कुल मगर
लुभेन । नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमले १८ औं जनयुद्द दिवस एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । मोर्चाका अध्यक्ष प्रेम पाठकको सभाध्यक्षतामा वीर सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै सुरु गरेको उक्त कार्यक्रममा मोर्चाको उपाध्यक्ष सोमना थनेत थारुले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । महान जनयुद्द र जनयुद्द दिवसको बारेमा प्रस्ट पार्दै मोर्चाको सल्लाहकार राम गुरुङले आफ्ना विचार राख्नु भएको थियो ।
मोर्चामा आवद्द सदस्यहरुको विशेष उपस्थितिको बिचमा विभिन्न विदेशी भाइचारा संगठनका प्रतिनिधिहरुले नेपालमा भएको ऐतिहासिक महान जनयुद्द बारे महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए । आफ्नो विचार राख्ने क्रममा नेशनल डेमोक्रेटिक फ्रन्टका क. बोयान, सोलिडारिटी कमिटी अफ अफगान पिपुलका प्रतिनिधि क. जफर र बेल्जियमका स्वतन्त्र राजनीतिज्ञ क्रिस मेर्क्स लगायतले मन्तव्य राख्दै नेपाली क्रान्ति र नेपाली जनताको विद्रोहप्रति ऐक्यवद्दता जाहेर गर्नु भएको थियो । साथै विभिन्न देशबाट जनयुद्द दिवसको सफलअताको कामना गर्दै शुभकामना पत्र पठाएका थिए ।
संगठनका सल्लाहकार बिष्णु भुजेलले अंग्रेजी भाषावाट भाईचारा संगठनका उपस्थित सबैलाई पार्टीभित्रको दुर्घटना र कारण सहित प्रस्ट पार्दै नेपाली जनताले गरेको बिद्रोहमा सबैले साथ दिनु पर्नेमा जोड दिनु भएको थियो । अन्तमा नेकपा-माओवादीका प्रवास राज्य सदस्य, अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्य तथा दिल्ली, हरियाणा, यु पी सयुक्त राज्यका अध्यक्ष जोतेन्द्र सिहं (क. सौगात) सडक दुर्घटनामा परी यही फेब्रुअरी १४ का दिन भएको दुःखद निधन प्रती मोर्चाले उहाँ प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समबेदना ब्यक्त गरेको छ । उहाँले छोडेर गएका बाँकी काम र उहाँको सपना पुरा गर्ने प्रतिबद्धता साथ अध्यक्ष पाठकले सभा विसर्जन गर्नु भएको थियो ।
U all r came to make money or to do politics ? nepali jaha gayera pani sudhrindaina sala kukur haru…kam kuro eka tir kumlo boki thimi tir….arka ko desh ma rajnitic. go back to nepal and do whatever u want goru haru…sab nepali neta haru lai marnu par6 this new generation shuld not be like them but u all r doing the same thing and following them. gadda haru…lata desh ma gada tanneri bhaneko hyo ho….bhat mara haru…..
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]