हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषद्वारा सञ्चालित यस वर्षको हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार कवि कुलबहादुर केसीलाई प्रदान गरिएको छ ।
साहित्य र सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टालाई दुई/दुई वर्षमा उक्त पुरस्कार प्रदान गरिन्छ । पुरस्कारको राशि १५ हजार रहेको छ ।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित केसीलाई प्रतिष्ठानले उहाँकै निवास बाटुलेचौरमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारबाट प्रदान गरेको हो । पुरस्कारका लागि एक वर्षअघि हरिदेवी कोइराला एकल साँझ कार्यक्रम गरी उठाइएको रकमबाट रु पाँच लाख अक्षय कोष स्थापना गरिएको थियो ।