मान्छेलाई छक्याउन सिपालु हुन्छ कुकुर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मान्छेलाई छक्याउन सिपालु हुन्छ कुकुर

कुकुर मान्छेको इमान्दार जनावर साथी मात्र होइन यो धुर्त पनि हुन्छ । शोधकर्ताहरुका अनुसार मान्छेको भावना वा अवस्था बुझेर मान्छेलाई छक्याउँदै आफ्नो स्वार्थपूर्ति गर्न कुकुर निकै चलाख हुन्छ ।

मानवीय दृष्टिकोणबाट परिस्थितिलाई बुझ्न कुकुर धेरै हदसम्म सक्षम हुने शोधकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार उसलाई निषेध गरिएको वा खान नदिइएको खानेकुरा मान्छेको आँखा छलेर चोर्ने काममा कुकुर निकै बाठो हुन्छ । खासगरी अँध्यारोमा मान्छेले देख्न नसक्ने मौका पारेर यस्ता खानेकुरा हात पार्न कुकुर ढुकिरहेको हुन्छ ।

कुकुरले आफ्नो मालिक रिसाएको छ की खुसी भएको छ ? त्यो कुरा बुझ्छ र सोही अनुरुप आफ्नो व्यवहार परिवर्तन गर्छ । एनिमल कग्निसन नामक पत्रिकामा प्रकाशित समाचार अनुसार आफ्नो मालिकको अगाडि निकै इमान्दार देखिएपनि मालिकले नदेख्ने परिस्थितिमा कुकुरले इमान्दारिता त्याग्छ र आफ्नो औकात देखाइहाल्छ । घरभित्र खानेकुरा समेत भएको कोठामा मालिकसँग बसिरहेको कुकुर उज्यालोमा त्यो खानेकुरा छुन जाँदैन, तर जब बत्ति निभाइन्छ वा अँध्यारो पारिन्छ तब उक्त कुकुरले आफुलाई मालिकले नदेख्ने ठान्छ र लुसुक्क त्योे खानेकुरा भाठौँ पुगेर खाइहाल्छ ।

अँध्यारोमा मान्छेले देख्न सक्दैन भन्ने कुराको हेक्का कुकुरलाई भएको बेलायतको पोर्टस्माउथ विश्वविद्यालयकी शोधकर्ता जुलियन कामिन्स्की बताउँछन् । तर मान्छेको सुखदुखमा कुकुरले आफ्नो अनुहार पनि दुखी वा हँसिलो बनाएर साथ दिन्छ भन्ने यसअघिको मान्यता भने गलत रहेको उनको भनाइ छ ।

उनका अनुसार कुकुरले मान्छेको सुखदुखमा आफ्नो अनुहार पनि उस्तै पारेर साथ दिन्छ भन्ने कुरा केवल मान्छेको सोँचाई वा अनुमान मात्र हो ।

4 Comments on “मान्छेलाई छक्याउन सिपालु हुन्छ कुकुर”
  • cameli wrote on 20 February, 2013, 12:07

    कामरेड प्रचंड र डाक्टर बाबुराम लाइ छक्कौन चाही सक्दैन होला / किनकी ३ करोड़ नेपाली लाइ छ्क्कयेर राजनेता बनिरहेका छन /

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • With Love From Desert wrote on 20 February, 2013, 12:23

    Yaslai ma mandina kunai kukur maathi ulekhhit sodh bhanda bilkul alag hunchhan ra imaandaar pani…

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • हरि ॐ तत्सत् wrote on 21 February, 2013, 4:24

    कुकुरको यसरी मानहानी गरिएकोमा अन्तर्राष्ट्रिय कुकुर अधिकार संघमा नेपालका ६०१ कुकुहरु मिलेर मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ ।

    Like or Dislike: Thumb up 17 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mohan acharya wrote on 24 February, 2013, 12:56

    hamro desh ma harek kura lagera neta haru kina jodin6 ti neta lai neta banaune hami nai ta haun…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु