१० फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह यतिबेला थाइल्याण्डमा हृदयघातको सामना गरिरहनुभएको छ । आखिर मानिसलाई किन हुन्छ हृदयघात ? हृदयरोग विशेषज्ञहरुका अनुसार नेपालमा मात्रै होइन, विश्वका धेरै शासक, नेता, उद्योगी, व्यवसायी एवं उच्च पदस्थ व्यक्तिलाई हृदयघात हुने गरेको छ । हृदयघातकै कारण धेरैको ज्यान जाने गरेको छ भने कतिपय पक्षघात लगायतका गम्भीर बिरामी हुने गरेका छन् । खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयघातका बिरामी र यसको जोखिम बढ्दै गएको गंगालाल हृदयरोग केन्दमा कार्यरत डा. साजन वैद्यले अनलाइनखबरसँग भन्नुभयो ।
ठूलाबडालाई नै किन ?
ग्यास्टिकलाई गरीबको रोग भनिन्छ । ग्यास्टिकले हैरान बनाउने गरीबलाई हृदयघातले चाहिँ त्यतिधेरै छुँदैन । ‘बढी आराम गर्ने र आधुनिक जीवनशैली अपनाउनेलाई हृदयघात हुने गरेको छ’-डा. बैद्यले भन्नुभयो । उहाँका अनुसार हिँड्नुको सट्टा धेरै सवारीसाधन चढ्ने, मोजमस्तीमा रमाउने र जथाभावी खानपिन गर्नेलाई बढी हृदयघात हुने गरेको छ ।
व्यायामको कमी र बढी चिल्लो, पिरो एवं मसलेदार खाना खानेलाई हृदयघातको सम्भावना बढी हुने बैद्य बताउनु हुन्छ । आधुनिक जीवनशैली र जथाभावी खानपीनले प्रेसर, सुगर र कोलस्ट्रोल बढाउने र यसकै कारण हृदयघात हुने डा. वैद्यको तर्क छ । उहाँ भन्नुहुन्छ-’मधुमेहले हृदयघात हुने सम्भावना झन् बढी हुन्छ ।’ चुरोट बढी सेवन गर्नेलाई पनि हृदयघातको खतरा बढी हुन्छ । ‘अहिलेका युवाहरु धूमपानजस्तो कुलतमा लागेका कारण उनीहरुमा हृदयघात हुने खतरा बढी छ’ बैद्यले भन्नुभयो ।
यस्तै निद्रा लाग्ने औषधिको धेरै सेवन गरेमा, मादक पदार्थ धेरै लिएमा र विषालु ग्यासको नजिक भएमा पनि हृदयघात हुन सक्ने विशेषज्ञ बताउँछन् ।
बढ्दो हृदयघात
हृदयघातले मुटु सञ्चालनमा अवरोध पुर्याउँछ । शरीरमा राम्ररी रक्तसञ्चार नभएमा दिमागमा अक्सिजन पुग्न सक्दैन र मान्छे बेहोस हुन्छ । जसले श्वासप्रश्वास नै रोकिदिन्छ । हृदयघातले रक्तसञ्चार रोक्ने र त्यसले श्वासप्रश्वासमा नै असर पुर्याउने भएकाले समयमै उपचार गर्न नसकेमा बिरामीको उतिखेरै मृत्यु हुन्छ ।
नेपालमा मुटु रोगी ४५ लाख
मुटुसम्बन्धी समस्यामध्ये हृदयरोग जटिल समस्या हो । नेपालका ४५ लाख मानिसलाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । विशेषज्ञहरुका अनुसार १० वर्षयता नेपालमा मुटुरोगीहरुको संख्या ५ गुणाले बढेको छ । मुटरोग विशेषज्ञ डा. बद्री पौडेलका अनुसार १८ वर्ष उमेरमाथिका झण्डै २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई मुटुको कोरोनरी रोग र १० प्रतिशतलाई मधुमेह छ । यस्तै स्कूल जाने उमेरका १ प्रतिशतभन्दा बढीलाई बाथ, मुटुको रोग र त्यति नै अनुपातमा जन्मजात मुटुको रोग छ ।
हृदयघातबाट कसरी बच्ने ?
नेपालमा हृदयघातको समस्या बढ्दै गएकाले सतर्क रहन विशेषज्ञले अपील गरेका छन् । जीवनशैली र खानपानमा सुधार गर्ने हो भने हृदयघातबाट बच्न सकिन्छ । डा. बद्री पौडेलको सल्लाह यस्तो छ :
· चुरोट, सूर्ती सेवा नगर्ने या त्याग्ने ।
· नियमित शारिरीक व्यायाम गर्ने ।
· सागसब्जी र फलफूल बढी सेवन गर्ने ।
· मासु, चिल्लो, बोसोयुक्त खानेकुरा र जंकफुड कम गर्ने ।
· मानसिक तनाव कम गर्ने ।
· तौल ठीक राख्ने, भुँडी बढ्न नदिने ।
· नियमित रुपमा चिकित्सकसँग सम्पर्कमा रहेर परीक्षण गर्ने ।
Thanx for onlinekhabar>>>>>
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
pranamji, i am also heart patient , there is sum mistake on dr. reporting because i am a pure vegiterian no hard drinks, no meat, fish, no tea no smoking,and continue excercise and morninig walk, these are my daily routings. but i get heart problem last month, and treatment on nurvic hospital ktm. now i am fit for every way, but i am not knowning up to now haw i get this problem? technically there is sum problem on medical science ,i think they are also not satisfied about the invention of heart problem. pranam
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
rosab Reply: February 21st, 2013 at 9:45 am
Not only the food habit but your anxiety or tension or busy schedule can be also a reason. if you take more tension or have habit of more thinking, it can also affect heart problem.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Subhash Reply: February 21st, 2013 at 3:33 pm
Dear RP sir,,
The comments you did is very good and all people are confused about the same….
first you remember when you were at school and your diet and physical activity and compare the same with the present life which you are living now….. i hope the study time change with business or job – physical activity is not equal to previous but the diet might be same or became more and delicious…… these are the things mostly effect the people and the cause of Heart Disease…… think think think…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good suggesion ko lagi thanks.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i dont think ,गरिब को रोग ग्यास्टिक हो ,,,बढी चिल्लो, पिरो एवं मसलेदार खाना खानेलाई हृदयघात हैन येसैले ग्यास्टिक निम्त्याउछ ,,,,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
We have to control the life style and food habit
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
health is wealth.so we always care
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
We, being a human can’t live consciously.we don’t care about our health.we need fried meat, oily dishes, high level drinks etc.we rarely use homemade food and teach our children accordingly.then finally we will be trapped on the net of vital diseases such as cancer, heart disease.so live simply with healthy life-style.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]