एनआरएनए युकेले अन्तर्राष्ट्रिय नारी दिवस भव्यरुपले मनाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एनआरएनए युकेले अन्तर्राष्ट्रिय नारी दिवस भव्यरुपले मनाउने

रामशरण सिम्खडा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले अन्तर्राष्ट्रिय नारी दिवस भब्यरुपमा मनाउने भएको छ । एन आर एन ले खासै केही नगरीरहेको भन्ने टिका टिप्पणी समाजमा आई रहेको बर्तमान अवस्थामा एन आर एन यूके भने अन्य देश भन्दा पृथक र रचनात्मक क्रियाकलापहरू एक पछि अर्को ईतिहासं रच्दैँछ ।

 पत्रकार महासंघ बेलायतको सहयोगमा पत्रकारहरुको उत्साह र बृतिबिकासको लागी जनवरी ६ मा सम्पन्न च्यारीटी कार्यक्रमबाट मात्रै १६ लाख भन्दा बढी रकम संकलन गरिइको छ । यस बाट प्रत्येक २ बर्षमा हुने बिश्व सम्मेलनमा २ जना श्रमजिबी पत्रकारहरु पुरस्कृत हुने छन भने यस कोषलाई प्रत्येक कार्यसमितले बढोत्तरी गर्दै लगिने सोचको भएको ऊक्त कार्यक्रमको संयोजक तथा एन आर एन यूके का राष्ट्रिय संयोजक रामशरण सिमखडाले बताउनु भएको छ ।

 नेपालकै अति बिकट जिल्ला मानिने जुम्लामा स्थापना हुन गैरहेको “मितेरी प्रसुती केन्द्र” निर्माणार्थ गत एन आर एन दिवसमा घोषणा गरिएको कार्यक्रम अनुसार यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै उक्त परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी कार्यक्रम संयोजक शुष्मा लिम्बुले जानकारी दिनु भयो ।

स्थानीय अल्डसोटमा यही मार्च ९ तारिख शनिबार आयोजना गरिएको सो कार्यक्रम सफल पार्न एन आर एन यूकेले राष्ट्रिय सह-संयोजक शुष्मा लिम्बुको संयोजकत्व तथा कार्यकारिणी समिति सदस्य शान्ति थापा कुंवरलाई सह-संयोजक तोकी आवश्यक बिभिन्न उप समितिहरु बनाई तैयारी भैरहेको कार्यक्रमका सह-संयोजक शान्ती थापा कुंवरले जनाकारी गराउनु भयो । ३५ लाखको लागतमा संम्पन्न हुने उक्त प्रसुती केन्द्रबाट बार्षिक १० औँ हजार महिलाहरुले प्रत्यक्ष लाभ पाउने बिश्वास लिईएको छ। कार्यक्रममा सरिक भइ सहयोग गर्नु हुन आयोजक समितिले सबैलाई हार्दीक अपिल समेत गरको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु