९ फागुन, काठमाडौं । भारतको चेन्नइमा हुने प्रो- सक्र्युट टेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष टेनिस खेलाडी बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
च्याम्पियनसिपमा शीर्ष वरीयताका कुमार अधिकारी तथा दोश्रो वरीयताका जितेन्द्र परियारले भाग लिने छन् । उनीहरुले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन् । प्रो- सक्र्युटमा कुनै पनि नेपाली खेलाडीले भाग लिन लागेको यो पहिलो अवसर हो । च्याम्पियनसिपमा ४० देखिका २ सय ४० खेलाडीको सहभागिता रहने टेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् ।
प्रतियोगिताअन्र्गत फेब्रुअरी २३ र २४ मा छनोट चरण हुनेछ । फेब्रुअरी २५ देखि सातदिनसम्म ‘मेन ड्र’ हुनेछ । खेलाडीलाई अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिदाइ गरिन् ।