चाईनिज नयाँ वर्षमा मलेसियामा फुटवल प्रतियोगिता सम्पन्न :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चाईनिज नयाँ वर्षमा मलेसियामा फुटवल प्रतियोगिता सम्पन्न

रामचन्द्र नेपाल

क्वालालम्पुर । चाईनिज नयाँ वर्षको अवसर पारेर केलाङमा तीन दिने फुटवल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । डेविट श्रेष्ठ तथा नाङ्लो एण्ड पिस एण्ड हृयापी रेष्टुरेण्टको आयोजनामा भएको फुटवल प्रतियोगितामा ४६ टिमको सहभागिता रहेको थियो । केलाङ स्टेडिएमा भएको प्रतियोगितामा केएल सिसि भिटार क्लब प्रथम स्थान हासिल गर्दै आठ हजार एक रिगेट (करीव दुईलाख पच्चिस हजार नेपाली), गोर्खा सेक्युरिटिले द्धितिय स्थान हासिल गर्दै पाचँ हजार एक रिगेट अर्थात करीव ( एक लाख पैतालिस हजार) र तृतियमा रावाङको जेपिएन कल्व भएको थियो ।

तृतिय स्थानको लागि भिडेको अर्को समुह मेरु क्वल भएपनि सहमतिमा चिठा गर्दा रावागको क्लव तृतिय भएको भएको छ । तृतिय टिमलाई तीनहजार एक रिगेट अर्थात (करीव ८७ हजार रुपैयाँ) प्रदान गरिएको थियो । तर दुवै टिमका खेलाडिहरु एकै ठाउँका भएका कारण सहमतिमा पुरस्कार वाडिएको थियो ।

मलेसियामा भएका खेलहरु मध्येको सवैभन्दा ठुलो धनराशिको खेल भएको कारणले गर्दा पनि खेल खेल्न र हेर्नको लागि टाढा टाढावाट खेलाडि तथा दर्शकहरु केलाग पुगेका थिए । खेल समापनको अवसरमा खेलाडिहरुलाई आयोजक डेविट श्रेष्ठ,माया तथा दातु राजीवले खेलाडिहरुलाई पुरस्कार र शिल्ड प्रदान गर्नुभएको थियो । खेलको लागि केलागमा रहेका ब्यवसायिहरुले समेत सहयोग गरेका थिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु