प्रविधि जगतका १० शक्तिशाली महिला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रविधि जगतका १० शक्तिशाली महिला

विश्वमा धेरैजसो ठाउँमा पुरुषकै दबदबा छ भन्दा फरक पर्दैन । तर बदलिँदो समयसँगै महिलाहरु पनि को भन्दा को कम भन्दै अगाडि आइरहेका छन् र आफुहरु पुरुषभन्दा कम नभएको दृष्टान्त दिइरहेका छन् । सूचना प्रविधिको क्षेत्रमा पनि यस्ता केही महिला अनुहारहरु छन् जसले आफ्नो दमदार उपस्थिति देखाएका छन् । हुनत विश्वको सूचना प्रविधि उद्योगमा पुरुषको भन्दा महिलाकै वर्चस्व रहेको बताइन्छ । आइ टी उद्योगमा महिलाको हिस्सेदारी ५७ प्रतिशत रहेको र त्यसमध्ये २७ प्रतिशत महिला कम्प्युटर जगतसँग सम्बन्धित क्षेत्रमा संलग्न रहेको तथ्यांकले देखाएको छ । यहाँ केही चर्चित महिलाको नाम उल्लेख गरिएको छ जो प्रविधि जगतमा उच्च ओहोदामा पुगेका छन् :

१. किम पोल्सीः अमेरिकाको क्यालिफोर्नियास्थित सूचना प्रविधिको हव मानिने सिलिकन भ्यालीकी प्रसिद्ध सूचना प्रविधि उद्यमी तथा व्यवसायिक नेतृ ।

२.नोरा डेन्जेलः अमेरिकी आइबिएम कम्पनीकी वरिष्ट उपाध्यक्ष ।

३.भ्यालेन्टिना सालापुराः आइबिएम कम्पनीकी मास्टर इन्भेन्टर तथा सिस्टम आर्किटेक्ट ।

४.डेनी ब्रायन्टः चिप मेकर कम्पनी इन्टेलकी कर्पोरेट भाइस प्रेसिडेन्ट तथा सिआइओ ।

५.उर्सुला बन्र्सः जेरोक्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ।

६. मारिसा माएरः याहु कम्पनीकी अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत ।

७. सेरिल स्यानबर्गः गुगलकी पूर्व कार्यकारी समेत रहेकी स्यानबर्ग हाल फेसबुकको चिफ अपरेटिङ अफिसर छिन् ।

८. भर्जिनिया रोम्टीः आइबिएम कम्पनीकी अध्यक्ष तथा प्रमुख कार्यकारी

९. मेग हि्वटम्यानः एच पि कम्पनीकी प्रमुख कार्यकारी ।

१०.सुसन वज्कीकीः गुगलकी वरिष्ठ उपाध्यक्ष ।

यी बाहेक अरु थुप्रै महिलाहरु पनि छन् जसको नाम यहाँ उल्लेख गर्न नसकिएको हुनसक्छ । तर ती सबैको योगदान सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण छ ।

5 Comments on “प्रविधि जगतका १० शक्तिशाली महिला”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु