१० फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बिद्यालय स्तर देखिनै समग्र खेलकुदको विकास गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाको अध्यक्षतामा १७ सदस्यीय बिद्यालय खेलकुद बिकास बोर्ड गठन गरेको छ ।
बोर्डको सदस्यमा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष ईन्द्रबहादुर थिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुसुमकुमारी श्रेष्ठ, खेलकुद मन्त्रालय प्रतिनीधि, शिक्षा मन्त्रालयका महाश्रम शर्मा, केन्दि्रय एन प्याब्सन अध्यक्ष गीता राना, प्याब्सन उपाध्यक्ष लक्ष्यवहादुर केसी लगायत छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव लामाले बिहिवार नै बोर्डका पदाधिकारीहरुलाई मनोनयन पत्र प्रधान गर्नु भयो । बोर्डको पहिलो बैठकमा अध्यक्ष लामाले रष्ट्रिपति रनिङशिल्डलाई प्रभावकारी बनाउनु पर्ने,जुनियर च्याम्पियानशिप तत्काल गर्नुपर्ने,बिद्यालय खेलकुद महासंघ गठन र परिषदको एकेडेमीबाट बिद्यालयलाई कसरी फाईदा पुर्याउन सकिन्छ त्यसको बारेमा छलफल अगाडि बढाउनु भएको थियो ।