लोग्नेको लिंगमा उम्लेको पानी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लोग्नेको लिंगमा उम्लेको पानी

स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा । धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ ।

कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् ।

लोग्नेले आफ्नो आँखा छलेर अर्कै केटीसँग मस्ती गरिरहेको गाइँगुइँ सुनेकी ती महिलाले सोही रिसको झोँकमा लोग्नेलाई बराल्ने उसको लिंगमाथि रिस पोखिन् । न्युयोर्क डेलीमा छापिएको खबर अनुसार योलिवेल लोपेज नामकी महिलाले

आफ्नो लोग्ने नेफर नेतनमाथि यस्तो अत्याचार गरेकी हुन् । एक जना महिलाले फोन गरेर आफु नेफरको रखौटी भएको र आफुहरुबीचमा सेक्स पनि भएको भन्ने कुरा लोपेजलाई बताएपछि रिसले चूर बनेकी लोपेजले लोग्ने सुतेको मौका पारी उसको लिंगमाथि तातो पानी वर्षाइन् ।

साथीसँग रमाइलो भेटघाट तथा रमाइलो गर्नका लागि भन्दै अघिल्लो रात बाहिरै बसेका नेतन अर्को दिन बिहानै घर आए । रातभरी मस्तीमा बिताएका नेतन बिछौनामा पल्टिए र निदाए पनि । लोग्ने सुतेको मौका पारी लोपेज भान्सामा गइन् र एक भाँडा पानी तताइन् । पानी उम्लिएपछि उनले भाँडैसित लोग्ने

सुतेको ठाउँमा तातो पानी ल्याइन् । त्यसपछि उनले एकाएक लोग्नेको गुप्तांगमा भल्किएको पानी खन्याइदिइन् । तातो पानीले नराम्ररी पोलेपछि नेतन चिच्याउन थाले । त्यसपछि छिमेकीहरु जम्मा भएर उनलाई अस्पताल लगे । तातो पानीले पोलेर लिंग नराम्ररी क्षतविक्षत भएको बताइएको छ ।

17 Comments on “लोग्नेको लिंगमा उम्लेको पानी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु