यस्तो कमै हुन्छ, एक राष्ट्रिय स्तरका खेलाडी क्रिकेटमा आफ्नो ब्याटिङ चलाओस्, बलिङमा पनि चम्किओस् र देशका लागि यस्तै फुटबल मैदानमा पनि उत्रिओस् ।
यत्रि मात्र हैन, खेलबाट फुर्सद हुनासाथ रेडियो र टीभीमा कार्यक्रम प्रस्तुत गरोस् अनि अर्थशास्त्र र समाजशास्त्रको पढाईमा पनि चम्किओस् ।
यो सबैको पर्याय बनेकी छिन्, अष्ट्रेलियाली बलर एलीस पेरी । वेष्टइण्डिजलाई हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला विश्वकप क्रिकेट जित्दा उनी पूरा प्रतियोगिता भर चम्किरहिन् । फाइनलमा उनले १० ओभरमा मात्र १९ रन दिएर ३ विकेट लिइन् भने २२ रन पनि जोडिन् ।
उनले भनेकी छिन्-म आफूलाई भाग्यमानी ठान्छु, कि क्रिकेट र फुटबल दुबैमा म सफल भएँ र आफ्नो स्थान सुरक्षित गर्न सफल भएँ । म धेरै सोच्दिँन, बस समयका साथ अघि बढ्ने प्रयास गर्छु ।’
आफूले पढाइलाई पनि निरन्तरता दिने भन्दै उनले भनेकी छिन्-’जब म बुढी हुन्छु र दौडिन सक्दिन । त्यसबेला यही पढाईको सहारा लिन्छु ।’
अग्लो कदकी २२ वषर्ीया पेरी महिला क्रिकेटमा सनसनी रुपमा उदाएकी छिन् । अष्ट्रेलियामा महिला क्रिकेटलाई लोकपि्रय बनाउन उनको ठूलो भूमिका छ । उनले १६ वर्षको उमेरमा क्रिकेट करियर सुरु गरिन् र सबैभन्दा कम उमेरको क्रिकेटर बन्न सफल भइन् ।
त्यसको एक महिनापछि अष्ट्रेलियाको फुटबल टिममा पनि स्थान बनाउन उनी सफल भइन् । सन् २०११ को विश्वकप फुटबलमा अष्ट्रेलियाली टिमबाट खेलेकी उनले टोलीलाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलिन् । यद्यपी उनले फुटबलमा भन्दा क्रिकेटमा बढी सफलता हात पारेकी छिन् ।
रोल मोडल
अष्ट्रेलियाका युवा क्रिकेटरहरु पेरीलाई आफ्नो आदर्श मान्छन् । उनीहरुमध्ये १७ वषर्ीया होली फर्लिङ्ग एक हुन । विश्वकपमा इङ्गल्याण्डविरुद्धको खेल अघि पेरी घाइते भएपनि उनले खेल्ने मौका पाएका थिइन् । ३५ रन दिएर ३ विकेट लिएकी उनी भन्छिन-फेरी मेरो रोल मोडल हुन् । उनले जुन सफलता पाएकी छिन्, त्यसलाई कसैले पनि बराबरी गर्न सक्छन् भन्ने लाग्दैन ।’
बीबीसीको सहयोगमा
Really a role model for all the youths around the world..Even our Nepalese Ladies should take her as a inspiration, that in order to get success in life hard work and determination is unanimously omnipotent…
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
she is like beauty with brain…bhagawan le fursad ma nai banako rahecha
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
I like and love her, she is most beautiful, hard working and inspiring.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]