भरतराज उप्रेती, पूर्वन्यायाधीश, सर्वोच्च अदालत
प्रधानन्यायाधीश खीलराज रेग्मीले नेताहरुसँग लसपस गरेकाले अब इजलासमा बस्न नमिल्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले बताउनुभएको छ । रेग्मीको नेतृत्वमा सरकार बनाउने तयारी लगायतका विषयमा अनलाइनखबरका लागि सम्पादक अरूण बरालले गरेको कुराकानीः
सर्वोच्च अदालतको न्यायाधीशबाट राजीनामा दिएपछि अहिले तपाई के गर्दै हुनुहन्छ ?
–म न्यायाधीश बन्नुअघि बरिष्ठ अधिवक्ता थिएँ, फर्केर आएपछि पनि बरिष्ठ अधिवक्ताले जे काम गर्ने हो, त्यही काम गर्दैछु । प्राइभेट सेक्टरमा काम गर्दा मलाई पनि खुशी र प्राइभेट सेक्टरका मानिसहरु पनि खुशी छन् ।
बारबाट देखेको न्यायालय बेञ्चमा गएपछि कस्तो पाउनुभयो ?
–बारमा कानून व्यवसायी हुँदा हामीले एउटा मुद्दाको पक्षबाट वकालत गर्ने र बहस गरिन्थ्यो । न्यायाधीश भएर हेर्दा चाँहि यो वा ऊ पक्ष लिने भन्दा पनि न्याय गर्नुपर्छ भन्नेमा फोकस हुँदोरहेछ । कानून व्यवसायीले चाँहि आफ्नो पक्षको हित संरक्षण गर्ने कुरा हुन्छ, न्यायधीशले न्यायको रक्षालाई ठूलो कुरा मान्छ । त्यसकारण वकिल र न्यायाधीशको वीचमा धेरै ठूलो अन्तर छ ।
मुलुक यतिबेला ठूलो संवैधानिक संटकमा छ । तपाईको विचारमा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन मिल्छ कि मिल्दैन ?
–हामीले संविधानको संरचनाभित्रबाट हेर्ने कि बाहिरबाट हेर्ने भन्ने मुख्य हो क्या । हामीले संविधानले परिकल्पना गरेको कुरालाई हेर्नुपर्छ । हाम्रो संविधानले कानुनको शासन र शक्तिपृथक्कीरणको सिद्धान्तलाई मान्छ । कानूनको शासन, शक्तिपृथक्कीकरण र जनताको सार्वभौम अधिकारलाई स्वीकारिसकेपछि यसैको परिपे्रक्ष्यबाट अहिलेको समस्यालाई हेर्नुपर्छ । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउँदा यसले जनताको सार्वभौम अधिकारलाई असर गर्छ कि गर्दै भन्ने हेर्नुपर्छ ।
रेग्मीलाई प्रधानमन्त्री बनाउँदा के हुन्छ ?
–नाम जति ठूलो भए पनि अहिलेका प्रधानन्यायाधीश शुद्ध ब्युरोक्रेटिक ढाँचाबाट आएका कर्मचारीमात्रै हुन् । कर्मचारी रिटायर्ड भएपछि पेन्सन खान्छ । लोकतन्त्रमा जनताको सार्वभौमिकताको संरक्षण आखिर राजनीतिक दललै गर्छन् । कुनै कर्मचारीले जनताको सार्वमौमिकताको रक्षा गर्ने कुरा कहीँ परिकल्पनै गरिएको छैन । त्सैले कर्मचारलिाई सरकारको जिम्मा लगाउने कुराले के सन्देश दिन्छ भने जनताले छानेका व्यक्ति राम्रा रहेनछन्, नालायक व्यक्तिलाई राजनीतिक नेतृत्वमा पुर्याइएछ । यसले दिने म्यासेज यत्ति हो । पोलिटकल पार्टीहरु यति नालायक रहेछन् कि जसमा एउटा कर्मचारीले गर्नेजति सोचबुझ पनि रहेनछ भन्ने यसबाट जनतालाई पर्न सक्छ । यस्तै हो भने अब हुने चुनावमा यी दलका नेतालाई किन भोट दिने भन्ने प्रश्नसमेत यसले उत्पन्न गर्छ । त्यसपछि मुलुक यसैगरी कर्मचारीकै पछि पो लाग्ने हो कि ? यसले मान्छेलाई दलवीहीन कर्मचारी तन्त्र ठीक हो भन्नेतिर पो दिग्भ्रमित गर्ने हो कि ? यस्तो म्यासेज पनि जानसक्छ ।
हाम्रो संविधानले शक्तिपृथक्कीकरणको कुरा गरेकाले न्ययापालिकाको प्रमुखलाई नै कार्यपालिकाको प्रमुख बनाउने परिकल्पना गरेको छैन र यो मिल्दा पनि मिल्दैन ।
प्रधानन्यायाधीशलाई यस्तो जिम्मेवारी दिँदा के नै फरक पर्ला र ?
–हेर्नोस्, यो कत्रो सिरियस कुरा छ । म न्यायाधीश हुँदा कुनै पनि नेताले मसित टेलिफोनमा कुरा गर्ने आँट गर्दैनथे । नेताले मसित भेट्ने आँट पनि गदैनथ्यो । अहिले हेर्नोस् त, अहिलेका प्रधानन्यायाधीशलाई कति दलका नेताले कहाँ कहाँ पुर्याइसके । उहाँसित कुन नेताको सम्बन्ध के छ भनेर टाँस्ने कुराहरु पनि भए । प्रधानन्यायधीश कार्यपालिकाको प्रमुख हुने रे, अनि काम सकेपति न्यायापालिकामै फर्किने रे । प्रधानन्ययाधीशले गर्ने काम कस्तो रे भन्दा राजनीतिक दलको संयन्त्रले अह्राएको काम गर्ने रे । कसैले खटाएको कुरा एउटा न्यायाधीशले त सुन्दैन भने प्रधानन्यायाधीशजस्तो मान्छे कसैले अह्राएको पराएको काम गर्न जाने ? नेताले अह्राएको काम गरेर त्यही मान्छे फेरि न्यायपालिकामा फर्किने ? त्यसले लीड गरेको न्यायापालिका कस्तो हुन्छ ?
मलाई त के लाग्छ भने अहिले हामी जसरी नयाँ किसिमले लोकतन्त्रमा संक्रमण गरिराखेका थियौं, यो संक्रमणलाई रोक्ने काम भैरहेको छ जस्तो लाग्छ मलाई । लोकतान्त्रिक संस्थाका पिल्लरहरुलाई भत्काउन खोजिँदैछ । नेताहरुले आफैंले यसो गरिरहेका छन् कि कसैको कुरा सुनेर यसो गरिरहेका छन्, तर यसले लोकतन्त्रलाई समाप्त पार्छ र निरंकुशताको बाटो सफा पार्ने काम मात्रै गर्छ भन्ने मलाई लाग्छ । शक्ति पृथक्कीकरणलाई भत्काएपछि तानाशाही भैहाल्यो नि ।
मानिसहरु प्रधानन्ययाधीशको कुरो बुझ्न एकदमै ब्याकुल छन् । तर, रेग्मीजी एकदमै चुपचाप हुनुहुन्छ । तपाईलाई त अनुभव छ नि, वहाँ कस्तो मान्छे हो ?
–बोल्ने र नबोल्ने भन्ने आफ्नो व्यक्तिगत हो । व्यक्तिगत कुरामा म जान्न । तर, यी राजनीतिक नेताहरुको कामकारवाहीबाट मलाई फ्रस्टेसन भैराखेको छ । जुन व्यक्तिले जनताको प्रतिनिधिमूलक संस्था -संविधानसभा) आफैंले ध्वंस गर्यो, त्यही व्यक्तिले जनताको अधिकार सशक्त गराउँछ ? यस्तो भिजन यो मान्छेमा हुन सक्ला ? जनताको अधिकारप्रति संवेदनशीलता भएको भए जनताको अधिकारलाई उसले वञ्चित गर्ने नै थिएन । पहिलेचाहिँ जतिपटक पनि संविधान संशोधन गर्न सकिन्छ भनेर त्यही अदालतले भन्ने, पछि संविधान संशोधन गर्न सक्दैन भन्ने के कारण पर्यो ?
त्यो भिजन नभएको व्यक्ति, जसले त्यो हराभरा न्यायपालिकाको बलियो टिमलाई पाँचजनाको टिममा झार्यो । जो व्यक्तिले आफूलाई दिएको जिम्मेवारीअनुसार न्यायपालिकालाई समेत सञ्चालन गर्न नसकेर शून्य पारिराखेको छ, त्यही व्यक्तिले सरकार चलाउन सक्छ, निर्वाचन गराउन सक्छ भन्नेजस्तो नालायकिपन त मैले हाम्रो नेताहरुमा अरु केही देखेको छैन । यसमा म प्रधानन्यायाधीश ठीक या बेठीक भन्दिँन । यसमा हाम्रा नेताहरु फेल भए भन्छु म । जनता फेल भएका छैनन् । जनता कहिल्यै फेल हुँदैनन् । तर, जनताले पठाएका प्रतिनिधिहरु फेल भए । त्यसैले हामी जनताका पंतिनिधि हौं भन्ने यिनीहरुमा अब ल्याकत रहेन । यो प्रक्रियाबाट चुनाव हुन्छ भन्ने मलाई विश्वास पनि छैन । यी नेताहरुको संविधानप्रतिको पं्रतिवद्धता पनि जनताले देखे । यिनीहरु अब जनताको प्रतिनिधि हुन लायक छैनन् भन्ने पनि जनताले देखे । यिनीहरु चुनाव गराउन प्रतिवद्ध छैनन् भन्ने पनि देखियो । यो भनेको त एउटा बाहनाबाजी मात्रै हो । त्यसैले प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने कुरा नेपालीहरुका लागि अशुभ संकेत हो ।
प्रधानन्यायाधीश रेग्मी अब कार्यकारी प्रमुख नबने पनि विवादमा त तानिनु भो नि हैन ?
–राजनीतिक नेताहरुसँग जुनकिसिमले उहाँको लसपस भएको छ, अब उहाँ प्रधानन्यायधीशका रुपमा पनि काम गर्न योग्य हुनुहुन्न ।
के अब रेग्मीले तत्काल राजीनामा गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
–राजीनामा मागे हुन्छ । स्वतन्त्र न्यायपालिकालाई नेतृत्व गर्न तिमी फिट छैनौ । तिमीले न्ययायिक स्वतन्त्रता राख्न पनि सक्दैनौ । किनभने तिमीमा नेताहरुसित लोभ बढ्यो । त्यसैले जनताले अब यिनको राजीनामा मागे हुन्छ । हि इज नट फिट ।
प्रधानमन्त्री भएपछि मात्रै रेग्मीले राजीनामा दिनुपर्ने कि, नभए पनि ?
–उहाँले नैतिक धरातल गुमाइसक्नुभयो । स्वतन्त्र प्रधानन्यायाधीशको रुपबाट काम गर्ने हैसियत उहाँले गुमाइसक्नुभयो । त्यसकारण अब उहाँले इजलासमा बस्न पनि हुँदैन । वहाँले छोडिदिए हुन्छ । अव उहाँले स्वतन्त्ररुपमा कामै गर्न सक्नुहुन्न । वहाँको लसपस भैसकेको छ । प्रधानमन्त्रीको पद पाउनका लागि उहाँले जे पनि गर्न सक्नुहुन्छ । त्यसकारण जनताले राजीनामा मागेर तिमी प्रधानमन्त्री होऊ भन्ने हैन कि, तिमी प्रंधानन्यायाधीशको पदमा नबस भने हुन्छ । त्यो बेला आएको छ ।
विवादमा नपर्न के गर्नुपथ्र्यो रेग्मीले ? हेटौडामा प्रचण्डले भाषण गर्नासाथ म प्रधानमन्त्री बन्दिन भन्नुपथ्र्यो ?
–के गर्नुपथ्र्यो, त्यो त उहाँले जान्ने कुरा हो, तर अहिले जे गरिरहनुभएको छ, जे भइरहेको छ, त्यो अशुभ छ ।
रेग्मीले राजीनामा दिएर प्रधानमन्त्री बन्दा त हुन्छ होला नि ?
–राजीनामा दिएपछि प्रधानमन्त्रीको जागिर वहाँलाई नै किन दिनुपर्यो ? यो भन्दा कति काबिल, यो भन्दा कति लायक अरु थुप्रै प्रधानन्यायाधीश, छन् जो भूतपूर्व छन् । उनीहरुले आफ्नो कार्यकालमा काम गरेर देखाएका छन् । भूतपूर्व नै भैसकेपछि यसैलाई नै किन चाहियो ? अनूपराज शर्मामा के समस्या छ ? मीनबहादुर रायमाझीमा के समस्या छ ? रामप्रसाद श्रेष्ठमा के समस्या छ ? यो मान्छे भन्दा त म रामप्रसाद श्रेष्ठ कहाँ-कहाँ काबिल ठान्छु । अनूप शर्मामाथि कसैले पनि एउटा प्रश्न उठाउन सक्दैन । यो लेबलका मान्छे अझै छन् । त्यसैले राजीनामा दिइसकेपछि के प्रधानन्यायाधीश हुन्छ ? त्यो त पूर्व भैहाल्छ नि । भूतपूर्व भएपछि धेरै रोज्न सकिन्छ ।
कर्मचारीतन्त्रबाट आएका न्यायाधीश र स्वतन्त्र कानूनी पेशा व्यवसायबाट आएकावीच के फरक हुन्छ कि क्या हो ?
–कर्मचारीबाट आएकाले चेन अफ कमान्डबाट हेर्छ । सर्वोच्चको न्यायाधीश हुँदैमा उसले ३०/३५ वर्षमा सिकेको संस्कार एकैरातमा परिवर्तन हुँदैन । स्वतन्त्र व्यवसायबाट गएको व्यक्तिले कसैको चेन अफ कमान्ड मान्दैन । उसले मान्ने भनेको संविधान र कानूनमात्रै हो । उसको कल्चर नै कानून र संविधानमा हुन्छ ।
कतिपय अवस्थामा ब्युरोक्रेटिक मानसिकताले गर्दा अदालतले गल्ती पनि गरेको छ कि ?
–अदालतको गल्ती हैन । हाम्रो अदालतमा बसेका जुन व्यक्तिहरु छन्, उनीहरुमा समसया छ । ०५२ साल भदौमा विश्वनाथ उपाध्यायले संसद् विघटनको मुद्दामा जुन फैसला गर्नुभयो र निर्वाचनमा जाने बाटो बन्द गरिदिनुभयो, यसबाट के देखिन्छ भने हाम्रो न्यायपालिकाले अहिलेसम्म पनि के बुझेको छैन भने न्यायापालिका भनेको जनताको कुण्ठित अधिकारलाई सहजता ल्याउने निकाय हो । यो लाइनबाट हाम्रो अदालत ट्युन हुन सकेको छैन । त्यतिखेर प्रधानमन्त्रीले म नयाँ म्यान्डेट लिन जनतामा जान्छु भनेका थिए, न्ययालयले जनताको म्यान्डेट लिन पाउँदैन्स भनेर फैसला गर्यो । मैले त सोचेको थिएँ, ०५२ देखि ०६८ सालसम्म आउँदा हाम्रो न्यायालयले काँचुली फेर्यो, नयाँ भिजन भएका मान्छे पनि आए । तर, यो होइनरहेछ ।
संविधानसभा विघटन गर्ने टिममा एउटा पनि स्वतन्त्र पेशाबाट गएका न्यायाधीश थिएनन् । त्यो टिममा स्वतन्त्र व्यवसायबाट गएका न्ययाधीश भएको भए फरक हुने थियो । जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नु जनताको अधिकार हो भन्ने वहाँहरुले अनुुभूति गर्न सक्नुभएन । यसको कारण के हो भने प्रजातान्त्रिक आचरणको ट्युनिङ नै वहाँहरुमा भएन । तपाईहरु हेर्नोस् त हाम्रो अदालतले जनतालाई अधिकार दिनुको साटो जहिले पनि जनताको अधिकारमात्रै खोसेको छ ।
जस्तै, कुनै उदारहण ?
–जस्तै, राजाले टेकओभर गरेका बेला अदालतले गरेको छैन भनेजस्तो गर्यो । यसलाई मान्छेहरुले खुब हाइलाइट गर्छन् । म त के भन्छु भने अदालतले जनतालाई ५ रुपैयाँ दिएर ९५ रुपैयाँ खोसेको छ । यसको एउटै कारण के हो भने न्यायपालिकाको नेतृत्व लिने व्यक्तिहरुलई जनताको अधिकारप्रति कुनै किसिमको अनुभूति नै छैन । वहाँहरुमा संवेदना नै छैन । संवेदना मरेको, संवेदनाहीन व्यक्तिले दिएको न्याय भन्ने गरेको छु मैले ।
कसैले खटाएको कुरा एउटा न्यायाधीशले त सुन्दैन भने प्रधानन्यायाधीशजस्तो मान्छे कसैले अह्राएको पराएको काम गर्न जाने ? नेताले अह्राएको काम गरेर त्यही मान्छे फेरि न्यायपालिकामा फर्किने ? त्यसले लीड गरेको न्यायापालिका कस्तो हुन्छ ?
खिलराज जी । स्वतन्त्र न्यायपालिकालाई नेतृत्व गर्न तिमी फिट छैनौ । तिमीले न्ययायिक स्वतन्त्रता राख्न पनि सक्दैनौ । किनभने तिमीमा नेताहरुसित लोभ बढ्यो । त्यसैले जनताले अब यिनको राजीनामा मागे हुन्छ । हि इज नट फिट
खिलराज जी । राजनीतिक नेताहरुसँग जुनकिसिमले उहाँको लसपस भएको छ, अब उहाँ प्रधानन्यायधीशका रुपमा पनि काम गर्न योग्य हुनुहुन्न ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
41
23
[जवाफ फर्काउनुहोस्]
personel ego.
Like or Dislike:
30
11
[जवाफ फर्काउनुहोस्]
U are 100% right…he must region..now.
Like or Dislike:
16
24
[जवाफ फर्काउनुहोस्]
प्रधान न्यायाधीशलाई तँ भनेर सम्बोधन गर्ने संस्कार कस्तो हो सबैले बुझ्ने कुरा हो । भरतराज उप्रेती यति नालायक सोचेको थिइन । स्थायी न्यायाधीश हुन नपाएको झोक पोखेजस्तो लाग्यो कुनै तर्क र कुरा सोचनिय लागेन पुरै अन्तरवार्तामा ॥
Well-loved. Like or Dislike:
52
12
[जवाफ फर्काउनुहोस्]
ram Reply: February 26th, 2013 at 10:53 am
kura yakadamai thik ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Upreti jee ka kurama 100% sahamat huna sakin6. Yo regmi bhanne manchhe Maobadiko karyakartako rupma ubhieko 6 uslai kina swatantra nyapalikako pramukh banaune? Usle rajinama dieara abakashprapta jiban nirbaha gardamanai desh, janta ra loktantralai faida hun6. Jaya hos.
Like or Dislike:
7
15
[जवाफ फर्काउनुहोस्]
१ न्यायाधीश भएर अर्को न्यायाधीस लाइ यती तल झरेर टिपण्णी नगर्नु पर्ने हो महाशय / जनताले राम्ररी बुझेका छन सही कुरा के हो /
Well-loved. Like or Dislike:
40
3
[जवाफ फर्काउनुहोस्]
kin pardhan nayadhis ko nam parnu paryo sojae la ganendar timro gadhi hamile chalauna skenou vanera ganendar lai n sumpiyara gumae firae kin garnu paryo
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
जे भए पनि अब राग्मी जीले इजलासमा बस्ने नैताकता गुमाई सके, यदि बसेर कम गर्छन भने पनि निशपक्क्षय न्यायमा संका गर्नु पर्ने हुन्छ ! किन कि नेताहरु संग काध मीलाएकाछन् ! नेपालको प्र. म. को कुर्शी थप्पड खाएर पनि झाप्पड खाएर पनि चुनाबमा हारेकालाई पनि कर्मचारी लै पनि, सबैलै पुराउने राम्रो खालको पद हो ! साथी हो हाम्रो पनि पालो औला है तयार भएर बसु ! नत्र झट्ट प्र. म. को लागि पत्र आउदा heart felt होला !
Like or Dislike:
8
13
[जवाफ फर्काउनुहोस्]
afu permanent judge navayeko jhok jasto lagyo
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
भाषा जति नराम्रो भयपनी धेरै सत्य कुरा भनेका छन् भरतराज उप्रेतीले राजनैतिक नियुक्ति लियको मानिसलाई कुनै हालतमापनि न्यायपालिकाको सिंहासनमा राख्नु हुदैन
Like or Dislike:
15
13
[जवाफ फर्काउनुहोस्]
पूर्व श्रीमान् तथा पूर्वन्यायाधीश भरतराज उप्रेतीको अन्तर्वाता पढ््दा यस्तो असिस्ट र अमरयादित मान्छे कसरी न्यायाधिश बने होलान ? उनकै जस्तो भाषामा भन्ने हो भने उनको कार्यकालमा उनले कुनै नेतालाई भेटेनन् केबल तस्कर र सामन्तहरुलाई मात्र भेटे जस्लाई कुनै सल्लाह, सुझाब दिनु पर्दैनथ्यो केबल पैसा मात्र आउथ्यो भन्दा फरक नपर्ला । कतै अर्को तिर आफुले चाहेको पूर्व प्र न्यायाधिसलाई प्र म बनाउन पाए कमसेकम मन्त्री सम्म पाईन्थ्यो कि भन्ने लालच त होईन ?
Well-loved. Like or Dislike:
27
5
[जवाफ फर्काउनुहोस्]
भरतराज उप्रेति जो स.अ कै पूर्व न्यायाधीश तथा हाल बरिष्ठ अधिवक्ताको रुपमा समेत कृयासिल छन् जसमा भाषाको राम्रो ज्ञान छ तर यो अन्तरवार्ता हेर्दा उनको भाषिक दरिद्रता स्पष्ट रुपमा भल्लकिएको पाए मैले । उनको विचार आफ्नो ब्यक्तिगत ईगो साध्ने हिसावले प्रयोग गरिएको जस्तो पाइयो स्थायी हुन नपाएको झोक अनलाइन खवरमा पोख्नु भन्दा अगाडि उनले एकपटक ठन्डा दिमागले सोचेको खण्डमा थाहा हुनेछ स्थायी नहुदा कति फाइदा भएछ । कर्पाेरेट वकीलको रुपमा लाखौ रुपया क्लाइन्टबाट असुल्न पनि पाइने अनि आम्दानीमा कर पनि तिर्नु (नपर्ने स्थायी भएको भए २ वर्ष जागीर थप अन्तमा १५००० मात्र पेन्सन घाटाको धन्दा) दुवै हातमा लड्डु की कसो माननीय ज्यू ?
Well-loved. Like or Dislike:
31
2
[जवाफ फर्काउनुहोस्]
ye nayadis ko kura sunda ta lag6 bhrasta ko paisa ma wakalat garda garda ke thik ke bethik bhanne birse jasto 6. Esta man6e jo kasaile pragati gareko dhekhna sagdaina bhane esle nayadhis bhaye ko bela gare ko bhastachar aakti yaar durupayog anusandhan aayog ma muddha darta garnu par6 jasto 6.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Kutta tannne prabritti.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
यति सारो बौद्धिक दरिद्रता तथा इर्ष्या र जलनले ग्रस्त भएका भरत श्रीमानले न्यायाधिश हुदा के कस्ता फैसलाहरु गरे होलान सोचनीय छ. अब बेला आएको छ कि सार्वजनिक पदमा बस्नेहरुको बौद्धिक र चारित्रिक पक्षको पनि राम्रो मुल्यांकन गरेर मात्र भविष्यमा नियुक्ति वा पुनर्नियुक्ति गर्ने परिपाटी बसाल्नु पर्छ!!
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
can Reply: February 23rd, 2013 at 12:50 pm
tapai ko bichar sanga 100% sahamat
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Bharat Raj upreti was the wrost judge of the supreme court and he has no any moral right & ground to criticize other fellow judges. Being a corrupted lawyer, he has earned illegal money and expressed unnecessary dissatisfaction towards chief justice.
He never deserved a single quality for supreme court justice.He was only appointed on the basis of political recommendation but now he is talking about the political detachment.
Unnecessary Barking and no need to listen him more.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Bharat upreti is a nonsense and barking unnecessarily regarding the Chief justice.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
येस्ता बौद्धिक दरिद्रता तथा इर्ष्या र जलनले ग्रस्त त सर्बोच्च अदालत का न्यायाधिश हुने देश मा राजनैतीक नेता बाट कस्तो अपेक्षा राख्नु खै । मलाई त उप्रेती महोदय र उन्लाई शिफारिस गर्ने हरुको मुल्याङ्कन देखेर दिक्क लाग्यो ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
khilrahle rajinama diyapachi uni sotantra huna nasakne bhayakole rajinama nadiyar nirbachanko lagi matra sarakar pramukh garaunu parch. Hal uni rajnitikrupma muchhiaka chhinn. rajnitik parti bich biswas nabhayapachhi sotantra bakti uni matra chhann.deshle nikas paunlachh kasaile disturb nagarau please.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
mulkura election ho.aja local election navaeko 15barsa vayo.parliament chhaina student election pani abarudd chha.jantale afno sasak chhana paune system samapta hundai chha jasari pani election hunu parchha.cj le lead garera k hi farak pardaina.birodko mansaya election rokne ho. election nahuda tanasahalai faida ra cj le rajinama dida taskar ra mafialai faida chha. testo kam nagarnos shreeman.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
timile garne bela ma chae k garera baseu ani aele nyayalaya naramro vanxau timile tyo pala ma kati jana bata 95 liyethyeu ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यति सारो बौद्धिक दरिद्रता तथा इर्ष्या भएका नालायक भरतराज उप्रेती
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Democracy is a system where there is agreement to disagree.
However, there must be accountability and reasonableness as a citizen to oppose or support.Language must be refined and suitable to oppose or to support.Opinion is always a matter of free speech right if it is pure speech.There are certain issues relevant and appropriate in principle but the way it is presented is not very decent.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
तपाई नेताहरुले जसलाई प्रधानमन्त्रि बनायपनि हामी सोझा शाझा जन्ता लाई शान्त र शून्दर नेपाल चाहीन्छ यो मेरो भनाई हो।अलीकति आप्नो देशबाशी लाई र आप्नो देशलाई हेरत केहालत भयकोछ शून्दरशान्त नेपाल बनाई देउ भनी रिकोईस्ट गर्दछु आप्नो नेपालमा काम नपायर म चाही भारतमा काम गर्दैछु जय नेपाल।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]