चीनमा भेटियो चुरोट खाने ढुंगा ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चीनमा भेटियो चुरोट खाने ढुंगा !

चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ ।

सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।

दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।

29 Comments on “चीनमा भेटियो चुरोट खाने ढुंगा !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु