१० फागुन, काठमाडौं । भारत आन्ध्र प्रदेशको राजधानी हैदराबादस्थित दिलसुख नगर इलाकामा श्रृखलाबद्ध विस्फोट भएको छ । विस्फोटमा परि मृत्यु हुनेको १० पुगेको केन्द्रीय गृहसचिव आरके सिंहले बताएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बस स्टेशन र सिनेमा हल बाहिर बिस्फोट भएको थियो । विस्फोटमा ५० भन्दा बढी घाइते भएका छन् ।
घटना लगतै सुरक्षा व्यवस्था कडा पारिएको छ भने सर्च अभियान सुरु भएको हो । यो विस्फोट हैदराबादमा सन् २००७ मा पछि भएको दोस्रो बम विस्फोट हो । उक्त समय मक्का मस्जिदसहित तनि स्थानमा विस्फोट भएको थियो ।