१० फागुन, काठमाण्डौ । चार दिनदेखि स्थिर रहेको सुनको मूल्य विहीवार भने घटेको छ । बुधवार ५७ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन विहीवार प्रतितोला १३ सय रुपैयाँले घटेर प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले नै घटेको छ । बुधवार ५६ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएकेा तेजावी सुन बिहीवार घटेर ५५ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ४६ डलर घटेकाले नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो । यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । बुधवार एक हजार ७० रुपैयाँ प्रतितोलामा कारोवार भएकेा चाँदीको मूल्य बिहीवार घटेर प्रतितोला एक हजार ४० रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रत्येक दिन घटेकै राम्रो किनकी गरीवको पनि पहुचमा पुग्छ
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]