९ फागुन, काठमाडौं । न्यूजिल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट इङ्ग्ल्याण्डले ८ विकेटले जितेको छ । यससँगै ३ एकदिवसीय श्रृखला १-१ को बराबरीमा पुगेको छ ।
न्यूजिल्याण्डले प्रस्तुत गरेको २ सय ७० रनको विजय लक्ष्य इङ्ग्ल्याण्डले ४७ दशमलव ४ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि जोय रुटले अविजित ७९ रन बनाउँदा एलेस्टर कुकले ७८ रनको योगदान दिए । यस्तै जोनाथन ट्रटले ६५ तथा इयान बेलले ४४ रन बनाए ।
यसअघि पहिले व्याटिङ थालेको न्यूजिल्याण्डले रोज टेलरको शतकको मदतमा ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । उसका लागि टेलरले १ सय तथा ब्रन्डन म्याकुलमले ७४ रन जोड्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।