चवालीस भाषामा कविता वाचन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चवालीस भाषामा कविता वाचन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा ४४ मातृभाषाका स्रष्टाले कविता वाचन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०६९ मा नेपालभाषाका कवि काशीराम ‘विरस’ले ‘आस्थाया सारङ्गी’ (आस्थाको सारङ्गी), याम्फु भाषाका ओमविक्रम राईले ‘माया’, बाम्बुले राई भाषाका भुवन गुर्भा राईले ‘बधाई’, गुरुङ भाषाका छम गुरुङले ‘अन्तिम जाडो रात’, तामाङ भाषाका कवि रेनुका गोले तामाङले ‘सिङ्चे दोसी राप्तोला’ शीर्षकको कविता पाठ गर्नुभएको थियो ।

त्यस्तै बाम्बुले राई, गुरुङ, बाहिम राई, थकाली, धिमाल, लिम्बू -छथरे), दुमी राई, खालिङ राई, मुगाली, थामी, तामाङ, मगर, कुमाल, केवरत, बज्जिका, मेवाहाङ, जिरेल, लोहरुङ, उर्दू, बान्तवा, अवधी, दनुवार, भोजपुरी, उरावँ, सुनसवार, चाम्लिङ, ताजपुरिया, डोटेली, शेर्पा, बराम, मैथिली, थारू, नेपालभाषा, मारवाडी, हिन्दी, छन्त्याल, याक्खा, कोयु राई, याम्फु, कुलुङ, घले, चेपाङ, हृयोल्मू र नाछिरिङ भाषाका कविले आआफ्नो कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठ, व्याकुल माइला, लोकबहादुर थापा मगर, बमकुमारी बुढा र धीरेन्द्र प्रेमषिर्ले पनि कविता वाचन गर्नुभएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु