९ फागुन, काठमाडौं । जर्मन साइड बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल नजिक पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्यन म्युनिखले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा आग्रता बार्यन म्युनिखले नै लिएको थियो । सातौं मिनेटमा टोली क्रुजको गोलबाट अग्रता लिएको बार्यनका लागि २१ औं मिनेटमा थोमस मुलरले गोल गरे । दोस्रो हापको ५५ औं मिनेटमा आर्सनलका लुकास पोडोलोस्कीले गोल गर्दै खेलमा फर्कने संकेत दिए ।
तर, ७८ औं मिनेटमा मारियो मान्जुकीले गोल गरेपछि बार्यन म्युनिख ३–१ ले विजयी भयो । अर्को खेलमा एफसी पोर्टोले मालागोलाई १–० ले पराजित गरेको छ ।
प्रतियोगिता अन्तरगत आज स्पेनिस जाइन्ट बार्सिलोना र एसीमिलान तथा साल्के र गालातासारे भिड्ने छन् । गत सिजन चेल्सीलाई उपाधी दिलाएका डिडिए ड्रोग्बा डच प्ले मेकर वेस्ली स्नाइडरसँग शाल्केविरुद्ध उत्रने छन् ।
Bye Bye for Gunners..3 away goal for B.Munchen means the road is clear now….
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]