मृगौला रोगी साहित्यकारलाई सहयोग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मृगौला रोगी साहित्यकारलाई सहयोग

८ फागुन, सुनसरी । भोजपुर जिल्लाको खैराङ्ग घर भई सुनसरीको हाँसपोसा गाविसस्थित तरहरा निवासी साहित्यकार एवं शिक्षक प्रसाद राईलाई दुबै मृगौला खराब भई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलाइसिस गराइरहनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले डिस्चार्ज घरमै राखिएका राईको मृगौला फेर्न (ट्रान्स्प्लान्ट) गर्न १४ लाख लाग्ने चिकित्सकहरुले बताएका छन् । त्यसका लागि बिरामी राईले पढाएका पूर्वविद्यार्थीहरुले विदेशबाट सहयोग गरिरहेका छन् भने स्थानीयस्तरमा पनि आर्थिक संकलन गरिरहिएको छ ।

‘हुरी र आँधी भित्रको जिन्दगी’, ‘बादलको पारी…….मा’, ‘प्रेमको वसन्त’ र ‘दुई फूल’ जस्ता कृतिहरु रचेर प्रकाशन समेत गरिसकेका राई जीवनलाई मौलिक परिवेश अनुसार कलात्मक ढंगमा लेख्न सक्ने लेखक हुन् ।

तरहराबाट प्रकाशित ‘लोकल खबर साप्ताहिक’का सम्पादक नवीन गुरूङले नगद सहयोग प्रदान गरेका छन् ।सहयोग प्रदान गर्दा लोकल खबरका प्रवन्धक सन्तोष श्रेष्ठ, किरात राई यायोक्खा प्राराम्भिक कार्य समिति हाँसपोसाका अध्यक्ष क्याप्टेन नागधन राई, नागरिक समाजका सचिव एवं तरहरा जेसिजका पूर्वअध्यक्ष मणिराम श्रेष्ठ, रिर्पोटरस् क्लब सुनसरीका अध्यक्ष धनबहादुर पुरी र स्थानीय संञ्चारकर्मीहरु थिए । विरामी राईले संचारकर्मीहरुले पुर्याएको सहयोगका लागि आभार प्रकट गर्दै बाँचिरहे केही गर्ने बताए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु