वृद्धआश्रमलाई सहयोग गर्न कुबेटमा च्यारिटी शो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

वृद्धआश्रमलाई सहयोग गर्न कुबेटमा च्यारिटी शो

नबराज पन्थी

कुबेतसीटी । आफन्त-परिवार भएका पनि बुढेशकालमा साहारा बिहिन अबस्थामा सडकमा पुगेका छन भने आफन्त कोहि नभई सडक मै भौतारिएका वृद्ध आमा बाबुहरु पनि उत्तिक्कै संख्यामा भेटिन्छन् । बुढेशकालमा अलपत्र परेका वृद्ध आमाबाबुको लागि भनेर शुरु गर्न लागिएको बृद्धाश्रम निमार्णलाई सहयोग गर्न आउदो मार्च ८ तारिक च्यारीटी सो हुँदैछ।

कार्यक्रमबाट संकलित भएको रकम पुरै वृद्धआश्रम सहयोगको लागि पठाइने आयोजकले जनाएको छ। त्यसैले यस्तो महान कार्यमा सम्पूर्ण कुवेतबासी नेपालीहरु परोपकार गर्ने र पुण्य कमाउने अबसरमा सहभागी भई च्यारिटी सो लाई भब्य रुपमा सफल पार्ने कुरामा आयोजकहरु बिस्वस्त देखिएका छन् ।

 दान र धर्म आफ्नो लागि नभएर अरुको लागि गरिन्छ त्यसमा पनि बृद्धाअवस्थाका मानिसहरुको सहयोगको लागि भनि प्रबासीभुमिबाट अभियान सुरु गर्नु प्रसंसनीय कार्यको सुरुवात हो । सरकार मन्त्री र विभिन्न एनजिओ आईएनजिओ चलाएर बसेकाहरुको नजर साहारा बिहिन आमाबाबुको सामु नपुगेको अबस्थामा कुवेतबासी नेपालीहरुले महान कार्यको शुरुवात गरेका छन यस कार्यलाई सफल बनाउन सबैको सहयोग आयोजकलाई अपरिहार्य रहेको छ ।

 कुबेतमा खुलेका झन्डै तीन दर्जन नेपाली संघसस्था, समाजसेबी, बुद्दिजिबी, पत्रकार लगायत आम कुबेतबासीले यो अभियानलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग पक्कै रहनेछ। केहि महिना पहिला मात्र गठन भएको मेची महाकाली बृदाश्रम सहयोग बैदेशिक समिति कुबेतको आयोजनामा नेपालका प्रख्यात कलाकार पप आधुनिक गायक राजेश पायल राई, धिरज राईको साथमा एक खुट्टाले आकर्षण नृत्य गर्ने निर्त्यकार रोमा न्यौपानेले बृहद साँस्कृतिक धमाकामा कुवेतबासी नेपालीलाई मनोरन्जन दिनेछन । अनेक समाज कुबेतका कलाकारहरुको पनि केहि प्रस्तुती रहने बुझिएको छ।

चार केडीको टिकट प्रवेश शुल्क राखिएको च्यारिटी सो मा युएई एक्सचेन्जबाट नेपाल पैसा पठाए १ केडी डिस्काउन्ट समेत हुने छ । कार्यक्रम आउदो मार्च ८ तारिक शुक्रबारका दिन जीलिप स्थित ईन्डियन ईन्ट्रिग्रेट स्कुलमा दिनको १२ बजे देखि शुरु हुने छ । मेची महाकाली बृदाश्रम बैदेशिक सहयोग समिति कुबेतले झापाको कन्काई माइ कोटी होम स्थित एक बृद्धाश्रम निमार्णलाई पहिलो सहयोग गर्दैछ भने बिस्तारै मेची देखि महाकाली सम्म सहयोग अभियान जारी राख्ने उद्देश्य समितिको रहेको छ।

One Comment on “वृद्धआश्रमलाई सहयोग गर्न कुबेटमा च्यारिटी शो”
  • ratna wrote on 21 February, 2013, 3:22

    This is all about business. Yo kai hoina, Kalakar ley ghumnu paye, ra shanchaak ley sangkalan garnu paye. Kalakar lai 40% and sanchalak lai 50%, budha budhi lai k bacha ra.
    Yedi, partek nepali ley 1 rupiya matra diey pani jati pugcha. Kasai sanga magnu perdai. ki kaso mitra?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु