१० फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २२ खेलाडीकलाई सम्मान गर्ने भएको छ ।
सम्मानित हुने खेलाडीहरुमा बक्सिङ, कराते, तेक्वान्दो, फुटबल, जुडो, पौडी, स्क्वास, शारीरिक सुगठन, भलिबल, टेबलटेनिस, एथलेटिक्स, सफ्ट टेनिस, साइक्लिङ, ह्यान्डबल, फुलकन्ट्याक्ट कराते, कुस्ती, जिम्न्याष्टिक, कबड्डी, तेक्वान्दो युनियन, आर्चरी, आईटीएफ तेक्वान्दो तथा भारोत्तोलनका रहेका छन् ।
छैटौं राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलका सम्बन्धित संघलाई उत्कृष्ट खेलाडीको नाम माग गरिएकोमा २२ संघले मात्र नामवली उपलब्ध गराएकाले उनीहरुलाई मात्र सम्मान गर्न लागिएको संघका महासचिव दीपक श्रेष्ठले जनाएका छन्
। फागुन १३ गते त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा उनीहरुलाई एनएनआईपीए उत्कृष्ट वर्ष खेलाडी अवार्ड- २०६८ बाट सम्मान गरिने बताइएको छ ।