अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी

सायद यो शीर्षक नै वाहियात जस्तो लाग्नसक्छ । अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।

तर, पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताहरुका अनुसार अर्गानिक खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् ।

शोधकर्ताहरुले यो निष्कर्ष निकाल्न न्यु ओर्लियन्सस्थित लोयोला विश्वविद्यालयका ६२ जना विद्यार्थीलाई तिन समूह बनाएर परीक्षण गरेका थिए । त्यसक्रममा एक समूहलाई अर्गानिक खाद्यपदार्थ खान दिइयो, दोश्रोलाई विभिन्न खालका ड्राइ फूड र तेश्रो समूहलाई दाल, भात तरकारी । त्यसपछि ती तिनवटै समूहका विद्यार्थीलाई कुनै पारिश्रमिक वा पुरस्कार विना सित्तैमा एकजना प्रोफेसरको काम गर्न अह्राइयो । त्यसक्रममा अर्गानिक फूड खाने विद्यार्थीहरु औषतमा १३ मिनेट सित्तैमा काम गर्न राजी भए ।

भात खानेहरु २० मिनेट र ड्राइ फूड खानेहरु २५ मिनेट । शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने यद्यपि अर्गानिक खाद्यपदार्थ स्वास्थ्यको लागि हरहमेशा लाभदायी छ, तथापि नैतिक तथा मनोवैज्ञानिक हिसाबमा यसले व्यक्तिलाई कमजोर बनाउँछ ।

3 Comments on “अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी”
  • With Love From Desert wrote on 20 February, 2013, 12:28

    Yo koora chyahi malai pani thik lagyo…kinaki jo manchhe khane koorama badhi satarka hunchha, tyoh ali badhi nai swarthi tatha ekalkaate nai hunchha…….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • limpman wrote on 20 February, 2013, 13:17

    त्यहि भएर हाम्रो नेपाल को नेता हरु को कुरो न मिले को होला जहिले पनि।हाम्रो देश मा त प्राय जस्तो सबै चिज अर्गानिक नइ हुन्छ क्यारे .

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • hello wrote on 20 February, 2013, 16:47

    nonesense news

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु