नेतृत्व लिन अझै अन्कनाए खिलराज :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेतृत्व लिन अझै अन्कनाए खिलराज

बिहीबार फेरि वार्ता गर्ने बचन

९ फागुन, काठमाडौं । चार दलका शीर्ष नेताले निवासमै पुगेर आश्वस्त पार्न प्रयास गर्दा पनि प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को नेतृत्व लिन अझै तयार भएनन् ।

बुधबार साँझ प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताहरु उहाँकै निवास पुगेर करिव २ घण्टा छलफल गरेका थिए । रेग्मीले यसअघि जनाएका आशंका हटाउने प्रयत्न नेताहरुले सामूहिकरुपमै प्रतिबद्धता जनाए पनि रेग्मीले हुन्छ वा हुँदैन भनेर ठोस जवाफ नदिएको स्रोतको दावी छ । 

रेग्मीसँगको भेटपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’छलफल जारी छ, तर मिल्न बाँकी छ ।’ नेताहरुका अनुसार सहमतिको प्रयासमा भोलि पनि शीर्ष नेताहरुले प्रधानन्यायाधीशसँग छलफल गर्ने कार्यक्रम छ ।

रेग्मीले अनौपचारिक च्यानलमार्फत् चुनावका लागि निश्चित मिति तोकिनु नहुने, मन्त्रिपरिषद्माथि शक्तिशाली राजनीतिक संयन्त्र राख्न नपाइने, आफ्नो नेतृत्वको मन्त्रिपरिषद्का सदस्य आफैले छान्न पाउनुपर्ने, चुनावको मिति पनि नयाँ क्याबिनेटले नै तोक्न पाउनुपर्ने, दलहरुले आफ्नो बिरुद्धमा सडकमा नाराबाजी र बिरोध गर्न नहुने र निर्वाचनमा सवैले सघाउने प्रतिबद्धता जनाउनुपर्ने सर्त नेताहरुसमक्ष पुर्‍याउनुभएको थियो । जेठको सट्टा चुनावको मिति मंसिरमा सार्न दलहरु तयार भएपनि राजनीतिक संयन्त्र नराख्ने र चुनावको मिति नै नतोकि रेग्मीलाई जिम्मा लगाउने बिषयमा नेताहरु तयार नभएको स्रोतको दावी छ ।

यसअघि बिहान हुने भनिएको भेट एमालेभित्रको विवाद चर्किएपछि साँझका लागि सारिएको थियो । रेग्मीसँगको भेटमा रेग्मीको नेतृत्वप्रति असन्तुष्ट माधवकुमार नेपाल भने सहभागी हुनु भएन । नेपालले सरकारको नेतृत्व गर्नुअघि रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने अडान राख्नुभएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश रेग्मीलाई मंगलबार दलहरुले भेट्न खोजेका थिए । तर, रेग्मीले भेट दिन नमानेपछि प्रधानमन्त्रीले एक्लै भेट्नुभएको थियो । बानेश्वरमा मंगलबार बेलुका सम्पन्न शीर्षदलको बैठकले बुधबार बिहान रेग्मीसँग सामुहिक भेटको दोस्रो कार्यक्रम तय गरेको थियो ।

यो पनि पढ्नुहोस् : प्रधानन्यायाधीश अन्कनाउनुका पाँच कारण

37 Comments on “नेतृत्व लिन अझै अन्कनाए खिलराज”
  • कांग्रेसी wrote on 20 February, 2013, 4:07

    एमालेले दिन मा एमाले रात मा माओबादी बनेर जनता लाई झुक्काएर राजनिती गर्ने नितीमा माओबादी लाई साथ नदिएको भए, नत चिन,एमाले र माओबादी का नेता माओ को नाम मा १७००० नेपाली जनता ले ज्यान गुमाउनु पर्थ्यो नत देश मा नेपाली जनता ले येती धेरै अशांती बेहोर्न पर्थ्यो

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 66 Thumb down 53

    [जवाफ फर्काउनुहोस्]

    कांग्रेसी Reply:

    अब नेपाल मा हामी नेपाली विचार बोकेका नेपालिस्ट को नेपालिज्म ल्याउनु पर्छ र यी चिनिया माओ को विचार बोकेका कम्युनिस्ट को कम्युनिज्म लाइ नेपाल बाट हटाउनु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 90 Thumb down 38

    [जवाफ फर्काउनुहोस्]

    Nishan Reply:

    छदम नाम लाजनेता राखेर भ्रमको खेती गर्ने स्वघोशित महान विचारकले उनको विचारप्रतीको अन्य पाठकहरूको बिमती झेल्न नसकेर आफ्नो नाम ‘काङ्रेसी’ लेख्न थाले जस्तो छ। लाजनेता र काङ्रेसी नामको मान्छे एउटै हो किन की यिनीहरूको भ्रमको खेती गर्ने शैली एउटै छ । विगतमा लाज्नेताले जस्तै काङ्रेसीले पनि न्युज फ्लाश हुनु भन्दा पहिलै कमेन्ट पोस्ट गर्छ । कतै यी लाजनेता र काङ्रेसी छदम नाम धारण गर्ने मान्छे अनलाइन खबर संगै सम्बन्धित मान्छे त होइनन? हैन भने हरेक न्युजमा सबभन्दा पहिले कमेन्ट पोस्ट गर्नु कसरी सम्भव छ? अरुको हरेक विचारलाई चीनबाट आयतित देख्ने अनि आफू चै प्रजातन्त्र र लोकतन्त्रको ठेकेदार ठान्ने मपाइ मानव !

    Well-loved. Like or Dislike: Thumb up 71 Thumb down 41

    [जवाफ फर्काउनुहोस्]

    तोरीलाउरे Reply:

    निसान जी सत्य कुरा तितो हुन्छ तेसैले नपचेको होला कंग्ग्रेसी को कुरा कहिलेही गलत छैन सत्रु त राबन लेनि राम लाई मान्छ तेस्तैहो …….

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 45 Thumb down 31

    [जवाफ फर्काउनुहोस्]

    Rajiv Neupane Reply:

    chadma nam rakhera lekheko nai shahi, kalo lai kalo ra seto lai seto bhanna saknu paryo ni sathi, kalo ho ki seto ho ki or kunai rang ho ki bhanera samaya gharkaune ani arulai dosh dekhaune kam banda garnu parchha kehi partyharule………..

    Like or Dislike: Thumb up 5 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    Prachanda bhanda kale kukur ramro Reply:

    Yo maobadi chor haru sanga bahas garnu nai bekaar chha. Chorne ra marne bhanda mathi sochna sakdainan. kita afno time waste garne bahas garera.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Krishna Reply:

    Nishan ji akdam sahi comment garnu vayo yo laajneta ho ki congress neta ho yo autai sadyantra kari hutityu ho

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    samir Reply:

    RAMRO BICHAR TA CHINA INDIA JASKO VAYA PANI BOKE VAE HALTYO NI. CONGRESS COMMUNIST SABAE MILERA POLAEPALO DES LUTNE VAYA. PAHILA CONGRESS YAMALE LE LUTYO. ABA MAOBADI KO PALO.

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    hari kayastha Reply:

    17 hajar ma 10-12 hajar ta timrai baule marna lagako bhan6an ta kya ho? tai pani yo kura arulai chai nabhanes.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    binod Reply:

    B P KOIRALA le nepal ra nepali sang gaddari na gareko bhaye aaz nepal dakshinma ganga kinara samma hunthyo purba maa nagaland ra paschim maa kasmir chhunthyo tesko jawaf kasle dine congressi jyu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Puru wrote on 20 February, 2013, 5:46

    सबै भातमाराहरु हून्,यिनिहरुले मिल्न भनेको जानेकै छैनन। यिनिहरुको कुक्कुर बिरालाको खेलले देशलाई डुबाउने भयो।

    Well-loved. Like or Dislike: Thumb up 62 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • biswash sharma wrote on 20 February, 2013, 5:54

    सुरुमा मन्त्रिपरिषद्को अध्यक्ष बन्न उत्साहित देखिएका रेग्मी पछिल्लो दिनमा डराईरहेको छन्। आफै विवादित दलहरुले रेग्मीलाई आश्वस्त पार्न सकेको छैन….. ।

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • clitoral das wrote on 20 February, 2013, 6:13

    dal ka neta sabai lai aarya ghat lage pachhi yo des le sas fer6,des sudhrin6.

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • snkrnth wrote on 20 February, 2013, 6:19

    ho ta……….kathputali pradhanmantri kin banne !!

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ryder wrote on 20 February, 2013, 6:41

    Political parties alliance already ruined the nation. If Nepali people from abroad didnt send the monies into Nepal,, It would be collapsed ages ago. Is is sustaining only because of Nepali people not the parties and its allies .

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सूभम wrote on 20 February, 2013, 11:04

    खिलराज ज्यूले भाग्यमा के लेखेर ल्यानु भको छ, त्यो त हेर्नै बाँकि छ???
    जे होस राजनितिक दलहरुले तँपाईलाई अरुलाई नचाए जस्तो ननचाउँन ।।।।।।।

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Khem Reply:

    Bhagya haina, chhimeki desh le ke bhan6a tespa6i bhagya holani, sayad regmi ji lai ni kehi padhai sake jasto6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसीको वाउ wrote on 20 February, 2013, 11:08

    कांग्रेसी वेटा अधिकार खोज्नेलाई गोली हानेर युद्ध सुरु गर्ने तेरो वाउ म जिंउदै छु । १७ हजार सम्म गनेर वसेको रछस् १०–१२ हजार त मैंलेनै मार्न लगाएको हो तर अरुलाई नभन है नत्र तरो वाउलाई जेल हाल्छन ।

    Like or Dislike: Thumb up 18 Thumb down 27

    [जवाफ फर्काउनुहोस्]

    dangdung Reply:

    i agree with kangresiko bau..

    Like or Dislike: Thumb up 7 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    binod Reply:

    wow yeslai bhanchhan itke jawaf paththar se very good after all you are father of congressi

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • roshan system wrote on 20 February, 2013, 12:37

    कांग्रेसीको वाउ hahaha kathi hasnu mata hasda hasdha bhudi nai futera mar6u hoal hahaha

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kranti wrote on 20 February, 2013, 12:38

    यो चनाव गर्न र संबिधान बनाउने उद्देश्य नै हैन, माओबादिलाइ थाहा छ उनिहरु अर्को चुनावमा ९ सीटमा सिमित हुनेछन। ·

    अपराधी हरुलाइ अाममाफी दिने हरेक प्रयास असफल भएपछि यो रेग्मी कार्ड प्रयोग गर्न पुग्यो माओबादि , गन्जागोल अवस्था छ, विपक्षी हरु हतास छन , यही मौकामा अपराधी लाइ चोख्याउने मनसायले बाराभ ले चोरबाटो बाट राष्ट्रपति समक्ष पेश गरेको सत्य निरुपण सम्बन्धि अध्यादेश जस्ताको तस्तै पास गराएर अाफ्नो हेग जाने बाटो बन्द गराउने प्रयास हो यो ।

    Like or Dislike: Thumb up 32 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    Krishna Prasad Reply:

    Kranti Ji

    Tapailai bichara bhanna man lagyo, kati chadai birsanubhako? aghillo chunabma UML ra Congresiharule Maobadile jamma 10, 12 ota seat matra lyaulan bhaneka hainan ra !! Dherai uttaulo hune kaam nagarnus, 100% seat nai tapaiharule lyaunus, bhayana ? Dangadas hunu bhayo? fulnu bhayohola ni ta aba !!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • हरि ॐ तत्सत् wrote on 20 February, 2013, 13:20

    बिचरा रेग्मीनी बज्यैलाई चार चार जना भुस तिघ्रेहरुलाई खाना खुवाउनु पर्ने भयो ।

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu wrote on 20 February, 2013, 13:33

    ठीक गर्नु भो खिलराज जि ! ति मुला नेताहरुले जती बेला चाहे त्यतिबेला भेट्न दिने के तपाईं तिनिहरु जस्तै असफल नेता हो र ? तिनिहरुको हैसियत देखाइदिनुहोस् ! अरु जि हजुरी गर्न दिनुस् ति पाजीहरुलाई !

    Like or Dislike: Thumb up 15 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bg wrote on 20 February, 2013, 13:46

    kanggeresi bhanne really stupid ho

    Like or Dislike: Thumb up 7 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Brave Nepali wrote on 20 February, 2013, 13:52

    This is unconstitional way. One day all leader should be punish by Brave Nepali people. When country is fail into home battle in this country.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajan wrote on 20 February, 2013, 14:13

    sabai mileka jastai lagchha malai ta

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 20 February, 2013, 14:58

    nisan ji good

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Manoj Dhodari Reply:

    लाज नभएका नेताहरुको के नाम लिनु र न आफु सफल छन न अरुलाई सफल बनाउन सक्छन !!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • स्वामी ओमकारानन्द wrote on 20 February, 2013, 15:55

    राजा फर्काउन गरिएको कसरतको प्रभाव बल्ल देखियो. अब राजा फर्किने निश्चित भयो. शान्ति प्रकृया, पार्टीहरू र सरकार विफल नबनी राजा फर्किन सक्दैन. सबै दल भित्र रहेका छद्म दक्षिण-पंथी (सामंत)हरुको सहकार्य सफल भयो. जय यथास्थितिवाद.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • बाला साहाब wrote on 20 February, 2013, 16:11

    छद्म नाम राख्ने एकाधिकार हाम्रो प्रधानमंत्री र सुपर प्रधानमंत्रीमा मात्र सुरक्षित छैन. आम जनताले पनि छद्म नाम राखन सक्छन. यो साइबर क्राइम पनि होईन. लाजनेता र कांग्रेसी छद्म नाम राखेकोमा मेरो सहमती छ. आनलाइनले अधिकाँश मत (कमेन्ट)प्रकाशित गरेर निष्पक्ष पत्रकारिता गरी रहेको अनुभूति हुन्छ.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • हेक्टर wrote on 20 February, 2013, 17:31

    सला हुनेभएत म पडकाउथे प्रधानमन्त्री अनि लगाऊथे सबै नेतालाइ जेल कोही बच्दैन थ्यो… कुकुर र बिरालो को सन्तानहरु ….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jown wrote on 20 February, 2013, 18:01

    यदी रेग्मी का कुरा साचो हो भने देउब सरकार ले ०५९ मा राजतन्त्र लाई प्रजातन्त्र बुझए जस्तै अहिले का राजनितिक दल ले लोकतन्त्र न्ययलय को नाम म एक नया राजा लाई जिम्मा लगाउँउ हो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 20 February, 2013, 19:18

    Army sasan lagaunu parchha ra matra nepal ma thik hunchha natra yo maobadi le kahile nepal ma santi hunu dindaina teskaran Army sasan lagaunai parchha,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sridhar wrote on 20 February, 2013, 21:36

    Neta ji haruko swatantra nyapalika lae dhamilo chabi banaya pachhi j pani garna sakinchha bhannay dau paych ho bhanay last ma election pani nahunay again 2017 sal repeat hola hae dhayrae force nagarnu chief justice lae. Maobadi ko biswas ma sabae party haru sati jada rastra lae phayri 1903 sal tira dhakelnu hola ni. Maobadi ko sapana testo huna sakchha.Prachanda bhannay leader ko vision chhaena emotional manchhay convert bhaesakay ko chan uni j j garda pani patto napaunay behosi justo lagyo malaeta. Chhi congress kina sati gako hola maobadi sanga ? Yesto bhanda baby king ko establish garay yetro radako hudaena hola kina ki neta haru lae laxman rekha bhannay nae thaha bhayana. kasoelae kasoeko dar ani laz bhannay rahayna aba ta . Ramayan ma Ram ban bas jada j thiyo Ayodhya ma testae bho yaha. Kohi pani Bharat huna nasaknu hamra neta haru ko kharabi ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सन्त बहादुर मिजार wrote on 20 February, 2013, 21:43

    अब रेग्मी ले आनेकाने गरे गौरव सम्सेरलाई दिएर पनि देशमा स्वछ चुनाब गराउनु पर्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु