिले गरेका थियौ तर आज हामिले चुनेका नेताहरुले लोकतन्त्रको खिलाप गर्दै निर्दलीय ब्यबस्था लागु गर्न सहमत भैसकेछन, सरसर्ती हेर्दा यो भनेको हामी सारा नेपालि जनताले स्वच्छ छबि भयको देश चलाउन सक्ने योग्य व्यक्तिलाई चुन्न सकिरहेका रहेनछौ भने अर्को तर्फ नेताहरु पनि आफुले आफैलाई अयोग्य ठहर गरिसकेको प्रमाण हो! त्यसैले अब यदि चुनाब भयो भने लहैलहैमा लागेर आफ्नो अमुल्य मत खेर नफाल्नु नै बेश हुन्छ अन्यथा फेरी देश जहानिया राणा शासन तिर प्रवेश गर्न सक्छ

    Like or Dislike: Thumb up 21 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bibek bhattarai wrote on 18 February, 2013, 14:59

    jasari pani sahamati ma gayeko ramro,aru kura na garau

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Abjan wrote on 18 February, 2013, 15:03

    Common guys the term of the constitution is unacceptable, possibly more than 60% of the previous script can be used which means it should not take more than a year or two to complete whole constitution. I think this is another waste of time and waste of money of taxpayer. Young leader should consider this matter seriously as this is being to much to survive daily life for most of the people. Wise up the leaders learn something from the mistake made in recents years.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Paneru wrote on 18 February, 2013, 15:03

    80 pratisat kam sakiyo vanne harule ahile aayera 5 barsa ko aabadhi toknu uhi pahile kai para le bramhaloot garne dau matrai ho. natra vane 6 mahina matrailai sambidhansava ko aabadhi kina natokeko? k ti sabai masauda aba khola ma bagayera pheri pahile kai jasto singh thokera basna khojeko desh lai bandhi banayera?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    dukhi Reply:

    Bhai kura t thikai ho.ab mao luterako din ganti suru huncha.inka aadma lutne jo koi pani bholi jantako jail ma prchan parchan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • guru kafle wrote on 18 February, 2013, 15:12

    पर्सिबाट दलहरू झोलि तुम्बा बोकेर गाँउ जाने भएछन?

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kirtartha sharma wrote on 18 February, 2013, 15:20

    derai ram kam, tara sabaiko sahayog need hunchha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Purushottam Giri wrote on 18 February, 2013, 15:22

    Feri 5 barsha dess laai lutne prapanchha…!!!
    Sambidhan banaauna bigya samuha ko Aayog gathan gare vai halyo..ni!!!
    Sambidhan ka aadharvut bisaya maa kuraa namilaai Feri Nirbachan maa jaanu Saraasar haami janata maathi dhokaa ho…
    Feri samaabesi ko naam maa anpadh, lugaadhune, haliya, tori laaure haroo jo Mutthivar Netaa garoo je vane tehi garne le ke garlaan…!!!
    Feri yee naalayak jo pramukh dal kaa netaa haroo laai chunaabmaa uthna bandej gare..ta thikai ho vanna sakiyelaa..!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj K. Prajapati wrote on 18 February, 2013, 15:25

    खायो खायो देश खायो,,, बाँदरको हाठमा नरिवल भने जस्तै भयो हाम्रो देश नेपाल ।
    सबै धोतीको ईशारामा चल्दै छ देश । कृपया आफ्नो बहुमुल्य भोट येस्ता चोर खाते नेताहरुलाइ न दिनु होला। अन्यथा न राम्रो सङ्ग पछुटाउनु पर्ला। राजालाइ नै पुर्ण समर्थन् गरौ, जय देश जय नरेश, राजा आउ देश् बचाउ

    Like or Dislike: Thumb up 20 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • dolrajsapkota baraulia dada rupandehi wrote on 18 February, 2013, 15:44

    फेरी आफ्ना नातापाता लाई ठाउ राख्यौ लाजसरम नभाका हो ?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 18 February, 2013, 16:02

    khil raj regmi lai pradhan mantari banayera maobadi kanun bata bachyo? prachande ra baburam le sabai netalai thangna ma sutayo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ayodhyachaudhary shivapur kapilvastu wrote on 18 February, 2013, 16:30

    Abba chahi desh ko bikash gar6an ki hamara desh ka neta g haru le ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • binod wrote on 18 February, 2013, 16:33

    यो सबै नेता भनौदा भाते कुकुर हरु को फेरी ५ बर्ष सम्मा सरकारी धुकुती को पैसा खाने कुतिल योजन हो।जब सम्मा यि नेता भनौदहरु लाई देश निकला गरेर नयाँ युबा लाई नित्रित्यो दिञ्न केही हुने वाल छैन।यी कुकुर हरु हुन्जेल।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • gaunle kancha wrote on 18 February, 2013, 16:50

    MAIBADI ARE LIKE KIDS THEY ASK ONE AFTER ANOTHER STUFF. BETTER STOP AND SAY THEM THERE IS NOTHING TO LEFT. THEY HAVE EMPTIED NEPAL IN ALL RESPECTS

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • fucker wrote on 18 February, 2013, 17:51

    yo vosadi haru le fari desh ko dhukuti lutne bhaya aba gau ma bhot magna auda goli hanara mare diya hunxa yo kukura haru lai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • fucker wrote on 18 February, 2013, 17:54

    sambidhan hoina ini haru le fari pasport bachne ktm ma basara monthly 50000 bhata line tal pare ktm ma ghar kina ko lagi chunab garne bhandi 6n yasta haru lai bhot dinu bhanda ta ………. fuck you all of you neta

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deshbhakta wrote on 18 February, 2013, 18:44

    khabardar yo samannupatik ra monnonit bhanne sabda banda gar…………….
    yo janata le na ruchayaka ra thau ogatne haru ko lagi matra ho……..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • puspa rijal(now in Norway) wrote on 18 February, 2013, 18:46

    १२ बुदे सहमती , ? फेरी सहमति, सहमति, सहमति,,,,,मुखमा सहमती अनि ब्यवह्रमा निशेध ,,,,,,,यस्तो महोलामा कस्तो चुनावी वातावरन बन्ला ,, ? निस्पक्छ्,धाधलिरहित्, ? ? ? ? ? त्यस्मा पनि निर्वाचन गराउने आन्तरिम सम्बिधान बिपरितको शक्तिहिन अनि बिबादित सरकार,,,हेरौ अब आर्को नया नेपाल । । । ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • madan khadka wrote on 18 February, 2013, 20:31

    प्रधान न्यायाधीश लाइ प्रधान मन्त्रि बनाउन को लागी कर्येदल ले 12 बुदे प्रस्ताब गरेको छ येसमा लगभग सहमति पनि जुटिसकेको छ भने सुनिन्छ अरु बुदा लागु होला नहोला तर तल लेखिएका 2 ओटा बुदा मा अबको राजनैतिक बहस हुने मैले देखेको छु

    (1)कार्यावधिः संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन पााच वर्षको लागि हुनेछ । संविधानसभाले संविधान निर्माणको काम सम्पन्न नभएसम्म संविधानसभा र व्यवस्थापिका संसद दुबै हैसियतमा काम गर्नेछ र संविधान निर्माणको काम सम्पन्न भएपछि व्यवस्थापिका संसदको रुपमा मात्र कायम रहनेछ ।
    (2)· संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन निर्धारित मितिमा हुननसकेमा उच्चस्तरीय राजनीतिक परामर्श समितिले माथि भनिएको अन्तरिम चुनावी सरकारको समयावधि समाप्त भएको १५ दिनभित्र अन्तरिम चुनावी सरकारको नयाा प्रधानमन्त्री पदका लागि राष्ट्रपति समक्ष नाम सिफारिश गर्नेछ ।
    (क )प्रस्ताब मा अब हुने संबिधानसभा को समय अबधि 5 बर्ष को भनिएको छ र साथै नयाँ संबिधान नबने सम्म सबिधान सभा निरन्तर रहिरहने भने अर्को सब्द प्रयोग गरिएको छ एसको सिधा अर्थ हुन्छ कि अर्को पाँच बर्ष मा पनि संबिधान बन्दैन र निरन्तर बिना चुनाब बर्षौ सम्म भत्ता खाएर बस्ने
    ….
    (ख )अर्को बुदा मा खिलराज रेग्मी लाइ उल्लु बनाउने कुरा प्रष्ट छ जेष्ट 22 सम्म मा निर्बाचन गराउन सकिएन भने राष्टपति मार्फत अर्को सरकार बनाउने भन्ने तर सबै लाइ थाहा छ कि अहिले को अवस्था मा जेष्ट 22 मा चुनाब हुने सम्भावना धेरै कम छ खिलराज रेग्मी ले सपत लिने बेला सम्म निर्बाचन आयोग ले जेष्ठ 22 मा निर्बाचन सम्भब छैन भनि पत्रकार सम्मेलन गर्ने छ त्येसपछी बैसाख को नया साल लाग्ने बितिकै खिलराज लाइ हटाउने खेल सुरु हुन्छ र प्रचण्ड या सुसिल कोइ प्रधानमन्त्री हुने खेल सुरु हुन्छ
    येस्तो सिधा र प्रस्ट कुरा लाइ श्रीमान रेग्मी ले कसरी मुल्याकन गर्नु भएको छ यो उहा मै भर पर्छ
    “अन्त मा म पशुपति नाथ संग प्राथना गर्न छु कि यो मेरो विश्लेषण गलत साबित हुन् र जेष्ट 22 मै निर्बाचन भई देश ले नया निकाश पायोस “

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sushi wrote on 19 February, 2013, 0:39

    माओ बादी ले गर्न खोजेको नै यहि हो /हात्ती छिराई दिने पुच्छर चै अड्काउने अनि अफ्न्नो हात ले समाती रहने / यति पनि कुरा नाबुज्ने हामी कस्तो /

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु