फिफाद्वारा सहारा क्लबको प्रशंसा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फिफाद्वारा सहारा क्लबको प्रशंसा

१० फागुन, पोखरा । विश्व फुटबलको नियमनकारी निकाय फिफाले पोखराको सहारा क्लबले फुटबलको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको छ ।

फिफाको आधिकारिक वेबसाइटमा सहारा फुटबल एकेडेमीले पोखराका सडक बालकलाई खेलक्षेत्रमा प्रवेश गराएर समुदायमा नयाँ आशा र अवसरको सुरुवात गरेको उल्लेख गरेको छ । फिफाले लेखेको छ-’सडक बालकलाई फुटबलमा प्रवेश गराउँनु भनेको उनीहरुलाई अवसर दिनु हो र समाजमा समायोजन गर्ने विशिष्ट लक्ष्य हो ।’

एकेडेमीले २० जना सुविधाबाट वञ्चित बालकलाई आवास र शिक्षासहितको सुविधा प्रदान गरेको छ । शिक्षा र खेलकुद दुबै क्षेत्रमा एकसाथ सघाएको एकेडेमीको उक्त कार्यको प्रशंसा गर्दै फिफाले सहारालाई शुभकामनासमेत दिएको छ ।

अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको सहाराले देशविदेशमा रहेका शुभचिन्तकको सहयोगबाट हालै एकेडेमी सञ्चालनमा ल्याएको छ । उक्त भिडियोलाई फिफाको आधिकारिक टेलिभिजन फिफा टिभीले ‘भिडियो अफ दी विक’ उल्लेख गरेको छ ।

6 Comments on “फिफाद्वारा सहारा क्लबको प्रशंसा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु