घोप्टो परेर सुत्दा बढि ऐठन पर्छ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

घोप्टो परेर सुत्दा बढि ऐठन पर्छ

रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।

हंगकंगमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सुइ यान विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट थिँचेर सुत्दा सेक्सका मृत्युदण्ड वा हत्या मात्र होइन कसैले बाँधेको, थुनेको र चल्न नसकेको जस्ता ऐठन पार्ने खालका सपना पनि बढि देखिन्छ ।

शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव पनि बढ्ने भएकाले त्यस्ता सपना देखिएको हो ।

६७० जना विद्यार्थीमा यो अध्ययन गरिएको थियो । जसमध्ये दुइ तिहाई छात्राहरु थिए । यो अध्ययनको निष्कर्ष डि्रमिङ नामक जर्नलमा पनि छापिएको छ ।

5 Comments on “घोप्टो परेर सुत्दा बढि ऐठन पर्छ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु