खानेपानीको स्रोत खोज्न दुई करोड रकम ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खानेपानीको स्रोत खोज्न दुई करोड रकम !

१० फागुन, दाङ । तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थालाई खानेपानीको मुहान मर्मत, सम्भार तथा पुनःनिर्माण तथा स्रोतको खोजीका लागि खानेपानी तथा ढल निकास विभागले दुई करोड ३६ लाख रकम दिने भएको छ । संस्थाका अध्यक्ष खेम ओलीले उक्त रकमबाट यहाँका अधुरा योजनाहरु निर्माण र नयाँ खानेपानीका स्रोतको खोजी एवम् मर्मत गरिने बताउनुभयो । अध्यक्ष वलीले साना सहरी खानेपानी आयोजनाले सोचेजति काम नगरेको भन्ने व्यापक जनगुनासो कार्यालयमा आएपछि आफूहरुको निकै पहलपछि अहिले उक्त मर्मतसम्भार योजनामा परेको हो ।

ढल निकास विभागले नेपालका २९ वटा खानेपानी योजनाअन्तर्गत तुलसीपुर खानेपानी संस्थालाई दोस्रो स्थानमा छनोट गरेर अब उक्त योजना अगाडि बढाउन सो रकम पठाउने भएको हो ।अब यही आर्थिक वर्षभित्र खर्च हुने गरी योजना छनोट गरी टेन्डर आहृवान गरिने तयारीका साथ काम अगाडि बढाइरहेको संस्थाले जनाएको छ ।

हाल तुलसीपुर खानेपानी संस्थाले तुलसीपुर नगरपालिका र टरिगाउँ गाविसका गरी कुल चार हजार ३ सय धारा वितरण गरेको छ भने ६०० भन्दा बढी नयाँ धाराको माग भई निवेदन दर्ता भएको सो संस्थाले जनाएको छ । वितरण गरिएका धाराहरुमा गर्मीयाममा पानी नआउने समस्या बढिरहेको छ भने अन्य याममा भने जेनतेन गरेर भए पनि पानी वितरण गरिएको हुन्छ । अब यो योजना सम्पन्न भएपछि भने पानी आपूर्तिमा धेरै राहत पुग्ने विश्वास गरिएको छ । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु