कोरियामा एक नेपालीको ओछ्यानमै हत्या :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कोरियामा एक नेपालीको ओछ्यानमै हत्या

मीनप्रकाश उप्रेती

सउल । रोजगारीका लागि एक बर्षअघि कोरिया पूगेका झापा अनारमनी-८ का ३६ बर्षीय राजेश राईको गत शनिबार सुतिरहेको ठाउँमा हत्या भएको छ । ३१ बर्षीय क्याम्बोडियन नागरिक सामिनले उनको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हत्यारा सामिन र राईलाई कम्पनीले एउटै कोठामा आवासको प्रवन्ध मिलाएको थियो । कोरियन कानूनमा त्यसरी दुई देशका कामदारलाई एउटै कोठामा राख्न नमिल्ने जानकारहरु बताउँछन् ।

तीन महिनाअघि रोजगारका लागि कम्पनीमा सरेका राईलाई क्याम्बोडियन नागरिक संगै एउटै कोठामा राखिएको थियो । राई र सामिनवीच कम्पनीमा आएदेखि नै खानाको पिषयलाई लिएर विवाद हुने गरेको सँगै काम गर्ने कैलालीका अर्जुन श्रेष्ठले भनाइ छ । एक देशका नागरिकलाई अर्को देशको खानाको गन्ध मन नपर्ने भएका कारण दुईजनावीच विवाद उत्पन्न हुँदै आएको थियो । अलग देशका नागरिकलाई एउटै केाठामा राख्न नहुने कोरियन नियमलाई कुल्चिएर कम्पनी साहुले उनीहरुलाई एउटै कोठामा राख्दै आएका थिए ।

यसरी भयो राईको हत्या

गत शनिबार साँझ झापा अनारमनीका छिमेकी साथी बसन्त बस्नेत र नुवाकोटका सूर्य तामागलाई राईले भेटघाटका निम्ति बेालाएका थिए । राई साथीलाई खाना बनाउन लागेका मात्र के थिए क्याम्बोडियन सामिनले राईलाई नेपाली खानाको गन्ध आफुलाई मन नपर्ने भन्दै खाना पकाउन रोक लागाए ।

राईले प्रतीकार गर्दै पकाउन खोज्दा विवाद लम्बियो र हात हालाहालको स्थिति आयो । त्यस क्रममा समीनले बलप्रयेागका लागि छीमेकी साथीलाई बेालाएको प्रहरीको बयानमा उल्लेख गरिएको छ । जब अन्य २ जना क्याम्बेडियनहरु उक्त कम्पनीमा प्रवेश गरे, तब स्थितिले उग्र रुप लिन पुग्येा । केही समयको भीडन्तपछि सबै तितर-वितर भए ।

सामिनले नेपालीकेा पिटाइ खाइसकेको थियो जसले गर्दा उसमा आक्रोशकेा ज्वालाले सीमा नाघिसकेकेा थियो । त्यसपछि राति करीब साढे ११ बजे एक्कसी एैया…. भन्ने आवाज बसन्त बस्नेको कानमा पर्‍यो । र्फकेर हेर्दा राजेश राईलाई सिँढीको तल रगतको आहालमा फेला परे । राईको देब्रे कोखामा रोपिएको बसन्त बताउँछन् । त्यसपछि क्याम्बोडियनहरुको भागदैाड र नेपालीहरुको रुवाबासीको दृश्य सम्झँदै बस्नेत भन्छन् राईलाई उपचारका लागि लान एम्बुलेन्सको तयार हुँदाहुँदै रगत धेरै बगिसकेको थियो । प्रहरीको सहारामा राति एक बजे आसानस्थित हान्गुक हस्पीटलले राईलाई मृत घोषणा गर्‍यो ।

हाल राईको शव सेाही हस्पिटलमा पोष्टमार्टम सकी नेपाल पठाउने तयारीमा राखिएको मृतकका जेठान राजकुमार बान्तवाले जनाउनुभएको छ । शव नेपाल पठाउन आवश्यक कागजपत्र तयार भैसकेकेा र केही दिनमै शव नेपाल पठाइने कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी अनील गुरुगले बताउनुभएको छ ।

12 Comments on “कोरियामा एक नेपालीको ओछ्यानमै हत्या”
  • With Love From Desert wrote on 20 February, 2013, 12:04

    Tyasari Cambodian lai hane pachhi baroo tyoh ekdin kotha ma nabasi saathi ko ma jana parchha ni..So sad…………

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Naviin chhetri wrote on 20 February, 2013, 14:49

    Tyo combodianla fasi dinupar6a

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • purnimagautam wrote on 20 February, 2013, 15:39

    kasto sansar 6 hai

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin Shrestha wrote on 21 February, 2013, 4:29

    really so sad to hear this news yo sathi lai yahi birtamode ma dherai dekheko thiye ani bolchal pani bhayeko thio… aaba kasle socheko huncha ra yasto huncha bhanera tara …barbaad bhayo sabai sapana haru .. jasle sansar dekhera bidesiyeko huncha…. ma uha ko chirsanti ko lagi god sanga pray garna chahanchu ra Korean Government le tyo Kabodian lai sake samma ko sajaya dina saknu parcha ani Nepal Government le pani yasari affno world dekhera ani gharayasi samasya ani nepal ma gari khane bato nabanayera yasari bideshinu badhya bhayeko sabai lai ani yasari pidit pariwaar lai rahaat ko lagi kehi pahal garnu parcha jasto lagcha ani yahi maag ma nepal government ani Korean Government sanga magna chahanchu …ani thank yo online khaber

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sirjan kalu wrote on 21 February, 2013, 4:34

    ghatna sunda sarai dukha lagyo……..j nahunu vai sakyo tysai le dosi haru mathhiko karbahi lai sasakta banauna sambandhit nikayalai jhak-jhakauna tapai patrakarko vumika mukhya banosh, yo tapaiko dharma pani hune6 suvakamana patrakar sathhi

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kedar wrote on 21 February, 2013, 5:52

    sad news

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nutan dahal wrote on 21 February, 2013, 12:43

    so sad news…atyantaae dukha dai ghatna ho yo…hamro lagi.waha hamro bhena hunuhun xa.waha ko aatma ko chirsanti ko kamana gardai pariwar prati samabedan byakat gardaxu.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu wrote on 21 February, 2013, 13:00

    यसरी ज्यान हत्केलामा राखेर खून पसिना बगाएर लाखौं नेपाली युवाले कमाएको रकम निकम्मा सरकार र त्यसका प्रधानमन्त्री एवम मन्त्रिहरुले मोज गरी रहेका छन । तिमी भतुवालाई त्यो पापले अवस्य पोल्ने छ ।

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sanjay yadav wrote on 22 February, 2013, 5:47

    kambodiyanlai kada bhanda kada sajaya dinu par6a

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jaideep koyu wrote on 22 February, 2013, 6:27

    sad news

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bindu ` wrote on 22 February, 2013, 8:08

    kambodiyanlai sajaya denai par6a.Narta vana fare2 yasto kanda garna pachepardanan…………..Its realy so sad.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajeshworishahi wrote on 22 February, 2013, 14:25

    dherai dukhako kura ho mero bicharma tes kambodiyanlai aajiwanj jelma rakhi kada vanda kada sajaye dinu par6 ra aru nepali daju vai lai sakvar room partner aafnai nepali daju vai nai banaidinu par6 jasto lag6.kinaki aru feri nepali daju vai le dukha napaos vanne ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु