८ फागुन, काठमाडौं । जसको नेतृत्वमा चुनावी सरकार बनाउन दलहरु गृहकार्यमा जुटेका छन्, तिनै व्यक्तिले नेतृत्व लिन अन्कनाएको संकेत पाएपछि प्रमुख दलका शीर्ष नेताहरु मंगलबार कार्यदलको प्रस्तावमा भन्दा सरकारको नेतृत्व गर्ने व्यक्तिमा केन्द्रित भए ।
‘सरकारको नेतृत्व गर्ने व्यक्तिले नै मानेनन् भने नागरिकतालगायतका विवादित विषयहरुमा चर्चा गरिरहनुको कुनै औचित्य छैन’-सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले अनलाइनखबरसँग भन्नुभयो-’यही कारण भोलि शीर्षनेताले प्रधानन्यायाधीशको विचार बुझ्ने र त्यसपछिमात्रै विवादित विषयमा छलफल गर्ने आजको बैठकको निचोड हो ।’
भेट नदिँदा शीर्ष नेता झस्किए
चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीशले गर्नुपर्ने भन्दै कार्यदल बनाएर रातदिन छलफलमा जुटेका नेताहरु एकाएक आत्तिनुको कारण मंगलबार बिहान तय गरिएको शीर्ष नेताहरुको भेटलाई रेग्मीले अस्वीकार गर्नु नै हो । बिहान ९ वजे चार दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीशलाई भेटेर सरकारको नेतृत्वका लागि औपचारिक आग्रह गर्ने कार्यक्रम तय गरेका थिए । तर, रेग्मीले चारदलका नेतालाई भेट्न नमानेपछि कानूनमन्त्री समेत रहेका प्रधानमन्त्रीलाई रेग्मीको विचार बुझ्न लगाइयो ।
प्रधानमन्त्रीसँग रेग्मीले दलहरुवीच राष्ट्रिय सहमति नभई विवादित अवस्थामा आफूले जिम्मेवारी लिन नसक्ने बताएपछि बेलुका नयाँ बानेश्वरमा बसेको चार दलको बैठकमा प्रधानमन्त्रीले रेग्मीलाई ‘कन्भिन्स’ गर्न निकै गाह्रो पर्न सक्ने बि्रफिङ गर्नुभयो । त्यसपछि चार दलका नेताहरुले पहिले रेग्मीलाई मनाउने र त्यसपछिमात्रै अन्य विषयमा प्रवेश गर्ने निश्कर्ष निकालेको स्रोत बताउँछ ।
रेग्मी अन्कनाउनुका पाँच कारण
स्रोतका अनुसार प्रधानन्यायाधीश रेग्मी चुनावी सरकारको नेतृत्व लिन अन्कनाउनुका पाँचवटा कारण छन् ।
पहिलो कारणः दलहरुवीच रेग्मी नेतृत्वको सरकार बनाउनेबारे राष्ट्रिय सहमति हुन सकेन, एमाले र कांग्रेसभित्रै एकमत देखिएन । साना दलहरु पनि आन्दोलनसम्मको बाटोमा लागे , जसले गर्दा प्रधानन्यायाधीशलाई आफू र सिंगै न्यायालय विवादमा पर्छ र जेठमा चुनाव हुन नसकी असफल सावित भइन्छ कि भन्ने पर्यो । मंगलबारकै बैठकमा पनि माधव नेपाल अनुपस्थित हुनुभयो । भीम रावलले नेपालको ‘रिजर्भेसन’ रहेको बैठकलाई जानकारी दिनुभयो । यस घटनाले चार दलवीचमै सहमति नभएको सन्देश दिएको छ ।
दोस्रो कारणः राजनीतिक दलहरुले सहमतिका लागि कार्यदलमार्फत् तयार पारेको प्रस्तावमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने जुन कुरा गरिएको छ र त्यसैको सिफारिसमा रेग्मीले काम गर्नुपर्ने उल्लेख गरिएको छ, त्यसबाट आफू कठपुतलीमात्रै भइन्छ कि भन्ने प्रधानन्यायाधीशमा आशंका उत्पन्न भयो ।
तेस्रो कारण: नेपाल वार एसोसिएसन, कानूनविद र संविधानविद्हरु समेत प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने कुराको विपक्षमा उभिए । न्यायिक पृष्ठभूमिबाट आएका प्रधानन्यायाधीशको मनोवलमा यसले नकारात्मक असर गर्यो । यसवीच उहाँलाई आफू नजिकका मित्र र पारिवारिक सदस्यहरुले पनि विवादमा फसिन्छ भन्ने नकारात्मक सल्लाह दिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार गोरखामा भनेजस्तै रेग्मीलाई भड्काउन चाहनेहरुले पनि यसवीचमा खेल्ने काम गरे । दलहरुले चाँडै सहमति नगर्दा ‘रात रह्यो अग्राख पलायो’ भनेजस्तै भयो ।
चौथो कारणः यसवीच पत्रपत्रिकामा प्रधानन्यायाधीश रेग्मीबारे यतिधेरै टिप्पणी र आलोचनासमेत आए कि यसबाट मिडियामा कहिल्यै गालीगलौजको सामना नगरेका रेग्मीको मनमा विचलन पैदा भयो । रेग्मी निकटस्थ स्रोत भन्छ, उहाँले केही पत्रपत्रिकामा आएको समाचार धेरैलाई सुनाइसक्नु भएको छ ।
पाँचौं कारणः स्रोतका अनुसार रेग्मीको स्वाभाव र पृष्ठभूमि नै विवादमा पर्न नचाहने र नपचाउने भएकाले सरकारप्रमुख नबन्दै आएका विवाद र आलोचनाबाट उहाँको मनोवल गिरेको छ र उहाँ आत्तिनुभएको छ । संक्रमणकालीन सरकारको नेतृत्व गर्ने व्यक्ति गिरिजाप्रसाद कोइरालाजस्तो आलोचना र गाली दुबै खप्न सक्ने हुनुपर्नेमा रेग्मी कमजोर मुटुका व्यक्ति भएकाले आँट नगरेको विश्लेषण पनि नेताहरुले गरेका छन् ।
अझै झिनो आशा
यद्यपि बुधबार दलका शीर्ष नेताले प्रधान न्यायाधीशलाई भेटेर फकाउने निर्णय गरेका छन् । मंगलबार जस्तै शीर्ष नेतासँग रेग्मीले भेटै नगर्नु हुने हो या भेटेर सकारात्मक बन्नुहुने हो, टुंगो लागेको छैन । तर, सञ्चारमन्त्री यादवले प्रधानमन्त्रीको भनाइलाई उधृत गर्दै भन्नुभएको छ, ‘गाह्रो पर्लाजस्तो छ ।’ तैपनि यो विषयमा कुरा अघि बढिसकेकाले आफ्नो साख बचाउनकै लागि भए पनि रेग्मीलाई फकाउनुपर्छ भन्ने निश्कर्षमा शीर्ष नेताहरु एकमत भएको यादव बताउनुहुन्छ ।
यि 4 दलका टाउकेहरुले गर्दा आज देश यो हालतमा पुगेको यिनलाई त कतार पठाऊनु पर्ने भो भिषा लगाएर यिनले जे मन लाग्यो तेही गर्छन ।समयमै बुझौ है नेपाली जनताहरु हो बेच्न मिल्ने भए देश बाकी राख्ने छैनन ।
Well-loved. Like or Dislike:
122
4
[जवाफ फर्काउनुहोस्]
surose dhakal Reply: February 20th, 2013 at 5:33 am
kura sahi ho. asto jata tetai birodh vako belama pradhan nayadhis le gaha vayera sochnai par6,, deska sara lafada ra asta besta vayeka kam tapaiko khadma thuparna khodai 6n neta haru milera,, malai lag6 neta harule aja samma gareka galti lai lukauna matra asto gardai 6n.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: February 20th, 2013 at 6:04 am
भिषा लगाएर कतार हैन कम्युनिस्ट हरु लाई तिनैको देश चिन पठाउनु पर्छ
Like or Dislike:
5
14
[जवाफ फर्काउनुहोस्]
communist Reply: February 20th, 2013 at 11:52 am
ani congressi harulai kata pathaune ni?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Jhandiram Reply: February 20th, 2013 at 4:49 pm
Communist lai chin pathayera aafu chai banaras india jaane ta hola hai?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
plz regmi zee don’t be prime minister ur post is better than pm becoz the powerful is suprime court
Well-loved. Like or Dislike:
28
5
[जवाफ फर्काउनुहोस्]
यी नेपाली कोख बाट जन्मेका तर आफुलाई नेपालिस्ट भन्न नरुचाउने बरु चिन को नेता माओ को कम्युनिस्ट भन्न रुचाउने नेता हरु संग बचेर बस्नुहोला कंहि तपाई को दिमाग मा पनि चिनिया नेता माओका विचार नघुसी जाओस / र यो तेहि चिन को माओ हो जस्का कारण ले गर्दा १७००० नेपाली ले ज्यान गुमाउनु पर्यो
Well-loved. Like or Dislike:
53
33
[जवाफ फर्काउनुहोस्]
bijesshrestha Reply: February 19th, 2013 at 9:13 pm
kalo kangress talai chahi aafnai netaharuko sametko nirnaya man napare jasto 6 yi netaharule des china pathauna lage jasto lage ta chahi india jan6sta?
Like or Dislike:
2
10
[जवाफ फर्काउनुहोस्]
santosh Reply: February 20th, 2013 at 1:56 am
Yo sala kangresii kun chai khate raichha
Kali chinko mso chinko mao bhnera vuk6 .?yasle
India ko suraki garchha ki kya ho….ali ramro sanga aadhyayan garne gar sala sosak kangresi
Like or Dislike:
3
9
[जवाफ फर्काउनुहोस्]
prasad Reply: February 20th, 2013 at 5:34 am
india ko jasusi ko pramukh baburam hun ra sachib Prachanda hun… so tyo post ahile khali chiina…. mita lai ali gyan nabhaye ko jasto cha…
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
Nimish birag Reply: February 20th, 2013 at 8:39 am
talai chor kangres! kangresko kubuddhile desh yaha aaeko thaha chha ki chhaina? nepali jantale patak patak kangreslai sarkar banauna dieko haina? kangreslai baru jungle khednu parne.
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
यस्तै बेला लाई भन्छन क्यारे ” भुतले खाजा खाने समय” ” । नाङलो मा बाँडेको अंगिकृत नागरिकता लिएका हरुको नागरिकता लिनु भन्दा अगाडी जन्मेका ( भारतिय) सन्तान हरुलाई पनि मतदाता नामाबलिमा समाबेस गर्नु पर्ने रे। नेपालीहरुलाई नागरिकता बिना मतदाता परिचयपत्र नदिेने, भारतिय नागरिकलाई दिनु पर्ने सर्त कसरी मान्ने हो यि श्रीमानले??
Well-loved. Like or Dislike:
43
0
[जवाफ फर्काउनुहोस्]
प्रदिप गिरिले भने जस्तै मायोबादी बाहेक् अरु दल चुनावका लागि तयार छैनन चुनाव भाड्न यिनले जे मन लाग्यो तेही गर्छन । माधव नेपाल को reservation येस्को symbol ho समयमै बुझौ है नेपाली जनताहरु हो । यिनिहरुलाई बिना चुनाव सत्ता चाहिएको छ । साचिनै जनताको विश्वाश भय बाबुरामको सरकारले चुनाव गराउदा पनि फरक पर्दैन । बिचरा निस्कलँक न्याधिस लाई आगोको भुमरी मा हाल्नुको कुनै तुक छैन । फोहोरी खेल त राजनीति गर्नेले खेल्ने हो सफा मान्छेले होइन । अब पनि भएन भने नेताहरुको खैरियता छैन भन्ने बुझे हुन्छ । संबिधानको दुरुपायोग गर्न उक्साउने नेताहरु अहिले न्याधिस लाई जिम्मेवारि दिँदा मर्म र बिपरित भयो भन्छन सन्सद नभएको ब्यक्ती प्रम नियुक्ती गर्दा मर्म र भावना को पालना हुन्छ ?
Like or Dislike:
27
13
[जवाफ फर्काउनुहोस्]
Chief judge Nepal aama ka ek saccha santaan hun.Uni jasta swachha chhabi bhayeka byaktilai PM bhaye pachhi kasaile kehi swarth linu bhaneko pachhi waha sarbochhama pharker kam nagar bhannu ho.sarboccha Adalat nyayadhish bihin6 ra sabai kamharu thappa bhachhan.Waha le sabbhanda pahile nyayadhish niyuktiko swabibek paun par6.Waha lai kasaile pani cabinet
gathan,bibhinna nikaya ma niyukti,lagayat ka kam swatantra hisab ma garnu dinu par6.santi prakriyaka sabai kam waha niyukti hun purb wa chunaw pachhi matra tungyaun par6.khali chunawka kura bahek wahale k pani nagari bibadrahit tarika le pahile supreme court ma gareko spirit anusar karya garn paunpar6kinki kunai dal ko asahayogle chunaw nabitholiyosh. Uchhastariya sayantra banaun hudain ra netaharu jilla gayer prachar garun ra wahalai telephon ni nagarun.news papper le,nagarik samaj,dalharu lagayat kasaile ni tika tippani nagerema ramro hola.chunaw hune garentee hunupar6 tyo bhaye matra sapath linupar6.netaharule waha niyukti hunu purb use n through garne soch banayer nyayalaya lai ni aphu jastai banaune ho bhane tyo soch galat ho.Wahale netaharuko majhma kunai bhetghat sarsallah garn paune chhainan.waha niyamle chalne manchhe ho netaharu jastai phattai garne hainan.arko kura sambidhan ma chief judge PM hune prabdhan nai chhain ra banayema sarbochhama writ par6 jasko lagi chief judge badhi chintit hunu hun6hola.plz waha lai pachhi dosh dine thau chhain chunaw hune nischit garnus ra aphno swarth tyagnus ani matra mission saphal hun6.tar pani dherai partiharule pratksha ra apratksha rupma chunaw bitholne nischit6.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
पाँचैवटा कारण जायज लाग्यो ।
Well-loved. Like or Dislike:
24
0
[जवाफ फर्काउनुहोस्]
ताईं न तुई, खिरारे प्रधानमन्त्री बनाउनै नहुने गैरराजनीतिक मान्छे । केही गरी नबनेकै राम्रो ।
Like or Dislike:
18
6
[जवाफ फर्काउनुहोस्]
Chief Justice Mahodaya,
No. Do not leave Supreme Court to become PM. You are sincere and honest person and should not involve in “dirty politics”.
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
namaskar ,ma jal ghimire,sathi ho ,jeth ma chunab garnalai tapai haru sahamati nagarni ani chunab chai hunai parni kasto kura ho jasko sarkhar bane pani tyo tim lai inof time chainchha .a,b, c,jasko sarkharbane pani samaya dinos 6 to 8 month,ani tapai haru sahamati garnosh ,kina dherai lafada matrai garnu hunchha ,ramro kaam garna pani siknos ,tapai haru ko yasto nalayak pan le hami dherai nepali nagrik lai garo bhako 6 ,yo kura bujne lai shreekhanda ho natra bhani khurpako bid matra “”"”" dhanyabad ,jayanepal,
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
यो सब रेग्मिको पावर खोज्ने बहना मात्र हो,,,,,,,,,,हैन भने कनुनबिध लगायत उन्को बिपक्६ मा मत रख्ने को भावनालाई clear पर्दै शिर्श राजनीतिक दल हरु लाई आफ्नो शर्त सहित को बक्तब्य पहिला नै दिनु पर्थियो,,यतिका दिन चुप लगेर फेरी कुरा फेदमै पुर्यौने ? ? ? ? ? ? ? ? ?के निकाश देलान र यिन्ले,,,,,,,,
Like or Dislike:
12
5
[जवाफ फर्काउनुहोस्]
Prem Reply: February 19th, 2013 at 10:37 pm
Baburam Ra prachanda lai Hague ma lanu parchha , Khilaraj jiu tapaile pradhan nyadhs vayera
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Khai k khai .yi jhuse neta lai ab chunaubatai thik launu parcha.prachande kaitelai ta jasari pani haraunai parcha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
प्रधान न्यायाधिशज्युको भनाइ एकदम सहि र सान्दर्भिक छ. नेपालका नेता भनौदा राजनीतिक खेतालाहरुको बोलीको कुनै ठेगान छैन. भोलि तल माथि परे सबै दोष हजुर माथि थोपर्न पनि पछि पर्दैनन्. यसर्थ, जो गर्नु पर्ने कुराहरु अहिले नै प्रस्ट गरिदिनु राम्रो! जब गम्भीरतापुर्बक जिम्मेवारी वहन गर्नु नै छ भने आफ्नो शर्त राख्नु नै ठिक हो. नत्र हात खुट्टा बाधिएर पद भार बोकी अपजसको भागी हुनु भन्दा बरु यत्तिकै बेश छ नि. तर यसो भन्दै गर्दा राष्ट्र बचाउनको लागि थोरै त्याग गर्नु परे छ भने पनि पछि हट्नु चाही हुदैन. श्रीमान आफै समझदार हुनुहुन्छ. मेरो भन्नु यत्ति.
Well-loved. Like or Dislike:
25
0
[जवाफ फर्काउनुहोस्]
yehi ta farak chha bhrastachari neta ra nistawan nepalima .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
हात खुट्टा बाधेर प्रधान मन्त्रि हुन भन्दा नबनेकै राम्रो
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
yo sab haruwa haru ko khel ho.chunabma hanrne ani chunawei nagarai mantri ra pm khana chahane haruko chalale garda sthiti bigreko ho.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Yedi des ma chunab sachai garne nai ho bhane pradhan nyadhish le na mane pani purba nyadhish ra swatantra byakti lai banayera bhayeni desh lai nikasha dinu parchha .Aile ko awastha ma netritwa jasko bhayepani desma swatantra hisable chunab garai desha lai nikas dinu nai ho .Tata kati paye rajnitik dal chunab ma jana darayeko kura spasta bhai sako tesai le jun dal harule chunab ma jana mani raheka chainan uni haru le nai aneka bahana khoji raheka chan.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हैन यी काइते नेताहरुले केही गर्नेवाला छैनन् नेपाली जनता ढुक्क भए हुन्छ। जनताका आँखामा छारो हाल्नेमात्र काम हुदैछ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
janata pani kukur nai hun sala kahile rajnitik party bata mukta huna sakenan jati neta ko dosh 6 teti nai ye janatako pani dosh6 desh dubaune ma.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
यो सबै बिगारने नेपाली कांग्रेसनै हुन । २०६३ साल मा कांग्रेस पनि सरकारमा गएको भए यस्तो समस्या हुनेनै थिएन
।
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
YO NETA HARU LE PM KO LAGI REGMI JI LAI TYAR GARI SAKE PANI KEHI HUNE BALA CHHAIN..KIN KI ELECTION MA FERI YAHI CHOR NETA HARU AUNE HO…ELECTION PACHHI PANI YAHI GHATAN KRAMA KO REPLAY HUN6A..ARU KEHI PANI HOIN…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
दल भित्रबाट सरकार बनाउन नसक्नु तथा बल्ल बल्ल भएको सहमतिमा प्रधानन्यायाधिसलाई मनाउन नसक्नु भनेको दलहरुको गम्भिर असफलता हो ।।।।।अबको बिकल्प के हुने त ????????
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Désh ko lagi kam nagarne bachne adhikar 6aina hang gare hun6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
chunab chahi sabai party le garne nai vanchhan.tara sambidhan savako sadasya naraheko abasthama. regmi kasari huna sakchha……baburam ko bikalpa chhaina..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
rajneta bhanneharuko sadayentra ma parda mawobadiko bippati layaune radanitiko yojana ho sajak nayamurti
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
plz jagdiswor ji don’t blame congress because of congress still maoist could not capture country jay nepa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]