११ फागुन, काठमाडौं । ६० वर्ष कटेका वृद्ध नेताहरुले समेत आफूलाई युवा नेता भन्ने देशमा त्यसभन्दा कम उमेरका नेताले त्यस्तो ठान्नु स्वभाविक नै होला । तर आफूले नै बनाएको नीति उल्लंघन हुनेगरी नेतृत्व लिन खोज्ने प्रवृत्तिचाहिँ अचम्मको छ ।सन्दर्भ हो, नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको । एकीकृत नेकपा माओवादीको वाईसीएलले देशभरि जगजगी फैलायो भनेर त्यसलाई ‘काउन्टर’ गर्न सक्रिय एमालेको युवा संघ यतिखेर नयाँ नेतृत्व चयनमा लागेको छ । बुटवलमा शुरु भएको महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
युवा संघमा अलि बढी ‘लडाकु’ भनेर चिनिएका वर्तमान अध्यक्ष महेश बस्नेत फेरि पनि अध्यक्ष बन्न जोशिनुभएको छ । पार्टी नेता केपी ओलीको दाहिने हातका रुपमा रहेका बस्नेतलाई लडाकु स्वभाव भएका कार्यकर्ताले साथ दिएका छन् । तर, अब मारमुङ्ग्री र पाखुरी बलभन्दा सृजनात्मक काम गर्नुपर्ने भएकाले बस्नेतको ठाउँमा नयाँ अनुहार हुनुपर्ने आवाज बलियो रुपमा उठेको छ ।वर्तमान उपाध्यक्ष झपट रावल र हिरा केसी तथा महासचिव निरज आचार्यले पनि अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । रावललाई बरिष्ठ नेता माधवकुमार नेपाल र आचार्यलाई अध्यक्ष झलनाथ खनालको साथ रहेकाले यी दुईको चर्चा बढी छ । बस्नेतपछि दोस्रो नम्बरमा रहेकाले रावलको सम्भावना बढी देखिएपनि बस्नेतले हतपती छोड्न नमान्ने भएकाले अहिल्यै केही भन्न नमिल्ने एमाले नेताहरु बताउँछन् ।
नेतृत्व लिन खोज्ने सबै ४० आसपासका
संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेपनि नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष सम्मलाई युवा मानेको छ । युवाको परिभाषामा उमेरहद ३५ वर्षको हुनुपर्ने धेरैको जोड रहे पनि नीति बनाउनेहरु ४० आसपासका भएकाले नीतिमा ५ वर्ष बढाएर ४० वर्ष उल्लेख भएको हो ।राष्ट्रिय नीतिकै व्यवस्थाअनुसार युवा संघले पनि आफ्नो नियमावलीमा नेतृत्वका लागि ४० वर्ष उमेर हद तोकेको छ । अहिले नेतृत्वमा रहेका बस्नेतलगायतका नेताहरु ४० काटिसकेका देखिए पनि उनीहरुले आफूलाई ३५/३६ नै भन्ने गरेका छन् । उनीहरुको फेसबुक पेजमा राखिएको जन्ममिति पनि यस्तै छ ।
बस्नेतले आफ्नो फेसबुक पेजमा राखेको जन्ममिति सन् १९७४ हो । यसलाई आधार मान्ने हो भने भने उहाँ अहिले ३९ वर्षको हुनुभयो । युवा संघको कार्यकाल ३ वर्षको हुन्छ । अहिले उहाँ अध्यक्ष बन्नुभएमा युवासंघकै नियमअनुसार अर्को वर्षदेखि उहाँको उमेर हदले नै नेतृत्वमा रहन दिँदैन । अध्यक्ष बस्नेतलाई सन् १९७४ मा जन्मिएको पत्याउने हो भने उनको जन्म विसं ०३१ सालमा भएको मान्नुपर्ने हुन्छ । यो हिसाबले ०५४ मा उनी गाविस अध्यक्ष हुँदा २३ वर्ष मात्रै रहेको निश्कर्ष निस्कन्छ । जबकि उमेद्वारका लागि २५ वर्षको हुनुपर्ने कानूनी प्रावधान छ । यसले पनि प्रष्ट गर्छ, नेताहरुले फेसबुकमा राखेको उमेर सही छैन ।
रावलले आफ्नो फेसबुक पेजमा राखेको जन्ममिति सन् १९७५ हो । यस हिसाबले अहिले उहाँ ३८ वर्ष हुनुभयो । दुई वर्षपछि उहाँ पनि अयोग्य हुनुहुनेछ । आचार्यले चाहिं आफ्नो जन्ममिति १९७७ र केसीले १९७६ राख्नुभएको छ । तर, धेरैले आफ्नो फेसबुक पेजमा सही जन्म साल राख्दैनन् । आफ्नो उमेर कम बनाएर राख्ने चलन छ । त्यसमाथि नेतृत्व हडप्न बस्नेतलगायतका नेताहरुले नक्कली उमेर बनाएको आरोप पनि संघभित्रै लागेको छ । ’उमेरले नदिने भएपछि केहीले नागरिकतासमेत सच्याएको सुनिएको छ’ एमालेका एक युवा नेताले अनलाइनखबरसित भने-’तर यस्तो प्रवृत्ति अन्त्य गर्न हामी लागेका छौं ।’
बन्द सत्र शनिवारवाट
नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि हुने महाधिवेशनमा देशभरबाट पाँच सय महिलासहित एक हजार पाँच सय प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् । उद्घाटन समारोहमा एक लाख जनता उतार्ने लक्ष्य राखिएको महाधिवेशन आयोजक मुल समिति संयोजक झपट रावलले जानकारी दिनुभयो । १३५ सदस्यीय केन्द्रीय समितिको नेतृत्व चयनका लागि बन्दसत्र भोलिदेखि शुरु हुनेछ ।
सफलताको लागि शुभकामना !
Like or Dislike:
26
9
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: February 22nd, 2013 at 3:24 am
यी चाइनिज दिमाग बोकेका कम्युनिस्ट पार्टी हरु एमाले र एमाओबादी (यी दुबै पार्टी को नाम मा एकीकृत र माओ भन्ने सब्द जोडीएको छ) दाजु भाई हुन / यिनले दिन मा एमाले रात मा माओबादी बनेर जनता लाई झुक्काएर राजनिती गर्न पल्केका अझै पनि आफु हरु पुरिने खाल्टो अलग अलग हो भनेर जनता लाई बेवकुफ बनाउन चाइनिज नेता हरु को ठुलठुला पोस्टर टांगेर ख्याल ख्याल को राष्ट्रिय महाधिवेशन गरिरहेका छ्न / यिनी दुबै को पार्टी मा जोडियेको माओ, नेपाल मा जन्मेको नभै चिन मै जन्मेको हो र चिन को नेता माओ को दिमाग पनि नेपाली को विचार मर्म र भावना को सट्टा चिनिया विचार ले नै भरिएको थियो / ख्याल ख्यालमै सफलताको लागि शुभकामना
चर्को मतभेद । तपाईलाई के लाग्छ?
19
36
[जवाफ फर्काउनुहोस्]
samir dc Reply: February 22nd, 2013 at 6:18 pm
you are najayaz bachha of congress s arulai manche nadekhne ta pani kukurnai hos ni
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
mahesh lai hatau
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
27
[जवाफ फर्काउनुहोस्]
dherai ramro kamgardai aaunu vayeko mahesh basnet dai le aru 1patak lai chance dinu par6 ki jasto lag6
Like or Dislike:
17
10
[जवाफ फर्काउनुहोस्]
महेश बस्नेत जस्तो सक्षम नेता लाई अध्यक्ष बनाउनु पर्छ ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
38
29
[जवाफ फर्काउनुहोस्]
mahesh basnetlai nai aheleko absthama adyachha banauna uchit hola ki……….
Like or Dislike:
25
13
[जवाफ फर्काउनुहोस्]
safaltako kamana
Like or Dislike:
21
4
[जवाफ फर्काउनुहोस्]
“Aafu sanga euta yespasta nete nabhayeko UML ko Sabi nakacharo harulai pata kasera tenau kholama bagaidenu ramro hune6a”
Like or Dislike:
6
9
[जवाफ फर्काउनुहोस्]
Rastrapremi Reply: February 22nd, 2013 at 9:05 pm
Aele maobadi hineko bato ani congress jadai gareko bato dubaiko.gantavya bahudaliya janabad ho jun cpnuml ko prasta bichar ho. aba bichar navako ko hola?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
timiharu ko mau party ko pipa;lpate niti le khai chunab ma biu nai masiyela jasto 6,timiharu ko k haal hola.chanda uthaune matrai ho,kehi hune wala chhaina.
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
के पी का गुन्डाहरु जो आए पनि केहि फरक पर्दैन हामिलाइ । विचारवान युवाहरुको खडेरी छ युवा संघमा । अझ रमेश बाहून (डन) आएमा त सुनमा सुगन्ध ।
Like or Dislike:
6
11
[जवाफ फर्काउनुहोस्]
सफलताको लागि शुभकामना कामरेड हरु तपाई हरु को हात मा छ नया नेपाल !!
Like or Dislike:
8
11
[जवाफ फर्काउनुहोस्]
जनैबादी पार्टी , अबको चुनाबमा 5 सिटमा सिमित हुन्छ
Like or Dislike:
5
9
[जवाफ फर्काउनुहोस्]
के पी का गुन्डाहरु जो आए पनि केहि फरक पर्दैन हामिलाइ । विचारवान युवाहरुको खडेरी छ युवा संघमा । अझ रमेश बाहून (डन)pani vitiri rup ma ta Mahesh basnet ko shathi nai hun ni ab ko chunwb ma gunda gardi garer sit derai lyaune soch hola tar janta le thaha pai sakekachan Mahesh don ko kartut pani most wanted ko shuchi ma raheka gunda jati UML ko karyekarta xan ab ta Raja badi ko chai sit besi aaula jasto6 hai neta ji……
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Dan Bahadur Karki Reply: February 23rd, 2013 at 6:20 am
KP ko gunda bhannya tapai Sujan Kasko gunda houta ni Parchanda ko ki Baburam ko hki ki jamarkatel ko
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Jatiyatabad Murdabad, Sabai Nepali ya khuna sikaun yasma sabaiko kalyan6……….Safaltako subhakamana
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]