९ फागुन, दाङ । जिल्लाको बिजौर-१ बिजौरीमा केही महिना अगाडि स्वेच्छिक अवकास रोजेर घर फर्केका पूर्व लडाकुले खोलेको सिर्जना साबुन उद्योग यतिखेर फस्टाउँदै गएको छ ।
उद्योग सञ्चालक एवम् स्वेच्छिक अवकास रोजेर घर फर्केका देवबहादुर विकका अनुसार अहिले उद्योगबाट उत्पादन गरेको लुगाधुने (डल्लो) साबुनले राप्ती अञ्चलका पाँचवटै जिल्ला दाङ, रुकुम, रोल्पा, प्युठान र सल्यानमा राम्रो खपत हुने गरेको छ । गत साउन महिनामा दाङ घर भएका पूर्व लडाकु विकसँगै रुकुम घर भएका पूर्व लडाकु कृष्ण रोकाया र काठमाडौँ घर भएका पूर्व लडाकु सुदीप तामाङ मिलेर खोलिएको उक्त सिर्जना साबुन उद्योगमा हाल पाँचजना व्यक्तिले पनि रोजगार पाएको सो उद्योगले जनाएको छ । “राज्यले उपलब्ध गराएको रकमबाट उद्योग स्थापना गरेका छौं” पूर्व लडाकु कृष्ण रोकायाले भन्नुभयो ।
रोकायाका अनुसार सुरुमा उद्योग स्थापना गर्दा रु आठ लाख रकम लगानी गरेर स्थानीय एक व्यक्तिको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सञ्चालन गरिएको सो साबुन उद्योगले अहिले लुगाधुने साबुन मात्र उत्पादन गरेको छ । उक्त उत्पादनले राम्रो बजार लिन थालेपछि अब छिट्टै अन्य प्रकारका साबुन पनि उत्पादन गर्न तयारी भइरहेको छ ।
समाजमा सकारात्मक सोचको विकास गर्न र युद्धको घाउ बिर्साउन आफूले यो उद्योग स्थापना गरेको अर्का पूर्व लडाकु एवम् उद्योग सञ्चालक सुदीप तामाङले बताउनुभयो । “द्वन्द्वको पीडा भुलाउन र आम्दानीको बाटो खोज्न उद्योग स्थापना गरेका हौं, अहिले उत्पादन पनि खपत भएको छ खुशी छौं” तामाङले भन्नुभयो ।
यसैबीच, सिर्जना साबुन उद्योग जिल्लाकै एक मात्र साबुन उद्योग रहेको जिल्लामा साना तथा घरेलु उद्योगको सम्भावना बढी रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकनप्रसाद बस्नेतले बताउनुभयो । उहाँले यस्ता उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने भन्दै यसको विकास र प्रवर्द्धनमा उद्योग वाणिज्य सङ्घले सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । रासस
Ramro kamko thalani x militia best of luck
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
ramro kam sabai yauba udpadan ka kam ma lagnu parcha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
pahilae nai yesto kam garnae buddi kina na ako hola. bertha ma manchae maraera
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]