९ फागुन, काठमाडौं । ११ बटा मजदूर युनियनले आहृवान गरेको देशव्यापी हड्तालका कारण भारतको जनजीवन प्रभावित भएको छ । बन्दको असर देशभरी नै देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हडतालको बढी असर वामपन्थी दलको जनाधार बलियो भएको क्षेत्रमा देखिएको छ । महंगी, बेरोजगारी र श्रम नीतिविरुद्ध मजदूर युनियनले बुधबार र बिहीबार हड्ताल आहृवान गरेका हुन् । मजदूर संघको हडतालमा राजनीतिक दलले समर्थन गरेका छन् । आन्ध्र प्रदेशमा तेलंगाना राष्ट्र समिति र महाराष्ट्रमा शिवसेनाले सर्मथन गरेका हुन् ।
हड्तालमा बैंक युनियनका कर्मचारी पनि सहभागी छन् । सरकारले भने बन्दलाई साथ नदिन अपिल गरेको छ । २ दिनको बन्दले २० करोडभन्दा बढी क्षति हुने अनुमान गरिएको छ ।