यस्तो हुनेछ गूगलको ‘स्मार्ट चश्मा’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यस्तो हुनेछ गूगलको ‘स्मार्ट चश्मा’

इन्टरनेट कम्पनी गूगलले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लासेज’ अर्थात ‘स्मार्ट चश्मा’ को एक भिडियोको माध्यमबाट सार्वजनिक गरेको छ । प्रविधिको क्षेत्रमा उत्साही र दखल भएकाहरु यसको प्रारुपबारे आफ्नो सुझाव दिएका छन । गुगलले ‘स्मार्ट चश्मा’बाट विभिन्न काम गरिरहेको भिडियो यू ट्यूबमा राखेको छ ।

यो चश्माले लगाउने व्यक्तिको मात्र तस्वीर खिच्दैन कि स्मार्टफोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्रविधिको काम पनि गर्छ । डेमो भिडियोमा देखाइएको छ कि ‘स्मार्ट चश्मा’बाट तस्वीर लिन र भिडियो रेकर्ड गर्न सकिन्छ । यसको प्रयोग इमेल पठाउनेदेखि समाजिक सञ्जाल चलाउन पनि गर्न सकिनेछ । यो चश्मामा स्काइप भिडियो च्याटका साथै मौसमको जानकारी र नक्शाको माध्यमबाट बाटो पत्ता लगाउने सुविधा पनि छ ।

हेर्नुस् भिडियो 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु