आयआर्जनको वैकल्पिक माध्यम पुष्प व्यवसाय :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आयआर्जनको वैकल्पिक माध्यम पुष्प व्यवसाय

१० फागुन, काठमाण्डौ । काठमाडौँ दक्षिण भेगमा पुष्प व्यवसाय आयआर्जनको वैकल्पिक माध्यम बन्दै गएको छ ।बजारमा फूलको माग दिन प्रतिदिन बढेसँगै यस क्षेत्रका कृषक आफ्ना खेत तथा बारीमा विभिन्न फूलखेती गर्न आकषिर्त बनेका छन् । काठमाडौँ दक्षिण भेगका चाल्नाखेल, टल्कु डुडे चौर, शेषनारायण, दक्षिणकाली आदि स्थानका कृषक पछिल्लो समयमा फूलखेतीलाई आयआर्जनको वैकल्पिक माध्यमका रुपमा उपयोग गर्न थालेका छन् ।बजारमा दिन प्रतिदिन फूलको माग बढिरहेको र उत्पादित फूलले राम्रो मूल्यसमेत पाउने भएपछि कृषक फूलखेतीतर्फ आकषिर्त बन्दै गएको स्थानीय समाजसेवी एवम् शिखरापुर दिगो कृषक पाठशाला, फर्पिङका सल्लाहकार शशी शर्मा अर्यालले बताउनुभयो ।

यस क्षेत्रमा फूलको व्यवसाय धेरै पहिलेदेखि नै सुरु भए पनि व्यावसायिक रुपमा व्यवस्थित खेती भने अझै पनि हुन नसकेको जानकारी गराउँदै उहाँले दक्षिणकाली मन्दिरमा बाह्रै महिना फूलको अत्यधिक खपत हुने गरेको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा फूलखेतीको बढ्दो सम्भाव्यता समेतलाई दृष्टिगत गरी शिखरापुर दिगो कृषक पाठशालाले कृषकलाई लक्षित गरी फूलको व्यावसायिक खेती सम्बन्धमा तालिम सञ्चालन गर्ने योजनाअघि सारेको छ ।

यस क्षेत्रमा उत्पादित फूलहरु वर्षैभरि दक्षिणकाली मन्दिरमा खपत हुनुका साथै दसैँ तिहारको समयमा उत्पादन हुने सयपत्री फूल काठमाडौँका विभिन्न स्थानमा समेत खपत हुने गरेको स्थानीय कृषक बताउँछन् । दक्षिणकाली मन्दिरका साथै काठमाडौँ तथा मकवानपुरको हेटौँडासम्म पनि यस भेगबाट फूल निर्यात गर्न सकिने भएका कारण यस क्षेत्रमा कृषकलाई फूलको व्यावसायिकखेती विषयक तालिम प्रदान गर्नु अपरिहार्य महसुुस गरिएको स्थानीय कृषक सञ्जय सुवेदीले बताउनुभयो । रासस

One Comment on “आयआर्जनको वैकल्पिक माध्यम पुष्प व्यवसाय”
  • hem adhikari wrote on 21 February, 2013, 15:02

    can anyone pls, tell me where it is(shikharapur digo krishak pathshala)located in kathmandu? i also wanna taka some training for farming bussiness…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु